• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उपेन्द्र यादवले संसदीय दलमा रामसहाय नै रोज्नुको अन्तर्य
64x64
नवीन झा बुधबार, पुस १३, २०७९  १६:५२
1140x725

काठमाडौं- अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि संसदीय दलको नेता बन्न जनता समाजवादी पार्टीमा होडबाजी नै चल्यो। संघीय परिषद् अध्यक्ष तथा वरिष्ठ नेता अशोक राई, मधेस प्रदेशका मन्त्री नवलकिशोर साहदेखि पूर्वमन्त्री राजकिशोर यादवसम्म दलको नेता बन्ने दौडमा थिए।

तर, बुधबार जसपाले सर्वसम्मत रुपमा पार्टी महासचिव रामसहाय यादवलाई संसदीय दलको नेता चयन गरेको छ। केही समयअघि पार्टीले दलको नेता चयन गर्न तीन सदस्यीय निर्वाचन समिति नै बनाएको थियो।

उक्त समितिले मंगलबार दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको कार्यक्रम अनुसार दलको नेता चयन गर्न उम्मेदवारी दर्तादेखि निर्वाचनसम्मका कार्यक्रम राखिएको थियो। 

तर, उम्मेदवारी दर्ताको क्रममा यादव बाहेक अन्यको उम्मेदवारी परेन। त्यसपछि जसपाको निर्वाचन समितिले महासचिव यादवलाई दलको नेतामा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 

सप्तरी- २ जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरले पराजित भएपछि उनलाई दलको नेता कसलाई बनाउने भन्ने चुनौती थियो। आफूपछिको पार्टी बरियतामा रहेका वरिष्ठ नेता राई सुनसरीबाट निर्वाचित भएपछि उनी झनै अफ्ठ्यारोमा परेका थिए।

Ncell 2
Ncell 2

प्रत्यक्ष र समानुपातिक गरी जसपाले प्रतिनिधि सभामा १२ सिट जितेको छ। त्यसमा पनि पार्टीको मुख्य आधार क्षेत्र मधेस भएकाले पार्टीभित्रैबाट यादवमाथि पहाडे समुदायका नेतालाई दलको नेता नबनाउन दबाब थियो। पहाडे समुदायबाट दलको नेता चयन गरेमा पार्टीलाई मधेसमा समस्या पर्ने देखिएपछि यादव मधेसबाटै पनि कसलाई बनाउने भन्ने द्विविधामा थिए। 

जसपा पार्टी फुटका बेला आफ्नो माउ पार्टीमा नफर्केका प्रदेश मन्त्री नवलकिशेर साह र राजकिशोर यादवले आफूलाई मौका दिनुपर्ने दबाब अध्यक्ष यादवलाई दिँदै आएका थिए।

यादवले यही दबाबलाई मध्यनजर गर्दै दलको नेता चयन निर्वाचन प्रकियाबाट गर्ने कार्ड पार्टीमा ल्याए। त्यसका लागि यादवले तीन सदस्यीय निर्वाचन समिति नै बनाए। अन्तत: जसपाको संसदीय दलमा आफूले चाहेको पात्र र राजनीतिमा सुरुदेखि साथ दिएका रामसहाय यादवलाई चयन गरे।

निर्वाचन भएको खण्डमा पनि यादव नै संसदीय दलको नेता चुनिने निश्चित देखिएपछि राईसहित राजकिशोर यादव र नवलकिशोर साह उम्मेदवारी दर्ता गराउने बेलामा ब्याक भए।

यता अध्यक्ष यादव आफू प्रतिनिधि सभामा नरहेको भन्दै दलको नेता चयनको दिन बिहानै जनकपुर हिँडे। तर उनले दलका सबै समानुपातिक सांसदलाई महासचिवको पक्षमा खुल्न आन्तरिक रुपमा निर्देशन दिएका थिए। प्रत्यक्षतर्फ जितेकामध्ये पनि उम्मेदवार बन्न चाहेका बाहेक सबै अध्यक्ष यादवकै पक्षमा देखिएका थिए। 

यादव निकट जानकारहरुका अनुसार उनले संसदीय मोर्चामा आफ्ना सहयात्री रामसहाय यादवलाई ल्याउनुका पछाडि पार्टीमा अर्को शक्ति केन्द्र निर्माण नहोस् भन्ने देखिन्छ। वरिष्ठ नेता राईदेखि राजकिशोर यादव वा साह जो सुकै दलको नेतामा आए पनि यादवलाई पार्टीमा चुतौती दिन सक्ने आकलन उनको थियो।

महासचिव यादव उपेन्द्र यादवका फोरमदेखिका सहयात्री र पार्टी जीवनमा सधैं ‘एस म्यान’ देखिएका छन्। जसका कारण यादव आफूलाई 'कम्फरटेबल' हुने गरी महासचिव यादवलाई दलको नेता बनाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्