• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
माधव र उपेन्द्रको एकता कसरत : प्रधानमन्त्री र मधेशको मुख्यमन्त्रीमाथि आँखा
64x64
नवीन झा मंगलबार, पुस १९, २०७९  १८:०५
1140x725

काठमाडौं- पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सम्बन्ध निकट बन्दै गएको छ। जसपाले प्रधानमन्त्रीमा पुष्पकमल दहाल प्रचण्डलाई समर्थन गरेर पनि सरकारमा सहभागी भएको छैन।

एकीकृत समाजवादीले भने समर्थन पनि गरेको छैन। सोमबार सकिएको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारमा सहभागितालाई लिएर ठोस निर्णय गर्न सकेन। बरु उसले केन्द्रीय सचिवालयलाई अधिकार दिएको छ।

जसपाले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे पनि पनि सरकारमा सहभागिताबारे ठोस धारणा तय गर्न सकेको छैन। गत शनिबार बसेको जसपाको कार्यकारणी समिति बैठकले सरकारमा सहभागिता र मन्त्री तय गर्न राजनीतिक समितिलाई जिम्मा दिएको थियो। सोमबार र मंगलबार बसेको राजनीतिक समिति भने यस सन्दर्भमा मौन देखिएको छ। जसपाले सरकारको न्युनतम साझा कार्यक्रम आएपछि मात्रै सहभागिताका बारेमा निर्णय लिने बताएको छ।

पुस १० मा नाटकीय रुपमा विकास भएको घटनाक्रमबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। कांग्रेस नेतृत्वको गठबन्धन तोड्दै एमाले र माओवादी केन्द्र लगायतका सात दल र तीन स्वतन्त्र सांसदको सहयोगमा उनी प्रधानमन्त्री नियुक्त भएका थिए। यद्यपि, सतारुढ दलहरुलाई केन्द्रदेखि प्रदेशसम्मको भागबन्डा मिलाउन सकस परिरहेको देखिन्छ।

यस्तो पृष्ठभूमिमा नेपाल र यादव नजिकिएका हुन्। उनीहरु पार्टी एकीकरण गरेर नयाँ समीकरण बनाउँदै र नयाँ सम्भावना खोज्न अग्रसर देखिएका छन्। जसलाई दुवै पार्टीका नेताहरुले स्वीकार गरेका छन्।

पोलिटब्युरो बैठककै क्रममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जसपासँग एकीकरणको छलफल चलिरहेको खुलाएका थिए। उनले यसमा भइरहेको प्रगतिको विषयमा विस्तृतमा खुलाएनन्, तर सम्भावना दर्शाए। मंगलबार सकिएको बैठकले पनि वाम एकताको लागि पहल गर्ने र त्यसका लागि निर्णय अधिकार सचिवालयले दिएको छ। 

यता सोमबारदेखि जारी जसपाको राजनीतिक समितिको बैठकमा पनि नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग त्यसबारेमा जिज्ञासाहरु राखेका छन्। सोमबारको बैठकमा अफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले विचार र मुद्दाहरु मिल्ने दलहरुसँग एकीकरण गर्ने आफ्नो नीति रहेको उल्लेख गरेका छन्। जसलाई पार्टीका धेरै नेताहरुले एकीकृत समाजवादीप्रति नै लक्षित गरिएको बुझेका छन्।

शनिबार बसेको जसपाको कार्यकारणी समिति बैठकमा पनि अध्यक्ष यादवले अहिले विभिन्न दलहरुसँग एकताका लागि संवाद चलिरहेको मात्रै जानकारी गराएका थिए।

Ncell 2
Ncell 2

मंगलबार सकिएको राजनीतिक समितिले विभिन्न दल/संगठनहरुसँग एकता, सहकार्य तथा गठबन्धन गर्न राजेन्द्र श्रेष्ठको संयोकत्वमा तीन सदस्य कार्यदल बनाएको छ। जसमा रकम चेम्जोङ र गोविन्द चौधरी छन्।

शनिबारदेखि एकीकृत समाजवादी र जसपा दुवै आन्तरिक बैठकमा व्यस्त भएका थिए। बैठकमा छलफल हुनु एउटा विषय हो, तर शीर्ष तहमा भइरहेका भेटघाटले दुई पार्टीबीच एकताको सम्भावनालाई बलियो आधार दिएको देखिन्छ। अघिल्लो हप्ता जसपा अध्यक्ष यादवले एकीकृत समाजवादीका अध्यक्ष नेपाल र 'सम्मानित नेता' झलनाथ खनालसँग छुट्टाछुट्टै भेटेका थिए।

जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँगको एकीकरणका बारेमा अहिले नै कुनै ठोस दाबी गर्न नसकिने बताए। उनले पार्टी बैठकमा भने यस बारेमा कुराचाहिँ उठेको बताए। ‘हामीले विचार र मुद्दाहरु मिल्नेहरुसँग एकीकरण गर्ने पक्षमा सुरुदेखि नै नीति लिएका छौँ’, उनले नेपाल लाइभसँग भने, ‘एकीकृत समाजवादीसँग पनि हाम्रो कुरा नहुने होइन। तर, अहिले नै म ठोस रुपमा भन्न सक्दिनँ।’

पार्टी अध्यक्ष यादवले एकीकृत समाजवादीका शीर्ष नेताहरु गरेको संवाद कुन तहसम्म पुगेको कुरा आफूले अहिले भन्न नसक्ने सुमनले बताए।

जसपा र एकीकृत समाजवादीबीच एकता भएमा सो पार्टी प्रतिनिधि सभामा २२ सिट सहित चौथौ ठूलो दल बन्नेछ। त्यस्तै, मधेश प्रदेशमा २३ सहित सबैभन्दा ठूलो दल एमालेसँग बराबरी गर्नेछ। प्रतिनिधि सभामा जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ। मधेश प्रदेशमा जसपाको १६ र एकीकृत समाजवादीको ७ सिट छ।

यी दुई पार्टीबीच एकता भएमा त्यसले उनीहरुलाई थप सम्भावनाको नजिक पुर्‍याउने छ। पहिलो त, उनीहरुको बार्गेनिङ शक्ति बढ्नेछ। अहिले २० सिटसहित चौथो ठूलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाएको छ। साथै, सबैले चासो राख्ने शक्ति बनेको छ। सो पार्टीभन्दा दुई सिट बढी भएपछि त्यो स्थानमा आफूहरुले पाउने एकता पक्षधर नेताको छ।

अर्कोतिर, राजनीतिक तानातानमा आफ्नो पार्टीले प्रधानमन्त्री नै पाउन सक्ने सम्भावना पनि उनीहरु दर्शाउँछन्। साथै, मधेस प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्न पनि सहज हुनेछ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १८:०५
  • #माधवकुमार नेपाल
  • #उपेन्द्र यादव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्