• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
मेयर र उपमेयरको ‘लडाइँ’ले नगराईन नगरपालिका डेढ महिनादेखि बन्द, बालबालिकाको नियमित खोपदेखि पढाइ प्रभावित
64x64
नवीन झा सोमबार, पुस २५, २०७९  ०८:३०
1140x725

काठमाडौं– मेयर र उपमेयरबीचको विवादका कारण धनुषाको नगराईन नगरपालिका विगत डेढ महिनादेखि बन्द छ। नगरपालिका बन्द हुँदा नगर क्षेत्रका बच्चाहरु खोपदेखि बञ्चित हुनुपरेको छ। यस्तै, नगरभित्रका ५ हजारभन्दा बढी विद्यार्थीहरु नियमित परीक्षाबाटसमेत बञ्चित भएका छन्। 

मेयेर र उपमेयरको द्वन्द्वले नगरपालिकाको कामकाज मंसिर १८ गतेदेखि ठप्प छ। नेपाली कांग्रेसबाट विजयी भएका मेयर र नेकपा एमालेबाट विजयी भएका उपमेयरबीच अधिकार बाँडफाँटको विषयमा द्वन्द्व चर्किँदा त्यसको मारमा सम्पूर्ण नगरबासी परेका हुन्। 

मेयर र उपमेयरको द्वन्द्वले नगरका सम्पूर्ण सेवाहरु ठप्प हुँदा साना बच्चाहरुको नियमित खोप सेवा बन्द भएको छ। यस्तै, शैक्षिक कार्यक्रम समेत लथालिङ्ग हुँदा विद्यार्थीहरुले नियमित परीक्षा समेत दिन पाएका छैनन्। 

नगर भित्रका १८ वटा विद्यालयका शिक्षकहरुसहित, स्वास्थ्य सेवाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन्। तलब नपाउँदा कर्मचारीहरुले मंसिर १८ गतेदेखि आन्दोलन सुरु गरेका थिए। 

आफूहरुको तलब लगायतको सेवा–सुविधा उपलब्ध गराइदिन भन्दै कर्मचारीहरुले पटक–पटक मेयर र उपमेयरलाई संयुक्त र छुट्टा–छुट्टै ज्ञापनपत्र पनि बुझाएका थिए। तर, मागको सुनुवाइ नभएपछि उनीहरुले मंसिर १८ गतेदेखि आन्दोलन सुरु गरेका हुन्। 

शिक्षकले तलब नपाएको भन्दै विद्यालय बन्द छन्। जसकारण पुस पहिलो हप्ता हुने भनिएका अर्धवार्षिक परीक्षा हुन सकेको छैन। 

नगरपालिका भित्र पर्ने जटही प्राथमिक बिद्यालयका प्राधानाध्यक अनुज मिश्रले आफुहरुले ८ महिनादेखि तलब नै नपाएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए। 

Nagarain_Mayor_D_Mayor1673197346.jpg
मेयर विनय कुमार यादव (बायाँ) र उपमेयर राधादेवी यादव (दायाँ), तस्बिर सौजन्य: शिरीष न्यूज

‘हामीले पटक–पटक सम्बन्धित निकायलाई समस्या समाधान गर्न भनेर आग्रह गर्‍यौं। धेरैपटक ज्ञापनपत्र बुझायौं,’ मिश्रले नेपाल लाइभसँग भने, ‘तर उहाँहरुको उदासिनताका कारण हामी यत्रो चिसोमा आन्दोलनमा उत्रिन बाध्य भएका हौँ।’

Ncell 2
Ncell 2

स्वास्थ सेवाका कर्मचारीहरु पनि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिँदा वडा कार्यालय र पालिका मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरु रोकिएका छन्। जसकारण १५ महिना मुनिका बच्चाले पाउनुपर्ने नियमित खोपहरु पनि पाएका छैनन्। खोप कार्यक्रम बिगत २ महिनादेखि बन्द रहेको छ। 

नगरपालिकाका मेयर र उपमेयरका कारण आफूहरुको पढाइ प्रभावित भएको भन्दै केही दिन अगाडि विद्यार्थीहरुले प्रदर्शन समेत गरेका थिए। तर, मेयर र उपमेयरले त्यसप्रति चासो दिएनन्। 

नगराईन नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको गृहनगर पनि हो। यो पटकको प्रतिनिधि सभा निर्वाचनमा त्यस क्षेत्रबाट एमाले नेता जुली महतो निर्वाचित भएकी छिन्। 

कार्यविधिको नाममा निधि र महतोको लडाइँ 
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका विनय कुमार यादव मेयरमा निर्वाचित भए भने एमालेकी उम्मेदवार राधादेवी यादव उपमयेरमा निर्वाचित भइन्। उपमेयर यादव नेकपा एमालेका नगरअध्यक्ष रामचन्द्र यादवकी पत्नी हुन्। 

तर, नगरपालिकामा देखिएको विवादको मुख्य कारण भने कांग्रेस नेता विमलेन्द्र निधि र एमाले नेता जुली महतोको ‘लडाइँ’ भएको स्थानीय राजनीतिकर्मीको भनाइ छ। निधि परिवारको राजनीतिक विरासतसँग जोडिएको विषयले अहिले मेयर र उपमेयरबीच द्वन्द्व बढेको जानकारहरु बताउँछन्। 

गत बैशाखमा भएको स्थानीय निर्वाचनपछि उपमेयर राधादेवी यादवले यस अघिको कार्यकालको कार्यविधि संशोधन गर्न माग गरेपछि नगरपालिमा लफडा सुरु भएको हो। एमाले नगर अध्यक्ष रामचन्द्र यादव अघिल्लो कार्यकालमा मेयर र उपमयेर दुवै कांग्रेसले जित्दा जवरजस्ती कार्यविधि संशोधन गरेको आरोप लगाउँछन्। 

Bimelendra_Nidhi_Juli_Mahato1673197633.jpg
कांग्रेस पूर्व उपसभापति विमलेन्द्र निधि (बायाँ) र एमाले नेता जुली महतो (दायाँ)

नेपाल लाइभसँगको कुराकानीमा एमाले नगर अध्यक्ष यादवले विगतमा नगरपालिकाको नाम नै परिवर्तन गर्नेगरी काग्रेसका मेयरले आफनै पार्टीका उपमेयरको सम्पुर्ण अधिकार खोसेर नयाँ कार्यविधि बनाएको आरोप लगाए।  अघिल्लो कार्यकालमा नगरराईन नगरपालिकाको नाम कांग्रेस पुर्वउपसभापति विमलेन्द्र निधिका पिता तथा कांग्रेसका संस्थापक नेता महेन्द्र नारायण निधिको नाममा राख्न प्रस्ताव गरेका थिए।

तर, त्यतिबेला एमालेबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले विरोध गरेपछि कांग्रेसको ‘मिसन’ असफल भयो। एमालेका जनप्रतिनिधिले गरेको विरोधमा तत्कालीन जसपाका जनप्रतिनिधिले पनि समर्थन गरेका थिए। 

कांग्रेसको उक्त प्रस्तावपछि एमालेका तात्कालीन वडाध्यक्षहरुले उच्च अदालत जनकपुरमा मेयरविरुद्ध मुद्धा समेत दायर गरेका थिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले उपमेयरसहित नगर कार्यपालिकामा बहुमत सदस्यसहित जित हासिल गर्‍यो। मेयरमा भने कांग्रेसका विनोद यादव विजयी भए। मेयर यादव काग्रेस नेता निधिनिकट मानिन्छन्। 

नेपाल लाइभसँग कुरा गर्दै मेयर यादवले एमालेबाट जितेका उपमेयरले अनावश्यक विवाद सिर्जना गरेका कारण नगरपालिकामा समस्या देखिएको वताए। 

‘उहाँहरुले मेयरको सम्पूर्ण अधिकार खोसेर उपमेयरमा लैजाने गरी कार्यविधि संशोधन गर्न भनिरहनु भएको छ,’  मेयर यादवले भने, ‘पटक–पटक मैलै सम्झाउँदा पनि उहाँहरु मानिरहनुभएको छैन।’

नगर परिषद्‌ बोलाउनुभन्दा पहिले नै आफूले उपमेयरलाई सहमति गरेर जानुपर्ने प्रस्ताव राखेको तर उपमेयरले नमानेको मेयर यादवको भनाइ छ। 

उपमेयर राधादेवी यादव भने आफूहरु नियम र कानुनअनुसार मेयर र उपमेयरको अधिकार वाँडफाट हुनुपर्छ भनिरहे पनि मेयरले नमानेको बताउँछिन्। 

नेपाल लाइभसँग कुरा गर्दै उपमेयर यादवले विगतमा बहुमत भएको बेला कांग्रेसलाई सुविधा पुग्नेगरी, कानुन विपरीत कार्यविधि संशोधन गरिएको र त्यसलाई सुधार गर्नुपर्छ भन्दा मेयर यादवले ‘लफडा झिकेको’ बताइन्। 

‘यो बीचमा हामीले पटक–पटक कानुनका जानकारहरु र सहायक सीडीओ सहितका बैठकहरु समेत गरेका छौँ,’ उपमेयरले भनिन्, ‘सबैले मेयर साहेवलाई आफनो अधिकार मात्रै प्रयोग गर्न सुझाव दिनुभएको छ। तर, उहाँले त्यसमा आलटाल गरिराख्नु भएको छ।’

मेयर र उपमेयर दुवैले नगरपालिकामा देखिएको विवाद र द्वन्द्वबारे आ–आफ्नो पार्टीका माथिल्लो तहका नेताहरुसँग पनि छलफल गरेका छन्। तर, शीर्ष तहका नेताहरुबाट स्थानीय स्तरमै विवाद समाधान गर्न सुझाव आएको उनीहरुको भनाइ छ। 

मेयर विनोद यादवले आफूले कांग्रेस पूर्व उपसभापति निधिसँग कुरा गरेको बताए। निधिले आफ्नो अधिकारमा अडिग रहन सुझाएको उनको भनाइ छ। 

उपमेयर राधादेवी यादवले पनि आफूले आफ्नो क्षेत्रका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जुली महतोसँग कुरा गरेको बताइन्। महतोले आफूलाई उपमेयरले कानुन बमोजिम पाउने अधिकारका लागि अडिग रहन सुझाव दिएको उपमेयर यादवको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्