• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सवारी ज्यान मुद्दामा प्रहरीको ‘सेटिङ’: नक्कली चालकलाई सक्कली बनाएर ‘उन्मुक्ति’ ! 
64x64
नारायण अधिकारी शुक्रबार, पुस १५, २०७९  ०८:३९
1140x725

काठमाडौं– सवारी ज्यान मुद्दामा ‘सेटिङ’ मिलाएर प्रहरीले ‘उन्मुक्ति’ दिएको पाइएको छ। मिनी ट्रक चलाउने अनुमति नै नभएका व्यक्तिलाई प्रहरीको सेटिङमा चालक भएको प्रमाणित गर्दै उन्मुक्ति दिएको पाइएको हो। 

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। मिनी ट्रक चलाउने अनुमति नै नभएका चालकसँग रकम लिएर प्रहरी निरीक्षकले सेटिङमा उन्मुक्ति दिएको भनिएको घटना विगत ३ वर्षदेखि अनुसन्धानरत छ।

यो घटनाको सुरुवात २०७६ कात्तिक २ गतेबाट हुन्छ। कात्तिक २ गते बिहान साढे १० बजेतिर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ सेल्ले पाखिन टोलमा बा ५ ख ९५४ नम्बरको मिनी ट्रकको ठक्करबाट स्थानीय १३ वर्षीय बालक राजन श्रेष्ठको मृत्यु भएको थियो। 

ढुंगा बोकिरहेको उक्त मिनी ट्रकले ठक्कर दिँदा बालकको घटनास्थलै ज्यान गएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोलीले मिनी ट्रकका चालक मेलम्ची–७ कै ३२ वर्षीय सुवन तामाङलाई नियन्त्रणमा लिएको थियो। त्यतिबेला इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख थिए, प्रहरी निरीक्षक (इन्सपेक्टर) महेन्द्र दर्नाल।

District_Police_letter1672315888.jpg

मिनी ट्रक चलाउने अनुमित नै नभएका उनै चालकलाई इन्सपेक्टर दर्नालले सेटिङमा उन्मुक्ति दिएको भन्दै उक्त विषय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सम्म पुगेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को (च, एफ) वर्गीकरणको मिनी बस र मिनी ट्रक हाँक्ने अनुमति रहेको भन्दै इन्सेक्टर दर्नालले चालकसँग पैसा असुलेर उन्मुक्ति दिएको आरोप लागेको छ।

पीडितलाई ५ लाख दिएर जेलमा हुनुपर्ने व्यक्तिलाई उन्मुक्ति
दुर्घटना भएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। हाँक्ने अनुमति नै नभएका व्यक्तिले चलाएको सवारीको दुर्घटनाबाट कसैको ज्यान गएमा यातायात व्यवस्था ऐन २०४९ अनुसार कम्तीमा ३ वर्षदेखि जन्म कैदसम्मको सजाय हुने व्यवस्था छ। तर, सुवनको हकमा भने त्यो नभएको पीडित पक्षको आरोप छ। 

Chalak_Lisence1672315886.jpg
सुवन तामाङको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि (जुन नक्कली भएको दाबी गरिएको छ)

एक्कासी कोदोबारीबाट हाम फालेर बाटो काट्न लाग्दा सवारी अनियन्त्रित भएर दुर्घटना भएको भन्दै दुबै पक्षबीच क्षतिपूर्ति भराउने सहमति भएको थियो। जसमा क्षतिपूर्ति वापतको ५ लाख रुपैयाँ पीडित पक्षलाई गाडीधनी मेलम्ची–७ कै रमेश श्रेष्ठ र कृष्णलाल श्रेष्ठले उपलब्ध गराएका थिए। 

Ncell 2
Ncell 2
Chalak_Lisence_verification1672381166.jpg
सुवन तामाङको सवारीचालक अनुमतिपत्रबारे यातायात व्यवस्था विभागले उपलब्ध गराएको विवरण। जसमा उनले क (ए) वर्गको मोटरसाइकल, स्कुटर र मोपेड चलाउन मात्रै अनुमति पाएको उल्लेख छ।  

अख्तियारमा उजुरी, सीआईबीमा अनुसन्धान 
यो घटनाको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ। इन्सपेक्टरले मिलेमतोमा पैसा खाएर मुद्दा चलाउनुपर्ने व्यक्तिलाई छाडेको भन्दै अख्तियारमा उजुरी परेको थियो।  

उजुरीमा चालकसँग १ लाख रुपैयाँ लिएर हुँदै नभएको ‘च’ वर्गको सवारी हाँक्ने अनुमति समेत रहेको भन्दै लाइसेन्स कीर्ते गरेर ‘च’ वर्गको पनि अनुमित रहेको दाबी उजुरीमा गरिएको छ। मिनी ट्रक हाँक्ने अनुमति भएको लाइसेन्स रहेपछि मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएर प्रहरीले मिलापत्र गराउँदै चालकलाई उन्मुक्ति दिएको पनि उजुरीमा उल्लेख छ। 

त्यसपछि अख्तियारले २०७७ चैत १० गते अन्यन्त जरुरी, गोप्य भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई पत्र लेखेर उक्त दुर्घटनाका सम्पूर्ण कागजात पठाउन र पीडित पक्षको परिवारको नाम, ठेगान र मोबाइल नम्बर समेत पठाउन निर्देशन दिएको थियो।

Akhtiyar_Letter1672315886.jpg
अख्तियारले जिप्रका सिन्धुपाल्चोकलाई लेखेको पत्र

अख्तियारले उक्त घटनाको अनुसन्धान गर्दा पैसा खाएको पुष्टि हुने प्रमाण फेला पार्न सकेन। ‘पैसा खाएको आरोप लगाए पनि प्रमाण भने फेला पार्न सकिएन,’ अख्तियार स्रोतले भन्यो, ‘बरु अनुसन्धानको क्रममा कीर्ते कसुर आकर्षित हुनसक्ने भन्दै हामीले उक्त फाइल सीआईबीमा पठाएका छौं।’

‘च’ वर्गको सवारी हाँक्ने अनुमति छ–छैन भनेर पठाइएको पत्रमा लाइसेन्स जारी भएको यातायात कार्यालयले ‘छैन’ भनेर लेखेको ठाउँलाई छ बनाइएको हुनसक्ने भन्दै अहिले सीआईबीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ। अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै सीआईबी स्रोतले थप विवरण भने खुलाउन चाहेन।

District_Court_Letter1672315887.jpg

प्रहरीको दोष छैन: इन्सपेक्टर दर्नाल
यस घटनामा प्रहरीको कुनै दोष नरहको दाबी इन्सपेक्टर दर्नालको छ। अनुसन्धान गर्ने जिम्मा प्रहरीको रहेकाले सोही अनुसार अनुसन्धान गरेर बुझाएको र यसमा कुनै मिलेमतो तथा सेटिङ नगरेको उनले दाबी गरे। 

‘प्रहरीको काम त अनुसन्धान गर्ने मात्रै भयो। यसमा अभियोजन गर्ने सरकारी वकिलदेखि फैसला गर्ने अदालतसम्म जोडिएको हुन्छ। हामीले अनुसन्धानको पाटो गरेका हौं, त्योभन्दा बढी हामीलाई थाहा छैन,’ इन्सपेक्टर दर्नालले भने।  

‘आरोप लगाएजस्तो मिनी ट्रक चलाउने अनुमति नै नभएकाले प्रहरीले चलाउने अुनमति छ भन्न मिल्ने कुरा भएन। प्रहरीले त्यो गर्दा पनि गरेको छैन,’ दर्नालले भने।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्