• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रचण्डको बहुमत भत्काउने देउवा दाउ
64x64
नवीन झा शुक्रबार, पुस २२, २०७९  १९:२३
1140x725

काठमाडौं– १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो मंगलबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। प्रचण्ड नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धन भत्काएर एमालेसहितको सात दलको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बने। 

दुई वर्ष अगाडि प्रचण्ड एमालेसँग टाढिएर काग्रेससँग ‘टाँसिएका’ थिए। प्रचण्ड र माधवकुमार नेपालसहितको जोडबलमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने। त्यतिबेला देउवा र प्रचण्डबीच भएको सहमति अहिले कार्यान्वयन नभएको भन्दै प्रचण्ड पुनः एमालेसँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउन पुगे। तर, उनले १० पुसमा समर्थन जुटाएको १६९ सांसदको संख्या पुुस २६ सम्म कायम राख्न सक्छन् कि सक्दैनन् भन्नेमा संशय उत्पन्न भएको छ। 

किनकि यो बीचमा उनलाई समर्थन  गरेका जसपा र राप्रपाका नेताहरुसँग कांग्रेस सभापति देउवाले भेटघाट बढाएका छन्। देउवाको पछिल्लो 'मूभ' ले प्रधानमन्त्री प्रचण्डको बहुमतको संख्या भत्किने त होइन भन्ने संशय राजनीतिकमा वृत्तमा देखिन्छ। 

कांग्रेस सभापति देउवाले यो बीचमा माओवादीकै नेता जनार्दन शर्मादेखि जसपा अध्यक्ष उपेन्द्र यादवसँग आफ्नै निवासमा भेटका छन्। यी भेटको अन्तर्य सार्वजनिक भएको त छैन तर, आशंकाहरु थुप्रै उब्जिएका छन्। देउवाको तर्फबाट केही नेताहरु राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि भेटिरहेका छन्। साथै, उनले शुक्रबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेका छन्। भेटपछि उनले आफ्नो पार्टीका पदाधिकारीहरुसँग छलफल गरेका थिए।  छलफलमा चुनावको समीक्षा र आगामी रणनीतिका बारेका छलफल गरेको बताइएको छ। यी भेटमा देउवाले प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनवाट अलग्याउने प्रस्ताव गरेका बताइएकाे छ। जसका लागि कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीदेखि अन्य अफर गरेको समाचार सार्वजनिक भएका छन्। यद्यपि, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले त्यसलाई भ्रामक खबरको संज्ञा दिएका छन्। 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आफूहरु प्रधानमन्त्री प्रचण्ड र कांग्रेस दुवैसँग संवादमा रहेको बताए। ‘१० पुुसमा हामीले प्रधानमन्त्री बन्दा प्रचण्डलाई समर्थन दिएकै हो’, श्रेष्ठले भने, ‘यो बीचमा कांग्रेससँग पनि संवाद भएको छ। अगाडि कसरी बढ्ने भन्ने विषयमा हामी आन्तरिक छलफलमै छौं।’

राप्रपाले २७ पुसमा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदासहितको आफ्ना प्रमुख माग पूरा भएको खण्डमा प्रचण्ड नेतृत्वको सरकारमा जाने बताइसकेको छ। माग पूरा नभएको खण्डमा सरकारमा नजाने बरु बाहिरै बसेर समर्थन गर्ने जनाएको छ। सार्वजनिक रुपमा जे भने पनि राप्रपाले माओवादी र एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बढी भाउ दिएको भन्दै पन्छिन खोजिरहेको नेताहरु बताउँछन्। 

कांग्रेस सभापति देउवा र उनको समूह पनि माओवादी र एमाले गठबन्धनलाई नजिकबाट नियालेरै नयाँ प्रयास थालेको जानकारहरु बताउँछन्। पछिल्ला केही दिनयता कांग्रेस नेताहरु एमाले, माओवादी र रास्वपालाई छाडेर बाँकी सबैलाई एक ठाउँमा ल्याउन सकिन्छ कि भन्ने ध्येयमा देखिन्छन्। जसले सरकार बनाउन बहुमतदेखि गैरवामपन्थी धुव्रीकरणको बाटाे तय हुने उनीहरुको बुझाइ छ। 

नयाँ प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ (एक निलम्बित), राप्रपासँग १४, जसपासँग १२, नेकपा एससँग १०, जनमत पार्टीसँग ६, लोसपा र नागरिक उन्मुक्तिसँग ४/४ र स्वतन्त्र सांसद चार जना छन्। रौतहतबाट स्वतन्त्र जितेका किरण साह एमाले प्रवेश गरिसकेका छन् भने बर्दियाबाट स्वतन्त्र जितेका लालबिर चौधरी उन्मुक्ति पार्टी प्रवेश गरिरसकेका छन्। यसरी प्रतिनिधि सभाका १४३ सांसद आफ्नो पक्षमा पार्न सकिने हिसाब देउवाले निकालेका छन्।

Ncell 2
Ncell 2

अन्य साना पार्टीहरु जनमतदेखि उन्मुक्ति पार्टी र स्वतन्त्र सासंदहरुलाई सजिलै ल्याउन सकिन्छ भन्ने आकलन देखिन्छ। नेकपा एसले शुक्रबार साँझसम्म नयाँ सत्ता गठबन्धनलाई समर्थन गरिसकेको छैन। नेकपा एसका अध्यक्ष नेपालले नयाँ गठबन्धनप्रति लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन्। 

जसपा संसदीय दलका नेता रामसहाय यादवले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिहीबार कांग्रेस सभापति देउवासँग उनकै बोलावटमा भेटेको नेपाल लाइभलाई बताए। ‘देउवाजीले बोलाएर हाम्रा अध्यक्षजी जानु भएको हो’, यादवले भने, ‘सामान्य समसामयिक राजनीतिक कुराकानी मात्रै भएको हो।’ यादवले यसो भने पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन जसपाले शर्त अघि सारिरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनि सहभागी हुन आफ्ना मागहरु न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने र मन्त्रालय बाँडफाँड सम्मानजनक रुपमा हुनुपर्ने भनेको छ। 

कांग्रेसका प्रमुख सचेतक लेखकले भने आफूहरु शनिबार बस्ने संसदीय दलको बैठक र पार्टी पदाधिकारी बैठकमा छलफल गरेपछि मात्रै संसद्मा प्रधानमन्त्रीको विश्वासका मतका बारेमा धारणा बनाउने दाबी गरे। 

‘हामीले अहिले नै यो वा त्यो भन्दैनौं’, लेखक भन्छन्। ‘शनिबार पार्टीको छलफलपछि कसरी अगाडि बढ्ने भन्ने तय गर्छौं’, लेखकले भने।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्