काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भक्तपुरमा दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएको घटनाको छानबिन गर्ने भएका छन्।
प्रतिनिधिसभा अन्र्तगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले घटनाको छानबिन गर्ने बताएका छन्। बालक निसान खडकालाई अपहरण पछि हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ मुठभेडमा सोमबार मारिएका थिए।
सो घटना शंकास्पद रहेको सांसदहरुले बताएपछि उनले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
समितिको बैठकमा नेपाली कांग्रेसका सांसद देवेन्द्र कंडेलले प्रहरी महानिरीक्षक र सम्बन्धित अधिकारीलाई समितिमा बोलाउन माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।