• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कसरी चुके देउवा?
64x64
नवीन झा आइतबार, पुस १०, २०७९  १९:२९
1140x725

काठमाडौं- आइतबार दिनभर भएको राजनीतिक दौडधुपले गर्दा नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। एमाले र माओवादी केन्द्रसहित सात ओटा दलहरुहरुको बीचमा भएको सहमति अनुरुप प्रस्तुत दाबी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

मंसिर ४ को निर्वाचनमा सबैभन्दा ठूलो दल भएको नेपाली काग्रेस अन्तिममा सुझबुझ देखाउन नसक्दा नयाँ सरकार बनाउनबाट वञ्चित भएको छ। प्रधानमन्त्रीमा दोहोरिने प्रयत्नमा रहेका शेरबहादुर देउवा पनि मुखमै आएको पद गुमाउन बाध्य भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने आइतबार बिहान बालुवाटारमा भएको छलफलमा देउवाले आफूहरुबीचको सहमति पालना नगरेको भन्दै गठबन्धन टुटेको प्रष्ट पारेका थिए। त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट हानिएका थिए।

बालुवाटारबाट प्रचण्ड निस्किँदै गर्दा एमाले अध्यक्ष ओलीले आफ्नो निवासमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षलाई बोलाइसकेका थिए। ओलीको निवासमा बिस्तारै जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतको सहभागिता बढ्दै गयो। जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटायो।

प्रचण्डको सत्तारोहणसँगै आफ्नो कार्यकाल लम्ब्याउन चाहेका देउवालाई धक्का लागेको छ।

पछिल्लो केही दिनयता देउवा र प्रचण्ड लगातार संवादमा थिए र आफू निकट नेताहरुलाई पनि संवादमा खटाएका थिए। आफ्नो नेतृत्वको गठबन्धनमा लोसपा र जनमत पार्टीसहित अन्य केही साना पार्टीहरुलाई समाहित गर्दै कार्यकाल लम्बाउने रणनीतिमा रहेका देउवालाई प्रचण्डले रित्तो हातको स्थितिमा पुर्‍याइदिएका छन्। जसलाई धेरैले देउवाको रणनीतिक असफलताको रुपमा व्याख्या गरेका छन्।

आखिर देउवा कसरी चुके?
देउवाको दूतको रुपमा पछिल्लो समयमा संवादमा खटिएका नेताहरु बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र पार्टी उपसभापति पूर्णबहादुर खड्का आइतबारको नाटकीय राजनीतिक परिणामपछि सञ्चार माध्यमहरुसँग सम्पर्कमा आउन चाहेका छैनन्।

यद्यपि माओवादीसँग संवादमै रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले प्रचण्डसँग भएको सहमतिलाई देउवाले तोडेर गल्ती गरेको टिप्पणी गरे। उनले नेपाल लाइभसँग भने, ‘प्रचण्डले कांग्रेसवाट धोका भयो भनेर जानुभयो। त्यसमा केही हदसम्म सत्यता देखिन्छ।’

Ncell 2
Ncell 2

देउवालाई प्रधानमन्त्री बनाउने बेलामै निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा भएको पौडेलले खुलासा गरे। ‘त्यतिबेलाको सहमति कार्यान्वयन भएन भन्ने प्रचण्डको भनाइ थियो’, उनले भने, ‘उहाँ त्यसपछि अन्य विकल्पतिर लाग्नुभयो।’

यद्यपि देउवा आइतबार दिउँसोसम्म पनि प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएको नेताहरुको भनाइ थियो। यतिसम्म कि आइतबार बिहानको बैठकमा पनि प्रचण्डले देउवालाई आफ्नो गठबन्धन आफैं राख्नुस् भनेर हिँड्न थालेपछि पनि उनी ढुक्क मनस्थितिमै थिए। उनले बालकोटतर्फ लागेका प्रचण्डलाई त्यहाँ सहमति नभए पुन: यहीँ (बालुवाटार) आउनु भन्दै ब्यंग्यमिश्रित आग्रह गरेका थिए।

अब  प्रचण्ड छिट्टै बालुवाटार फर्किने छन् तर देउवालाई नै विस्थापित गर्ने गरी।

आखिर प्रचण्डले देउवालाई विस्थापित गर्ने खालको परिस्थिति कसरी विकास भयो? त्यसका केही सन्दर्भ छन्।

shivam cement

shivam cement

एमाले र ओलीलाई ठीक ढंगले विश्लेषण गर्न नसक्नु
देउवा गठबन्धनलाई अगाडि पनि बढाउने तर प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेससँगै राख्ने रणनीतिमा थिए। जसप्रति माओवादी सुरुदेखि असहमत थियो। कांग्रेस र खासगरी देउवा र उनको पक्षको विश्लेषण थियो कि माओवादीलाई एमालेले साथ दिँदैन। त्यसो भएमा माओवादीसँग विकल्प हुँदैन। यद्यपि यस बीचमा एमालेका नेताहरु प्रचण्डसँग लगातार संवादमै थिए। यसप्रति देउवाको बुझाइ भने एमालेले माओवादी केन्द्रलाई गठबन्धन तोड्नका लागि मात्रै प्रयोग गर्न खोजेको तर प्रधानमन्त्री दिँदैन भन्ने थियो।

त्यसमा पनि शनिबार एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा प्रचण्डले निर्णय गर्न ढिला गरेकाले अब प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरिदिएका थिए। त्यसपछि देउवा र उनको पक्षका नेताहरु थप हौसिएका थिए। त्यही आडमा देउवाले शनिबार साँझ ओलीसँग कुरा गर्न नेता विमलेन्द्र निधिलाई बालकोट पठाए। स्रोतहरुका अनुसार, ओलीले निधिलाई आफूले माओवादीलाई प्रधानमन्त्री नदिने बताएका थिए। निधिले राति नै ओलीको उक्त अडान देउवालाई ब्रिफिङ गरेका थिए। त्यसपछि देउवा आफूले लिइराखेको अडानमा थप कडा बने।

आइतबार बिहानै कांग्रेस नेता निधि  माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न पुगे र कांग्रेसले  प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान राखे। निधिसँगको संवादपछि बालुवाटार जानुअघि नै प्रचण्डले आफ्ना केही नेताहरुलाई एमाले अध्यक्ष ओलीकहाँ  पठाएका थिए। ती नेताले ओलीसँग संवाद गरिरहँदा प्रचण्ड बालुवाटार पुगेका थिए।

बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री देउवासँग 'वान टु वान' संवाद गरेका थिए। माओवादी केन्द्रका एक नेताका अनुसार, प्रचण्डले त्यहाँ पनि प्रधानमन्त्री र राष्ट्रपतिमध्ये एउटा पद रोज्न देउवालाई आग्रह गरेका थिए। तर उनले मानेनन्। त्यसपछि एकीकृत समाजवादीका नेता समेत बसेर छलफल गरे। र सहमति नजुट्ने प्रष्ट भएपछि प्रचण्ड गठबन्धनको भारी बिसाएको भन्दै निस्किएका थिए।

पार्टीका महामन्त्रीलाई बेवास्ता
आइतबारको राजनीतिक उछलकुदमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कतै देखिएनन्। त्यसो त उनीहरु केही दिन यता पनि खासै सक्रिय देखिएका थिएनन्। महमन्त्री थापा पोखरामा आयोजित एउटा साहित्यिक कार्यक्रममा भाग लिइरहेका थिए। महामन्त्री शर्मा ट्विटमा धारणा व्यक्त गरिरहेका थिए।

काग्रेस स्रोतका अनुसार, कांग्रेस संसदीय दलको निर्वाचनबाट थापाको उम्मेदवारी र शर्माको समर्थनपछि देउवाले महामन्त्रीद्वयलाई  कुनै बैठकमा बोलाएका छैनन्। यसबारेमा थापाले पोखराकै कार्यक्रममा केही संकेत गर्दै अभिव्यक्ति दिएका छन्। शर्मा भने बोल्न चाहेनन्।

बालुवाटार स्रोतका अनुसार, सभापति देउवाले आफ्नो 'कोर समूह' बाहेकका अन्य नेताहरुलाई पछिल्लो समयमा परिचालन गरेका थिएनन्। सत्तारोहण नजिएको भन्दै उत्साहित ती नेताहरुकै भर पर्दा देउवाले ठीक रणनीति बनाउन नसकेको कतिपय नेताहरुको आरोप लगाएका छन्।

यसबाहेक भूराजनीति लगायत पर्दा पछाडिका अन्य खेलाडीहरुको भूमिका बिस्तारै खुल्दै जाने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्