• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
लगानीकर्ताले ४२ लाख खर्चिएपछि खोसियो केपी ओलीको बायोपिक
64x64
समर्पण श्री शनिबार, माघ २१, २०७९  ०७:२७
1140x725

काठमाडौं–  २८ मंसिर २०७३ मा राजधानीमा एउटा फिल्मको तामझामका साथ एमाले नेता प्रदीप ज्ञवालीको हातबाट शुभमूहर्त भयो।

फिल्मको नाम थियो ‘रातो सूर्य’।

नेकपा अध्यक्ष केपी ओलीको जीवनमाथि बन्ने भनिएको बायोपिकमा केपी ओलीलाई नै अभिनय गराउने बताइएको थियो। फिल्मको निर्देशन दीपेन्द्र दाहालले गर्दै थिए। दीपेन्द्र, जसले झापा विद्रोहमाथि बनेको फिल्म ‘सुखानी’ र विपी कोइरालाको बायोपिक निर्माण गरेका थिए।

शुभमूहर्त कार्यक्रमको प्रमुख अतिथि ओली नै थिए। उनले कार्यक्रममा आफूलाई केन्द्र बनाएर बनाउन लागेको फिल्मले समाजलाई पनि योगदान दिने आशय प्रकट गरेका थिए। निर्देशक दाहालले कार्यक्रममा भनेका थिए,  ‘साहित्य र भाषणमा जसरी ओलीका अलंकार प्रयोग हुन्छन्। बिम्ब प्रयोग हुन्छन्। यो शब्द शय्याभित्र नेपाली कथाले बाँच्न पायो भने कस्तो कथा बन्छ, मैले कल्पना गरेको थिएँ। त्यो कल्पनाको एउटा तहमा रहेर चलचित्रलाई पूर्णता दिइनेछ।’

फिल्मको निर्माण संयोजन केपी ओली फाउण्डेशनले गर्ने भनिएको थियो। फिल्मका लागि कलाकार पनि घोषणा गरिएका थिए। ओलीको युवाअवस्थादेखि ५० वर्षसम्मको भूमिका कलाकार अनुपम शर्माले निभाउने बताइएको थियो। ५० वर्षपयताको भूमिका ओलीले नै निभाउने कुरा थियो।

कार्यक्रममा फिल्म निर्देशक तुलसी घिमिरे र कलाकार हरिहर शर्मा लगायतका चलचित्रकर्मीहरूको पनि उपस्थिति थियो।

फिल्म निर्माणको घोषणा भएको ६ वर्षभन्दा बढी भइसक्यो। तर अहिलेसम्म न ‘रातो सूर्य’ नामको फिल्म रिलिज भयो, न केपी ओलीको बायोपिक नै।

यतिका वर्षसम्म फिल्म किन बनेन त? 

Ncell 2
Ncell 2

यसबारे खोजी गर्दा ओलीका तत्कालीन स्वकीय सचिव रामशरण बजगाईंले भने, ‘बन्ने भन्ने कुरा त भएको थियो। तर अहिले बनेको छैन। यो ढिसमिस भइसक्यो।’ त्यसबारे आफू थप अपडेट नभएको उनको आशय थियो। 

बजगाईंले भनेजस्तो ढिसमिस भएकोचाहिँ छैन। यो प्रोजेक्टको कामअहिले पनि भइरहेको छ। तर बन्ने नबन्नेचाहिँ निश्चित छैन। 

सुरुमा फिल्म घोषणा गर्दाको टिमले भने धेरै काम भइसकेर पनि प्रोजेक्ट गुमाउनु पर्‍यो। सुरुमा यो प्रोजेक्ट एमाले निकट रहेका पुरन गिरी र दीपेन्द्र दाहालको हातमा थियो। तामझामका साथ फिल्म निर्माणको घोषणा गरेका दीपेन्द्रले केही समयपश्चात् पुरनसँगको मनमुटावका कारण प्रोजेक्टबाट हात झिके। त्यसपछि पुरनले नयाँ टिम बनाए। नयाँ टिममा जोडिए कलाकार उपेन्द्र तिमल्सिना, सुशील पोखरेल र रवि गिरी लगायतको टोली।

फिल्मको निर्देशन उपेन्द्र तिमल्सिनाले गर्ने सहमति भएको थियो।

त्यसपछि उनीहरूको टिम निकै पटक झापा, तेह्रथुम गएर अध्ययन गर्‍यो। केपी ओलीसँग पटक पटक संवाद गर्‍यो। स्क्रिप्ट तयार भएर जब ओलीलाई देखाएर फाइनल गराउने निर्णय भयो, त्यसपछि टिमले कहिल्यै ओलीसँग भेट्न पाएन।

‘हाम्रो अनुसन्धानमै ४२ लाख खर्च भयो। न पछि हामीलाई केपी ओलीसँग भेट्न दिइयो। न प्रोजेक्ट अगाडि बढाउन पायौं। ऋणको भारीले अहिले थिचिरहेको छ। तर सचिवालयले फोन उठाउँदैन,’ पुरन गिरीको दु:खेसो छ।

‘ओलीको सचिवालयकै कारण असफल भइयो’

नेपाल लाइभसँगको कुराकानीमा पुरन गिरीले प्रोजेक्ट सुरु भएयता गरेका प्रयास र व्यहोरेका असफलताबारे बताएका थिए। पुरनका कुरा उनकै शब्दमा : 

नाकाबन्दीको बेलामा केपी ओलीका अभिव्यक्ति चर्चामा थियो। त्यतिबेलै ओलीको बायोग्राफीबारे फिल्म बनाउने भन्ने सल्लाह भएको थियो। त्यसको प्रस्ताव मैले ल्याएको थिएँ। ‘रातो सूर्य’मा दीपेन्द्र दाहालले निर्देशन गर्ने सहमति भयो।

फिल्मको शुभमूहर्त पनि गराइयो। चलचित्र विकास बोर्डमा दर्ता पनि गराइयो। त्यसपछि २०७४ सालमा तीन तहको चुनाव भयो। चुनावपछि यो प्रोजेक्टलाई अगाडि बढाउने भन्ने कुरा भयो। चुनावपश्चात् पार्टी एकीकरण भयो र नेकपाको सरकार बन्यो। उहाँ फेरि प्रधानमन्त्री बन्नुभयो।

अझै पार्टी एकीकरणको पूरा काम सकिएको थिएन। बाँकी काम सकिएपछि बनाउने कुरा भयो। त्यही क्रममा दीपेन्द्र जीले प्रोजेक्ट छाड्नुभयो। उहाँसँग मेरो केही खटपट भएको थियो। त्यसमाथि उहाँलाई यो प्रोजेक्ट सफल हुन्न भन्ने लाग्यो। सायद त्यसैले उहाँ बाहिरिनुभयो। 

दीपेन्द्र जी छुटेपछि नयाँ टिम बनाएँ। त्यसपछि म, उपेन्द्र तिमल्सिना, सुशील पोखरेल, रवि गिरी लगायतका साथीहरू लागिपर्‍यौं। हामी झापा, आठराई ओलीमाथि अध्ययन गर्न थुप्रै पटक गयौं। यसक्रममा करिब ४२ लाख (ब्याजसहित)खर्च भएको छ। सबै ऋण खोजेरै गरेका हौं हामीले। ओली झापा आन्दोलनमा छँदा उहाँसँग सहकार्य गर्ने साथीसँग अन्तर्वार्ता लिने, ठाउँहरू अवलोकन गर्ने लगायतका अनुसन्धानका थुप्रै काम गर्‍यौं।

नयाँ टिम बनाउँदा पनि हामीले ओलीलाई भेटेकै हो। 

प्रम ओलीले एकपटक मलाई सिंहदरबारमा बोलाउनुभएको थियो। त्यतिबेला उहाँले भन्नुभएको थियो, ‘दीपेन्द्रसँग भएको सबै डकुमेन्ट्री मागेर ल्याउनु। कसरी हुन्छ तिम्रो जिम्मेवारी।’

यसअघि तराईमा हामीले बनाएको डकुमेन्ट्री भन्नुभएको थियो उहाँले। मैले मागेँ। तर दीपेन्द्र जीले मेले दिइसकेँ भन्नुभयो। 

केपी ओलीसँग पटक पटक हामी बसेका छौं। उहाँले भन्नुभएको थियो, ‘भारतमा गान्धीमाथि फिल्म बनेको छ। त्यो पनि हेर्नु। एकदम खारिएर बनाउनुपर्छ। फाइनल गर्ने बेलामा मलाई सोध्नू। यथार्थ बुझेर बनाउनुपर्छ। बरु समय लागोस्।’

हामीले काम गरिरहँदा पनि त्यतिबेलै केही समूह आएर अवरोध गर्न खोजिरहेका थिए। झापाली टिमले  हामीले बनाउन पाउनुपर्छ भनेर अवरोध गर्‍यो। फेरि जनसांस्कृतिक महासंघले अवरोध गर्‍यो।

जब हामीले सबै काम फाइनल गरेर केपी ओलीलाई भेट्न गयौं। तब हामीलाई भेट्न दिइएन। यतिसम्म भयो कि हामी अरु काम लिएर जाँदा पनि यिनीहरू त्यही कुरा लिएर आए भनेर प्रवेश गर्न दिइन्थेन। त्यतिबेलाको सचिवालयले हामीलाई भेट्नै दिइएन। 

दोस्रो पटक उहाँ प्रधानमन्त्री हुँदाका केही समय थुप्रै पटक भेटेका छौं हामीले। दिनकै भेट्न जान्थ्यौं। राति १ बजे पनि हामी उहाँसँग कुरा गरेर फर्किएका छौं। सबै रेकर्ड र टिपोट छन्।

सचिवालयका सदस्य राजेश बज्राचार्यले केपी ओलीलाई त्यसपछि भेट्न दिएनन्। उनले फोन नि उठाउँदैनन्। यत्रो खर्च भयो, बैंकमा ब्याज पनि बढिरहेको छ। कसरी तिर्ने हो थाहा छैन। मेरो आत्मा अहिले रोइरहेको छ।

०००

ओलीका तत्कालीन सचिवालय सदस्य राजेश बज्राचार्यसँग नेपाललाइभले यसबारे बुझ्ने प्रयत्न गर्‍यो। पटक पटक प्रयास गर्दा पनि उनको फोन उठेन। फिल्मको सुरुवातकर्ता दीपेन्द्र दाहालसँग सम्पर्क गर्दा उनले आफू प्रोजेक्टबाट बाहिरिनुको कारण ओलीको व्यस्तता रहेको बताए। ‘बायोपिक बन्नुपर्छ भनेर सुरु गरेको मैले नै हो। उहाँकै पनि अभिनय रहेको थियो फिल्ममा। तर उहाँ प्रधानमन्त्री भएपछि धेरै व्यस्त हुनुभयो। उहाँको व्यस्त समय पटक पटक लिनु भनेको उहाँलाई नै अन्याय हुने देखियो,’ उनी भन्छन्। 

तर उनले छाड्नुमा यो मात्र कारण थिएन। पुरनसँगको मनमुटाव पनि थियो। यसबारे प्रश्न गर्दा दाहाल भन्छन्, ‘बीचमा विवादास्पद कुरा जोडिए । पुरन गिरीले सबै मेरो हो जस्तो गर्न थाले। त्यसपछि उनको हैसियत हेरुँ भनेर छाडेर हिँडें।’ 

आफूले सुरु गर्दा सुटिङका धेरै काम सकिएको दाबी गर्छन् दीपेन्द्र। ‘मैले गर्दा सुटिङका धेरै काम सकिएका थिए। केपी ओली र अनुपम शर्माको नाटकीय पार्ट बाँकी थियो। पछि विवाद भएपछि छाडिदिएँ,’ उनी भन्छन्।

खर्चको हकमा भने पुरनले दाबी गरेजति नभएको उनी बताउँछन्। ‘८/१० लाख भन्दा बढी खर्च भएको छैन होला। त्यो भन्दा बढी भयो भन्नु मुर्खता हो,’ उनी भन्छन्। 

आफूले निर्देशन गर्ने भनेको प्रोजेक्टमा २० लाख पैसा डुबेको उपेन्द्र तिमल्सिनाको दु:खेसो छ। ‘सबै तयारी गरेर अब हामीले ओलीको स्वीकृति लिनु थियो। तर त्यसपछि उहाँसँग कहिल्यै भेट्न पाइएन। उहाँलाई भेट्नका लागि ११ बजेसम्म पनि हामी बालुवाटार बस्यौं। तर भेट्न दिइएन,’ उनले भने। 

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुँदा उनीसँगै मन्त्रालयका उपसचिव युवराज दाहाल पनि परे। उपेन्द्रका अनुसार युवराज हुँदा फिल्ममा इनिसियसन लिएका थिए। उनको निधनपछि त्यो प्रोजेक्ट अगाडि बढ्न झन् कठिन परेको उपेन्द्र बताउँछन्।

उपेन्द्रलाई थाहा छैन आफ्नो डुबेको पैसा कोसँग माग्ने?

रवि अर्यालको हातमा प्रोजेक्ट, तर अनिश्चित

उपेन्द्र र पुरन त्यतिबेला छाँगाबाट खसेजस्तो भए, जतिबेला यो प्रोजेक्ट अर्कैको हातमा पुगेको सुने। पटक पटक प्रयास गर्दा पनि सचिवालयसँग उनीहरूको भेट हुन सकेन।

एकदिन उपेन्द्रको फिल्म निर्देशक रवि अर्यालसँग भेट भयो। जो केही वर्ष अमेरिका बसेर नेपाल फर्किएका थिए। उनले कुरैकुरामा भने, ‘ओलीको बायोपिकमा पहिला तपाईंले काम गरिरहनुभएको रहेछ है। अहिले यो म गर्दैछु।’

रविले उपेन्द्रलाई आफूले १५/२० पटकसम्म ओलीसँग भेट गरिसकेको बताए। ‘हामीले कति पटक भेट्न प्रयास गर्दा पनि दिइएन। त्यो सुनेर अचम्मित भएँ, ’ उनी भन्छन्, ‘मलाई भेट्दा उहाँले चुनाव अघिसम्म फिल्म तयार हुन्छ भन्नुभएको थियो। तर अहिलेसम्म आएको छैन।’

रवि अर्यालले बनाउने भन्ने थाहा पाएपछि पनि पुरन ३ पटक ओलीलाई भेट्न गए। तर ३ पटक नै गेटबाट फर्किनुपरेको उनको गुनासो छ। 

हामीले निर्देशक रवि अर्यालसँग पनि सम्पर्क गर्‍यौँ।

उनले १ वर्षदेखि उक्त प्रोजेक्टमा काम गरिरहेको बताए। तर यसबारे अहिले आफूले केही बताउन नमिल्ने बाध्यता सुनाए। ‘मैले एक वर्षदेखि स्क्रिप्ट लेखिरहेको छु। बीचमा थुप्रै पटक केपी ओली ज्यूसँग बसेँ। अहिले स्क्रिप्ट फाइनल भइसक्यो। अब अध्यक्ष ज्यूलाई देखाउन बाँकी छ,’ उनले भने। 

रविले ओलीलाई फाइनल स्क्रिप्ट देखाउन खोजेको ६ महिना बितिसक्यो। तर उनले ओलीलाई भेट्न पाएका छैनन्। ‘उहाँले स्क्रिप्ट ओके गरेर मात्र अगाडि जाम् भन्नुभएको छ। ५/६ महिना भयो भेट हुन पाएको छैन। मेरो काम बाँकी छ। यो पूरा नभई म केही पनि भन्न सक्दिनँ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०७:२७
  • #केपी ओली
  • #बायोपिक
  • #पुरन गिरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
काठमाडौंमा सुरु भयो ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ कला र वातावरणीय चेतनको संगमका रुपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिए... शनिबार, जेठ २४, २०८२
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्