• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च
नाटकघरबाट जंगल पुग्दैछ नाटक
64x64
समर्पण श्री शुक्रबार, माघ ६, २०७९  ०९:०८
1140x725

काठमाडौं– ‘जंगलभित्र पनि नाटक?’ 

सुन्दा अनौठो लाग्न सक्छ। इलामको चुलाचुली गाउँपालिकास्थित मिलनपोखरी नजिकको जंगलको सानो हिस्सा महोत्सवका लागि सजिएको छ। 

आगामी १० र ११ गते ८ वटा नाटक मञ्चन हुनेछन् त्यहाँ। जसमध्ये कुनै नाटकले हात्तीको कथा भन्छ, कुनैले खरायो कथा त कुनैले जंगलको। 

‘चुलाचुली पाठशाला नाट्य उत्सव’का लागि पूर्व लम्किरहेका रंगकर्मी अनिल सुब्बाको यो निकै अघिदेखिको सपना हो।

एकदिन एउटा कथा सुनेछन् अनिलले। ‘भालुले मानिसले बनाएको बाटो पार गरेछ। तर भालुले हैन मान्छेले भालुको बाटो ओगटेका हो,’ कथाको यो सन्देशले उनको मनमा गाँठो पारिरहेको थियो।

उनी चिडियाखाना जान्थे, कैदमा थुनिएका जनावर देखेर मन खिन्न हुन्थ्यो। ‘एकपटक एउटा नाटक गर्दा म १५ दिन बाहिर निस्किनँ। त्यतिबेला मलाई कति गाह्रो भयो, जबकि जीवनभर कैद भइरहेका जनावरलाई कस्तो हुँदो हो,’ उनी भन्छन्।

अघिल्लो वर्ष हलभित्र पहिलो महोत्सव गरेको चुलाचुलीलाई अनिलले जंगल लैजाने योजना बुने। समूहका साथीहरूलाई सुनाए। गाउँपालिकाले बजेट दियो, बाँकी व्यक्तिगत सहयोग जुट्यो। ‘यही प्रयासमा अब नाटकमा जुटिरहेका छौं,’ अनिल भन्छन्।

Ncell 2
Ncell 2

‘मान्छे मात्र आदिवासी हैन’

अनिलले निर्देशन गरेको एउटा नाटक छ ‘यो मेरो कथा नहुन सक्छ।’

उसोभए कथा कसको त? 

‘जंगलको, हात्तीको, प्रकृतिको। जसलाई मान्छेले आफ्नो कथा मानेको छैन,’ अनिल भन्छन्, ‘हामीले मान्छेको कथा भन्यौं, दुःख भन्यौं। तर मान्छे भएर बाँच्दै गर्दा बचाउनु पर्ने कुरा पनि हुन्छन् होला। यसपालि मान्छेको कथा छाडिदियौं।’ 

उक्त नाटक ११ गते महोत्सवमा मञ्चन हुनेछ। 

चुलाचुलीले जुन ठाउँमा महोत्सव गर्दैछ, त्यो हात्ती हिँड्ने क्षेत्र हो। उनका अनुसार अहिले मानिसले ओगटेको वस्ती पनि हात्तीको बाटो हो। 

त्यो ठाउँमा हात्ती आतंक हुन्छ। अनिल भन्छन्, ‘तर आतंक किन हुन्छ भन्नेतिर गएनौं हामी।’

उनका बुबाले सुनाएअनुसार त्यहाँ जंगल फाँडेर बस्ती बसेको थियो। पहिचानको मुद्दा आदिवासीहरूले उठाइरहँदा उनलाई लाग्छ, ‘जनावरको चाहिँ पहिचान छैन र? उनीहरूले सुरक्षित भएर बाँच्न पाउनु पर्दैन र?’

उनीसँग अर्को प्रश्न पनि छ, ‘हात्तीले मान्छे मार्ने बित्तिकै पीडित परिवारलाई सरकारले १० लाख दिन्छ। तर मान्छेले हात्ती मार्यो भने हात्तीले कहाँ गएर उजुरी गर्ने?’

आफ्नो अस्तित्वका लागि अरुको अस्तित्व मेटाउँदै गइरहेको मानिसलाई सजग गराउन अनिल यो नाटक गर्दैछन्।

हात्तीको कथा भन्न उनले हात्तीबारे लेख पढे, कथा पढे। विषयविज्ञसँग भेटे। नाटक बुन्दै जाँदा आफूभित्र आएको अनुभूति उनी सुनाउँछन्, ‘हामी मानिस बन्न नसक्दै मर्ने पो रहेछौं, हगी!’

गाउँमा चुलिएको चुलाचुली
काठमाडौंमा अनिल (उनी र अन्वेश थुलुङ राई)ले निर्देशन गरेको नाटक ‘चोरको स्वर’ले थिएटरमा दर्शकहरूको आकर्षण बढाएको थियो। गुणस्तर भएमा नाटक गरेर पनि कलाकार बाँच्न सक्छन् भन्ने मान्यता स्थापित गर्न खोजेको थियो।

तर उनी काठमाडौंमा मात्र सीमित छैनन्। काठमाडौं रहँदा पनि उनको पाइताला पूर्वमा अडिएको छ। उनी हरेक वर्ष गाउँ फर्किएर नाटक गरिहाल्छन्।

चुलाचुली रंगमञ्चबाटै उनले नाट्य यात्रा आरम्भ गरे। त्यतिबेला चुलाचुलीमा नाटक सुस्ताएको थियो। ‘पहिलो नाटक ०३३ सालमा भएको थियो।  त्यसपछि ग्याप भयो। बीचमा अलिअलि भयो। त्यो पनि निरन्तर हुन सकेन। ०६४ सालबाट हाम्रो पुस्ताले लिड गरेर अगाडि बढिरहेको छ,’ अनिल भन्छन्।

अनिलको पुस्ताले सुरु गरेको ०६४ देखि हो। त्यसपछि नियमित नाटक गरिरहेका छन् उनीहरू। एक समय घरैपिच्छे कलाकार थिए त्यहाँ। तर, कुनै दिन यस्तो आयो कि नाटक भनेपछि निराशा मात्र बाँकी।

‘हामीले निरन्तर गर्‍यौँ। नेपालका विभिन्न फेस्टिभलमा नाटक लिएर गयौं। अहिले टिकट काटेर नाटक हेर्नुपर्छ भन्नेसम्म भएको छ,’ उनी सुनाउँछन्।

भवनका लागि त्यो समूहले गरेको संघर्ष पनि बेग्लै छ। सुरुमा उनीहरूले बगरमा रिहर्सल गरे, बारीमा गरे, आँगनमा गरे। एक पटक खाली भएको रेडक्रस हल पाए। केही समय नबित्दै रेडक्रसले हटायो। 

वन विभागको भत्किन लागेको पुरानो कार्यालय खाली थियो। उनीहरूले त्यसैलाई हल बनाए। त्यो भवनमा मान्छेले पराल, सिमेन्ट, ढुंगा राखेका थिए। फोहोर सोहोरेर ०६८ देखि नाट्य समूह त्यहीँ बस्यो। र त्यो समूहको संघर्ष अहिले पनि जारी छ। 

‘परिपक्व भवन वा हल नभए पनि काठमाडौं भन्दा पूर्व नाटकमा कम छैन भन्ने कुरा हामीले स्थापित गरिरहेका छौं,’ अनिल गर्वसाथ भन्छन्। 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०९:०८
  • #चुलाचुली
  • #चुलाचुली रंगमञ्च
  • #अनिल सुब्बा
  • #जंगल
  • #हात्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
 नोरा फतेही नेपाल आउँदै जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरूलाई नचाउन आउन लागेकी हुन्। शनिबार, चैत २३, २०८१
जनकपुरधाममा आज पनि होलीको रौनक यस्तै, होली पर्वको अवसरमा जनकपुरको मिथिला नाट्य कला परिषद् (मिनाप) ले आयोजना गरेको महामुर्ख सम्मेलनको उपाधि मधेस प्रदेशका मुख्यमन्त्... शनिबार, चैत २, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्