• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
लाल मोहम्मद हत्याकाण्ड:  काठमाडौंको लोलाङमा भेटियो २ थान पेस्तोल 
64x64
नारायण अधिकारी मंगलबार, पुस १२, २०७९  १६:४८
1140x725

काठमाडौं– लाल मोहम्मद (लाल महम्द दर्जी)को हत्यामा प्रयोग भएका २ थान पेस्तोल काठमाडौंको लोलाङमा भेटिएको छ। सुटरले भाडामा लिएर बसेको कोठा खानतलासी गर्दा २ थान पेस्तोल भेटिएको हो। 

प्रहरी स्रोतका अनुसार १ थान अटोमेटिक र अर्को कटुवा गरी २ थान पेस्तोल भेटिएको छ। ‘सुटर भाडामा बसेको कोठाबाट २ थान पेस्तोल भेटिएको हो। उक्त पेस्तोल फरेन्सिक जाँचका लागि पठाएका छौं,’ प्रहरीको उच्च स्रोतले नेपाल लाइभसँग भन्यो। 

लोलाङमा एउटा फ्ल्याट नै लिएर सुटरहरु बसेका पाइएको छ। गत वैशाखदेखि नै उनीहरुले मासिक १६ हजार रुपैयाँ तिरेर एउटा फ्ल्याट  भाडामा लिएर बसेका थिए। कपडाको व्यापार गर्ने भन्दै उनीहरुले भाडामा लिएको पाइएको छ।

उनीहरुले तल्लो तलामा रहेको होटलमा खाना खाने र माथिल्लो तलामा बसेर मोहम्मद हत्याको योजना बुन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मोहम्मद हत्यापछि फ्ल्याट बन्द थियो। लामो समयसम्म भाडामा लिएकाहरु फ्ल्याटमा नआएपछि घरधनीले ढोका फुटाएर हेर्दा कोठामा पेस्तोल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। 

सुटरहरुले प्रयोग गर्ने गरेको मोबाइल लोकेसन समेत लोलाङ एरियामा देखिएको र घरधनीले दिएको हुलिया सुटरसँग मेल खाएको प्रहरीले जनाएको छ। कोठामा पलङ, एउटा दराज र केही लत्ताकपडाहरु रहेका पाइएको छ। 

पेस्तोल भेटिएपछि प्रहरी वृत्त बालाजुले मुचुल्का समेत उठाएर उक्त पेस्तोल लगेको छ। अहिले उक्त पेस्तोल फरेन्सिक जाँचका लागि पठाइएको हो। 

मोहम्मदको हत्यामा २ थान पेस्तोल प्रयोग भएको पाइएको थियो। २ जना सुटरले २ वटा पेस्तोलबाट मोहम्ममाथि गोली प्रहार गरेका थिए। एउटा पेस्तोल भने घटनास्थलमै छाडेर भागेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। 

अहिले फेरि २ थान पेस्तोल बरामद भएपछि मोहम्मद हत्या गर्नका लागि सुटरहरुले ३ थान पेस्तोल ल्याएको खुलेको छ।

Ncell 2
Ncell 2

उक्त घटनापछि १ जना सुटर भने लोलाङस्थित आफ्नो कोठामा समेत पुगेको पाइएको छ। लोलाङबाट उनले १ जनालाई ३०० रुपैयाँ दिएर मोटरसाइकलमा कलंकीसम्म पुर्‍याउन लगाएको समेत अनुसन्धानबाट खुलेको छ। 

गत असोज ३ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहार गरी मोहम्मदको हत्या गरिएको थियो। हत्यामा सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार)देखि भारतसम्मको नेक्कस जोडिएको खुलेको छ। 

सर्लाहीको गडौता नगरपालिका–८ घर भएका महोम्मदले गोठाटारमा रामकृष्ण श्रेष्ठको साढे २ तले घर पुरै भाडामा लिएर गार्मेन्ट फ्याक्ट्री सञ्चालन गर्दै आएका थिए। 

प्रहरीका अनुसार महोम्मदको हत्यामा प्रत्यक्ष रुपमा ९ जना संलग्न भएको पाइएको छ। जसमा ३ जना नेपाली छन्। तीनै जनालाइ प्रहरीले यसअघि नै पक्राउ गरेर सार्वजनिक गरेको थियो। 

Gothatar_goli_Kanda_arrest1664535772.jpg
लाल मोहम्मद हत्याकाण्डमा पक्राउ परेका ३ जना

भारतीय नागरिक बब्लु पासवान भनिने गणेश कुमारको मुख्य योजनामा मोहम्दको हत्या भएको अनुसन्धान टोलीको ठहर छ। गणेश कुमारले महोम्मदको हत्याका लागि आफ्नी प्रेमिका भारतीय नागरिक ममता तिवारीलाई समेत प्रयोग गरेका थिए। यस्तै, नेपाली युवती सुमी स्याङतान, पर्साको वीरगञ्ज–१६ का १९ वर्षीय मोहराम मिया भनिने मोहरम मिया, १७ वर्षीय रेहान मियाको प्रयोग भएको थियो। 

मोहम्मदको हत्याका लागि काठमाडौंमा सबै बन्दोबस्त भारतको दिल्लीस्थित राना प्रताप बागमा घर भइ काठमाडौं बस्दै आएका नितिन खान भनिने नितिन मदानले गरेका थिए। भारतमा बसेर सबै योजना भने उनै बब्लुले बनाएको पाइएको छ। 

पक्राउ परेका दुई नेपाली युवा मोहराम र रेहानले रक्सौलदेखि काठमाडौंसम्म पेस्तोल ल्याएर सुटरलाई दिएका थिए। त्यसवापत उनीहरुले ३५ हजार रुपैयाँ लिएका थिए। अर्की नेपाली युवती सुमीले भने मोहम्मदको गतिविधि निगरानी गर्ने र भारतमा रहेका बल्लुलाई मोहम्मदको गतिविधिको फोटो, भिडियो पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। 

घटनामा संलग्न भएका भारतीय नागरिकहरु बब्लु, नितिन, ममतासहित राजु भनिने दिनेश गुड्डु पटेल, महोम्मद नेजामुदिन भने अहिलेसम्म फरार छन्।

ममता तिवारी लागु औषध मुद्दामा केन्द्रीय कारागार हुँदा सुमी पनि जेल परेका बेला उनीहरुले जेलमै चिनजान भएको थियो। जेलबाट छुटेपछि ममताकै आग्रहमा रक्सौल पुगेर सुमीले बब्लुलाई भेटेपछि मोहम्मको रेकी गर्न तयारी भएकी थिइन्। 

सुमीले मोहम्मदको रेकी गरेकी थिइन्। रेकी गरेवापत बब्लुले १ लाख ४५ हजार दिने बताएका थिए। प्रहरीसँगको बयानमा सुमीले उक्त रकम भने नपाएको बताएकी छन्।

महोम्मदलाई गोली हान्ने व्यक्ति मोटरसाइकलमा आएर मोटरसाइकलमै फरार भएका थिए। तर अहिलेसम्म उक्त मोटरसाइक भने प्रहरीले पत्ता लगाउन सकेको छैन। सीसीटीभी फुटेजमा सुटरले पल्सर मोटरसाइकल प्रयोग गरेको देखिए पनि नम्बर प्लेट नखुल्दा समस्या भएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार :

लाल मोहम्मद घटना : जेलमा भेट, भारतमा योजना, १३ दिनको निगरानीपछि यसरी भएको थियो हत्या

सेट्टीको कनेक्सन देखिएपछि रसुवा कारागार पुगेर सोधपुछको तयारी, हुण्डी धन्दा चलाउनेको पहिचान खुल्यो

गोठाटार गोलीकाण्ड: जुवा खालबाट पक्राउ परेका नितिन मदनले बनाएका थिए मोहम्मद हत्याको योजना?

गोठाटारमा मारिएका मोहम्मद: नक्कली भारुको कारोबार, काठमाडौंमा बलरामको हत्या र पाकिस्तानी एजेन्टलाई फोन

गोठाटार गोलीकाण्ड अनुसन्धान गर्न विशेष समिति गठन

गोठाटार गोली काण्ड : विवादास्पद पृष्ठभूमिका मोहम्मदको हत्या गर्ने को हुन्?

गोठाटारमा गोली प्रहारबाट घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु

पल्सर मोटरसाइकलमा आएका २ जनाले चलाएका थिए गोठाटारमा गोली

काठमाडौंको गोठाटारमा गोली चल्यो

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्