• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य
नवलपरासीका बसन्त थापा, जो भारतीय पहलवानलाई पछार्दै प्रथम भए
64x64
प्रतिक पौडेल बिहीबार, मंसिर २९, २०७९  १८:४४
1140x725

बुटवल– बुधबार भैरहवाको एक दङ्गलमा कुस्ती चल्दै थियो। एकजना बडेमानको शरीर भएका व्यक्ति नकाव लाएर दङ्गलमा प्रवेश गरे। ती व्यक्तिले कोही नेपाली हिम्मतवाल भए आफूसँग कुस्ती खेल्न चुनौती दिए।

भारतको पञ्जावबाट रुपन्देही कुस्ती खेल्न आएका ती व्यक्तिले नेपालीलाई चुनौती दिएसँगै दर्शकदीर्घाबाट हुटिङ आयो– बसन्त! बसन्त! बसन्त!

बसन्त दङ्गलमा आए। अनि ती नकावधारी पहलवानलाई उचालेर पछारे। जित हासिल गरे। उनी थिए नवलपरासीका बसन्त थापा।

बसन्तले पछारेका ती एक्ला व्यक्ति होइनन्। भैरहवाको लुम्बिनी महोत्सवमा तीन दिनसम्म चलेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा बसन्तले आधा दर्जनजति भारती पहलवानलाई यसरी नै पछारे। 

र, अन्तिम दिन भएको फाइनल खेलमा पनि उनले भारतको पञ्जावबाट आएका कालिचिता पहलवानलाई पराजित गर्दै बसन्तले प्रथम उपाधि हासिल गरे। उनले २५ हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे।

रुपन्देही जिल्लामा पछिल्लो समय कुस्ती खेल लोकप्रिय बन्दै गएको छ। कुनै समय क्रिकेट खेलको उर्वर भूमिको रुपमा चिनिने रुपन्देही अहिले कुस्ती खेलले पनि चिनिन थालेको छ। जिल्लाको ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकामा कुस्ती प्रतियोगिता हुन थालेका छन्।

जिल्लामा हुने कुस्ती प्रतियोगिताहरुमा मुख्यरुपमा नेपाल र भारतका पहलवानको सहभागिता हुने गरेको छ। पछिल्लो समय यो खेलप्रति युवाहरू पनि आकर्षित भइरहेका छन्। कुस्ती मनोरञ्जनका साथै स्वास्थ्यका लागि पनि उत्तम मानिन्छ।

पहलवान बसन्त थापा भन्छन्, ‘कुस्ती खेललाई राज्यले चासो दिन सक्यो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सफलता हासिल गर्न सक्छौं।’

Ncell 2
Ncell 2

थापाका अनुसार राज्यले ध्यान नदिँदा कुस्ती खेल नै ओझेलमा परेको छ। नेपालमै अत्यधिक रुचाइएको यो खेल सरकारी उदासिनताले लोप हुन लागेको उनी बताउँछन्।

गत कार्तिकमा रुपन्देहीको रोहिणी गाउँपालिकाले कुस्ती प्रतियोगिता आयोजना गरेर जीवन दिने प्रयास गर्‍यो। रुपन्देहीमा मुख्य रुपमा स्थानीयले आफ्नै पहलमा प्रतियोगिता आयोजना गर्ने गरेका छन्। 

अहिले नेपालमा बाबा केशवदास, बैजनाथ पहलवान, रुपन्देहीका राजेन्द्र यादव, धमेन्द्र पहलवान, दाङका शंकर थापा, नवलपरासीका बसन्त थापा, पारस थापा लगायत पहलवानहरू कुस्ती खेल्न भारतसम्म जाने गरेका छन्। 

राजेन्द्र र बैजनाथ नेपालकै स्वर्णपदक विजेता हुन् भने बाबा केशवदास अन्तर्राष्ट्रिय स्तरमा हुने कुस्ती प्रतियोगिताका लागि नेपालबाट प्रतिनिधित्व गर्छन्। पहलवान राजेन्द्र यादवका अनुसार कुस्ती मधेसको मन मुटुमा बसेको खेल हो। यस खेललाई राज्यले प्राथमिकता दिए नेपाली पहलवानहरुले अन्तर्राष्ट्रिय मञ्चमा पनि सफलता हासिल उनी बताउँछन्।

सरकारले कुस्ती खेलको विकासका लागि काम गर्न सके यस खेलले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग गर्ने खेलाडीहरूको भनाइ छ। पहलवानहरूलाई सरकारले नियमित आयको व्यवस्था गर्नुपर्ने खेलाडीको माग छ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताका बेला मात्र सरकारले केही महिनाका लागि भत्ता दिने गरेको खेलाडीहरू बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो: राष्ट्रपति पौडेल विश्व म्याराथनको साझा संस्था एशोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उनले... आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही रु ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे... आइतबार, जेठ २५, २०८२
कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु सदरमुकाममा आयोजित प्रतियोगिताको इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गरे। सङ्घका जिल्ला अध्यक्ष तारानिधि घिमिरेले प्रतियोगित... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
विपक्षी दलहरूको बैठक नसकिएकाले डेढ घण्टा बित्दासम्म सुरू भएन सदन आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ आइतबार, जेठ २५, २०८२
कोशीमा बेपत्ता गोताखोरको शव भेटियो आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्