• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रतिनिधि सभाका साना दल, जो आगामी सरकारका लागि निर्णायक छन्
64x64
नवीन झा शुक्रबार, पुस १, २०७९  १९:३९
1140x725

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझायो। यससँगै अब नयाँ सरकार गठन र नयाँ संसद् बैठकको प्रक्रिया सुरु हुने छ।  

संसद् बैठक अबको ३० दिनभित्र बोलाउनु पर्ने प्रावधान भएपनि राष्ट्रिपतिले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया भने तत्कालन अघि बढाउन पाउनेछन्। जसका कारण राजनीतिक वृत्तमा नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद् गठनलाई लिएर चासो देखिएको छ। वर्तमान सत्तागठबन्धनसहित अन्य कुनै पनि दलहरूले पूर्ण बहुमत नल्याएका कारण नयाँ संसद्मा प्रवेश पाएका साना दलहरूको भूमिका ‘निर्णायक’ देखिएको छ।

सरकार गठनदेखि संसद्को अन्य भूमिकामा साना भनिएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवार्दी, जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीलगायतका दलहरू ‘म्याजिक ठाउँ’मा देखिएका छन्। नयाँ सरकार बनाउन तम्सिएको सत्ता गठबन्धनलाई पनि केन्द्रदेखि प्रदेशसम्मको सरकार बनाउन साना दलहरूको साथ अपरिहार्य देखिएको छ भने एमालेले पनि सरकार बनाउने हो भने उसलाई पनि माओवादी र नेकपा एकीकृत समाजवादीसहित साना दलहरूको साथ अनिवार्य चाहिनेछ।

यस्तो अवस्थामा साना दलहरूले खेल्ने भूमिका बहुप्रतिक्षित देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा समेत आफ्नो महत्त्वपूर्ण उपस्थितिसहित उदाएको नागरिक उन्मुक्ति पार्टीलाई सत्ता सहयात्रा गराउन वर्तमान गठबन्धन लागिपरेको छ। जसका लागि रेशम चौधरहीसहित टीकापुर घटनामा दोषी ठहरिएकाहरूको मुद्दा फिर्ता लिनेगरि सरकारले अध्यादेश नै ल्याएको छ।

नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक रेशम जेलबाट मुक्त नभएसम्म सरकारमा सहभागी नहुने जनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अध्यादेश ल्याउन अघि सरेका हुन्। तर, अध्यादेश सोमबारदेखि राष्ट्रिपति कार्यालयमा थन्किएको छ। राष्ट्रपतिले प्रमाणीकरण नगरेसम्म अध्यादेश कार्यान्वयनमा आउने छैन। 

देउवाले जनमत, लोसपा, रास्वपालगायतसँग पनि छलफल अगाडि बढाएका छन्। जनमत र लोसपाले सत्ता गठबन्धनलाई सहयोग गर्ने वाचा दिइसकेको छ। चुनावका बेला एमालेसँगको सहकार्य गरेको जसपा र राप्रपाले सरकार गठनबारेमा औपचारिक धारणा नबनाएपनि आफूहरू प्रतिपक्षमा बस्ने बनाउँदै आएका छन्। यद्यपि, सत्ता गठबन्धनलाई प्रदेश १ मा जसपा, लुम्बिनीमा राप्रपा लगायतका दलहरूले आवश्यकता पर्न सक्ने देखिन्छ। 

केन्द्रदेखि प्रदेशसम्म सत्ता निर्माणका लागि वर्तमान गठबन्धनलाई कहीँ जसपा, कहीँ उन्मुक्ति पार्टी र कहीँ जनमत पार्टी आवश्यक पर्ने देखिन्छ। मधेश प्रदेशमा जनमत पार्टीको सहयोगबिना सत्ता गठबन्धनको प्रदेश सरकार बन्ने सक्ने अवस्थामा छैन। प्रदेश १ मा एक सिट मात्र ल्याएको जसपाले सहयोग नगरुन्जेल गठबन्धनको बहुमत पुग्दैन। लुम्बनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सहयोग नगरे गठबन्धनलाई बहुमत पुग्दैन। 

लोसपाका मधेश प्रदेश अध्यक्ष तथा प्रदेश सांसद जितेन्द्र सोनलले आफूहरूले केन्द्रीय र मधेश प्रदेश सरकारमा सहभागी हुने, नहुनेबारे छलफल अघि बढाएको बताउँछन्। आन्तरिक र सत्ता गठबन्धनका घटकसँग छलफल चलिरहेको तर, कस्तो निष्कर्षमा पुग्ने टुंगो नलागेको सोनलले बताए। यद्यपि, आफूहरू अहिलेकै सत्ता गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताए। 

Ncell 2
Ncell 2

जनमत पार्टीका महासचिव तथा मधेश प्रदेशका सांसद चन्दन सिंह पनि आफूहरू सत्ता गठबन्धनसँग साकारात्मक छलफलमा रहेको बताउँछन्। जनमत पार्टीका अध्यक्ष सीके राउतले केही दिनअघि प्रधानमन्त्रीसहित गठबन्धनका सबै शीर्ष नेतासँग भेटघाट र छलफल गरिसकेका छन्।

साना दल के चाहन्छन्?
रास्वपा : 
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २० सिट जितेको छ। प्रत्यक्षतर्फ सात सिट जितेको उसले समानुपातिकतर्फ १३ सिट पायो। चुनावअघि यसअघि प्रधानमन्त्री बनिसकेकाहरूको नेतृत्वमा बन्ने कुनै पनि सरकारमा सहभागी बताएका लामिछाने पछिल्लो समय भने सरकारमा सहभागी हुन इच्छुक देखिएका छन्। नागरिकता विवादमा मुछिएका लामिछाने त्यसलाई ‘सेफ ल्याण्डिङ’ गर्न पनि सरकारमा जान चाहेको कतिपयको आकलन छ। यो मत उनकै पार्टीभित्रका नेताहरूमा पनि छ।

तर, चुनावपछि रास्वपाले सरकारमा जाने, नजाने विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। यद्यपि, यसबीचमा लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासंग भेट गरेका छन्। रास्वपा सरकारमा सहभागी हुँदा वर्तमान गठबन्धनलाई अन्य साना दलको साथ नभएपनि फरक पर्दैन।

राप्रपा 
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल लाइभलाई दिएको अन्तर्वार्तामा आफूहरूको जनमत प्रतिपक्षमै बस्ने भएकाले सरकार नजाने बताए। तर, सरकार नै बन्न नसक्ने अवस्था सिर्जना भयो र आफूहरूको सहयोगले सरकार बन्ने अवस्थामा चाहिँ त्यतातर्फ सोच्न सकिने बताए। उनले हालको सत्ता गठबन्धनले जनमत, नागरिक उन्मुक्ति लगायतका दलसँग मिलदेर सरकार बनाउन कसरत गरिरहेको देखिएकाले आफूहरू प्रतिपक्षमा बस्ने संकेत गरेका हुन्। 

shivam cement

shivam cement

जसपा
निर्वाचनको परिणामलगत्तै जसपा अध्यक्ष उपेनद्र यादवले एमालेसँग निर्वाचनताका गरिएका तालेमल अब सकिएको घोषणा गरेका थिए। तर, यादवको भनाइलाई उनकै पार्टीका वरिष्ठ नेता अशोक राईले खण्डन गरे। उनले एमालेसँगको तालमेल नसकिएको सार्वजनिक गरेका छन्। यादव सप्तरीबाट प्रतिनिधि सभातर्फ पराजित भए भने राई सुनसरीबाट निर्वाचित भएका छन्। पार्टीभित्रको आन्तरिक विवादले जसपा सरकार निर्माणको खेलबाट टाढा बस्न सक्ने अवस्थामा जान सक्छ। 

जनमत पार्टी
जनमत पार्टीले केन्द्र र मधेश प्रदेश सरकार निर्माणमा वर्तमान सत्ता गठबन्धनसँग उभिने बताएको छ। जसका लागि उनले केन्द्रमा पनि केही मन्त्रालय र प्रदेशमा प्रमुख मन्त्रालयको माग गरेको छ। जनमत पार्टीका कतिपय नेताहरू मधेश प्रदेशको मुख्यमन्त्री आफूहरूलाई दिनुपर्ने मागमा छन्। तर, प्रमुख मन्त्रालय पाए प्रदेश सरकारमा सहभागी भैहाल्ने उनीहरूको संकेत छ।

नागरिक उन्मुक्ति
यो पार्टीले वर्तमान सत्ता गठबन्धन वा अन्य दलहरूले सत्ता सहकार्य गर्न चाहेमा आफूहरूको शर्त सम्बोधन गर्नु पर्ने माग अघि सारेको छ। आफ्नो पार्टीका संरक्षक रशेम चौधरीसहित आधा दर्जन नेता कार्यकर्तामाथि रहेको मुद्दा फिर्ता हुनुपर्ने र कारागारबाट मुक्त गर्नुपर्ने यो पार्टीको बटमलाइन छ।

लोसपा 
लोसपाले औपचारिक रूपमा कुनै निर्णय नगरे पनि वर्तमान सत्ता गठबन्धनलाई नै सघाउने लगभग निश्चित देखिएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरले गत मंगलबार मात्रै प्रधानमन्त्री देउवासँग भेटेर त्यसको जनाउ दिइसकेका छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १९:३९
  • #साना दल
  • #सरकार गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्