• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सरकार गठनका लागि दौडधुप तीव्र  एक–अर्कामाथि दबाब बढाउने रणनीतिमा कांग्रेस र माओवादी
64x64
नवीन झा आइतबार, पुस ३, २०७९  २०:१९
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सात दिने म्यादसहित संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। आउँदो १० गते साँझ छ बजेभित्र नयाँ प्रधानमन्त्री सिफारिस गर्न राष्ट्रपतिले दलहरूलाई समय दिएकी छन्।

राष्ट्रपति कार्यालयको सूचनासँगै नयाँ सरकार गठनको औपचारिक प्रकिया सुरु भएको छ। हुन त दलहरूको बीचमा अनौपचारिक तहमा यसबारे यसअघि देखि नै गृहकार्य चलिरहेको छ। 

आइतबार राष्ट्रपतिको आह्वान अगाडि मात्रै सतारुढ दुई प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादीको बैठकले आ–आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका छन्। कांग्रेस कार्यसम्पादन समिति बैठकले संसदीय दलको निर्वाचनका लागि कार्यदल गठन गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्‍यो।

उता, माओवादीको पदाधिकारी बैठकले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने निर्णय गर्‍यो। माओवादीका उपसमहासचिव जनार्दन शर्माले गठबन्धनको सरकार गठन हुँदा पहिलो चरणमा आफ्ना पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्नुपर्ने बताए। 

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने ४ मंसिरको निर्वाचपछि संसद्ंमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन स्वाभाविक रहेको भन्दै त्यसका लागि पहल गर्ने कार्यसम्पादन समितिले निष्कर्ष रहेको बताए।

कांग्रेस र माओवादी दुवैको आइतबार बसेको बैठकले आ–आफनै नेतृत्वमा नयाँ सरकार बनाउने निष्कर्षले दुवैले एक–अर्कामाथि दबाब बढाउन खोजेको देखिन्छ।

वर्तमान सत्ता गठबन्धनका दुई घटकले नै नयाँ सरकारको नेतृत्वको दाबी गरेपछि राष्ट्रपतिले दिएको समयसीमामा को नयाँ प्रधानमन्त्री बन्छ भन्ने चासो झन् रोचक बन्न पुगेको छ। त्यति मात्र होइन वर्तमान गठबन्धनको निरन्तरता पनि शंसय उत्पन्न भएको छ। तर, गठबन्धनका नेताहरू वर्तमान गठबन्धनले निरन्तरता पाउने दाबी गर्छन्।

एमालेले आफ्नो जनमत प्रतिपक्षमै बस्ने भएकाले आफू प्रतिपक्षमै बस्ने र नयाँ सरकारको खेलमा नलाग्ने बताइरहेको छ। तर, अनौपचारिक रुपमा भने एमालेले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग छलफल अघि बढाएको छ। सहकार्यका लागि यी दुई दलसमक्ष प्रस्ताव पठाइसकेको छ। वर्तमान गठबन्धन भत्काउने रणनितीमा रहेको एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई अब बन्ने  सरकारको पहिलो आधा कार्यकाल प्रधानमन्त्री दिने र पछिको बाँकी आधा कार्यकाल एमाले नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेको छ। तर, त्यसका तत्कालीन नेकपामा प्रचण्डले केपी ओलीमाथि आरोपसहित ल्याएको १८ पृष्ठको दस्तावेज फिर्ता लिनुपर्ने अडान राखेको छ। 

Ncell 2
Ncell 2

प्रचण्ड भने त्यसतर्फ जानुभन्दा पहिला अहिलेकै सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने रणनीतिमा लागेका छन्। जसका लागि उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरे। देउवाले भने संसदीय दलको नेता चयनपछि यसबारेमा छलफल गर्ने बताएका छन्। 

शनिबार प्रधानमन्त्री देउवासँग भेट्नुअघि प्रचण्डले कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणसँग आफ्नै निवासमा भेटेका थिए। गृहमन्त्री खाणसँगको छलफलपछि उनले आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए। त्यसपछि मात्र उनी बालुवाटार गएका थिए।

बालुवाटारमा दुई नेताबीच भएको छलफलमा प्रचण्डले शक्ति बाँडफाँटदेखि अबको सरकारको नेतृत्व माओवादीलाई दिन प्रस्ताव गरेका थिए। कांग्रेस नेताहरूले प्रचण्डको प्रस्तावलाई सार्वजनिक रुपमा अस्वीकार गरेका छैनन् तर, पहिला आफ्नै नेतृत्वमा अगाडि बढ्नुपर्ने लाइनमा छन्।

प्रचण्डसँगको छलफलपछि देउवाले शनिबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएका थिए। आइतबार बिहान कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुनः माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार पुगेर भेट गरेका थिए। खड्काले प्रचण्डसँग नयाँ सरकार गठन र अबको शक्ति बाँडफाँटको बारेमा कुराकानी भएको नेपाल लाइभलाई बताए। 

shivam cement

shivam cement

‘निर्वाचनको मत परिणाम पूर्णरुपमा आइसकेको छ। राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान पनि गरिसक्नु भएको छ’, खडकाले भने ‘त्यही भएर हामी गठबन्धनका घटकहरू बीचमा त्यसबारेमा छलफल हुनु स्वाभाविकै हो।’ 

उनीहरूबीच आइतबार पनि भेटवार्ता भएको छ। देउवालाई भेट्न प्रचण्ड आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। पार्टीको पदाधिकारी बैठकलगत्तै प्रचण्ड पेरिसडाँडबाट बालुवाटार पुगेका हुन्।

वर्तमान गठबन्धन रहे पनि वा भत्किए पनि संसद्को नयाँ गणितमा साना दलहरूको भूमिका समेत महत्त्वपूर्ण देखिएकाले उनीहरूतर्फ प्रमुख दलहरूको नजर केन्द्रित छ। कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताहरू साना दलसँग लगातार संवादमा छन्। तर, साना दलहरू प्रमुख दलहरूको बीचमा हुने सत्ता समीकरणको सहमतिलाई पर्खेर बसेका छन्।

वर्तमान सत्ता गठबन्धनभित्र कांग्रेस र माओवादीबीचमा सहमति भए लोसपा र जनमत पार्टीले समर्थन  गर्ने लगभग पक्का देखिन्छ। गठबन्धन भत्किएमा एमाले–माओवादीलाई राप्रपा र जसपाले साथ दिने लगभग पक्का छ। यसबीचमा कांग्रेस र एमाले दुवैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सहयात्रामा ल्याउन सकिन्छ कि भनेर छलफल चलाइरहेका छन्।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्