• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय सत्ताका लागि ‘सबथोक’ नगर
64x64
नेपाल लाइभ सोमबार, मंसिर २६, २०७९  १६:४०
1140x725

निर्वाचनमा जानुअघि आफूहरुकै बलियो बहुमत आउने र सत्ताको हालिमुहाली आफैंसँग राख्ने सोच सत्ता गठबन्धन आबद्ध दलका नेताहरुको थियो। तर, मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजा उनीहरुले सोचेअनुरुप भएन। बहुमतनजिक पुगे पनि सरकार गठनको लागि पर्याप्त जनमत पाएनन्। योसँगै उनीहरुलाई थप केही साना दल गठबन्धनमा भित्र्याउनुपर्ने बाध्यता आइलागेको छ। त्यसका लागि सत्ता गठबन्धनका नेताहरु तीव्र भेटघाटमा छन्। सरकार गठनको लागि अहिलेका सत्ताधारी दलहरुलाई साना दल फकाउनुपर्ने बाध्यता जति छ, साना दलहरुलाई बार्गेनिङ गर्ने र आफ्ना माग-मुद्दा सम्बोधन गराउने अवसर पनि उत्तिकै प्राप्त भएको छ।

गठबन्धनले आँखा लगाएको दलमध्ये एक हो, नागरिक उन्मुक्ति पार्टी। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीको अग्रसरतामा खुलेको र उनकै श्रीमती रञ्जिता श्रेष्ठले औपचारिक नेतृत्व गरिरहेको दल नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने प्रयत्न चलिरहेको छ। चौधरीलाई गठबन्धनका नेताहरुले जेलमै पनि भेटिसकेका छन्। तर, उनी लगायतको रिहाइलाई मुख्य माग बनाइएका कारण सत्ता गठबन्धन अप्ठ्यारोमा परिरहेको छ।

प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीकै नाममा विजयी भएका ३ जना र स्वतन्त्र उम्मेदवारका रुपमा रेशमका पिता लालवीर चौधरी (बर्दिया- २ बाट) विजयी भएका छन्। चौधरी सोही पार्टी प्रवेश गर्ने निश्चित प्रायः भएकाले सो पार्टीसँग ४ सांसद हुनेछन्। प्रतिनिधि सभामा मात्रै होइन, मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व छ। यो पार्टीलाई साथमा लिनसक्दा संघीय सरकारदेखि प्रदेश सरकारसम्मै सत्ता गठबन्धनलाई सरकार बनाउन सहयोग पुग्नसक्छ।

यही पृष्ठभूमिमा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌मा सहभागी एक मन्त्रीका अनुसार, अध्यादेशको मुख्य अभिप्राय कतिपय राजनीतिक दलमा संलग्न रहेर गरिएका आपराधिक गतिविधिका कारण जेल सजाय भोगिरहेका कैदीबन्दीलाई रिहाइ गर्ने हो। यद्यपि, अध्यादेशको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। मन्त्रिपरिषद्को निर्णय राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुनै बाँकी छ। त्यसपछि मात्रै अध्यादेशका विस्तृत लक्ष्यहरु थप प्रष्ट हुनेछन्।

रेशम चौधरीको कसुर कति राजनीतिक विद्रोहको स्वाभाविक घटना हो, कति आपराधिक कसुर हो भन्ने विषयमा मत विभाजित छ। त्यसमा बेलाबखत बहस पनि हुने गरेका छन्। चौधरी स्वयम्, नागरिक उन्मुक्ति पार्टी र कतिपय अन्य सरोकारवालाहरुले सो घटनालाई राजनीतिक भन्ने गरेका छन्। तर अहिलेसम्मको विवरण अनुसार, सात वर्ष पुरानो टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक सहित नेपाल प्रहरीका ५, सशस्त्रका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो। त्यसविरुद्ध सरकारले खोजेको कानुनी उपचारका क्रममा रेशम चौधरी लगायतले कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलबाट दोषी ठहर भइ जेल सजाय भोगिरहेका छन्। यसमध्ये रेशमले पुनरावेदन गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

Ncell 2
Ncell 2

निश्चित प्रकृतिका अपराधमा दोषी ठहर भएकाहरुलाई कुनै पनि कानुनद्वारा माफी दिन सकिँदैन। सोही कारण विगतका सरकारले गरेका कतिपय सहमति पनि कार्यान्वयन गर्न सकेको थिएन। जसकारण रेशम चौधरी लगायतका नेताहरु रिहाइ हुन सकेका थिएनन्। यही पृष्ठभूमिमा सरकारले अध्यादेशको जुक्ति लगाएको देखिन्छ। अब रेशम चौधरी लगायतका टीकापुर घटनामा संलग्न भनिएकाहरु मात्रै होइनन्,  सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता पनि रिहाइ हुन सक्छन्। अध्यादेशको संशोधनले थप व्यक्तिलाई पनि लाभ पुग्न सक्ला, जसबारे पछि पनि बहस हुने नै छ। नागरिक उन्मुक्ति पार्टी जस्तै जनमत पार्टीलाई पनि सत्ता गठबन्धनको अंग बनाउने प्रयत्न गठबन्धन आबद्ध दलहरुको छ।

सरकारले ल्याएको यो अध्यादेश प्रक्रियाको हिसाबले पनि गलत छ। नियतको हिसाबले पनि गलत छ। निर्वाचन सम्पन्न भइसकेको परिप्रेक्ष्यमा सिद्धान्ततः अर्को सरकारलाई सत्ता हस्तान्तरण गर्ने दिन कुरिरहेको सरकार हो, यो। त्यसैले यो सरकारको गतिविधि र निर्णय एकदमै सीमित हुन जरुरी हुन्छ। कानुनका जानकारहरुले पनि यस्तो सरकारले दूरगामी असर पार्ने गरी अध्यादेश ल्याएर मौजुदा कानुन संशोधन गर्न नसक्ने टिप्पणी गरेका छन्। त्यसमाथि कानुन बनाउनकै लागि नयाँ संसद् आउँदै गरेको अवस्थामा सरकारले नै कानुन ल्याउने कुरा बलमिच्याइँ हो। आपत्कालीन स्थितिमा अध्यादेश ल्याउन पाउने अधिकारको दुरुपयोगको आलोचना हुनु स्वाभाविक हुनजान्छ। निश्चित स्वार्थ केन्द्रित र निश्चित व्यक्तिलाई लाभ पुर्‍याउने सोच केन्द्रित अध्यादेश आउनु त संवैधानिक परिकल्पनाकै विरुद्धमा छ।

बृहत् बहस र आम स्वीकारोक्तिका कारण सरकारले राजनीतिक पार्टी आबद्ध कैदीबन्दी रिहाइ हुने गरी अध्यादेश ल्याउने निर्णय गरेको भए विवाद कम हुन्थ्यो होला। जेल सजाय भोगिरहेकाहरुमाथि अन्याय नै भइरहेको र उनीहरु संलग्न घटना राजनीतिक नै हो भन्ने पत्यारपूर्ण परिस्थिति निर्माण भएको भए पनि परिस्थिति भिन्न हुनसक्थ्यो। त्यति हुँदाहुँदै पनि कानुनी व्यवस्था गर्ने जिम्मेवारी संसद्‌को हो। नयाँ संसद्‌मा त्यस किसिमको विधेयक लैजाने र नवनिर्वाचित संसद्/सांसदले त्यसको अपनत्व लिने परिस्थिति बनेको भए यो प्रक्रिया सुल्टो बाटोमा हिँडेको ठहर हुन जान्थ्यो। तर त्यस्तो भएको छैन। बरु सरकारको हतारमा गरेको यो निर्णय अल्पकालीन स्वार्थकेन्द्रित छ। गलत नियतले अभिप्रेरित छ। यसको एउटै स्वार्थ छ, आगामी सरकार पनि सत्ता गठबन्धनकै बनोस्, देउवाकै नेतृत्वमा बनोस् र बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहयोगी बनून्। अध्यादेशको केन्द्रीय उद्देश्य यति मात्रै देखिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा जान र टिकिरहन अपनाएका कैयौँ शैलीले २०५२ सालदेखि नै विवाद निम्त्याएका छन्। यसबीचमा उनी पाँचपटक प्रधानमन्त्री भइसके र छैटौँ पटकका लागि प्रयत्न गरिरहेका छन्। तर, आफ्नो शैलीमा थोरै पनि सुधार गर्न चाहेको जस्तो देखिँदैन। विवाद भैरहोस्, तर प्रधानमन्त्रीको कुर्सीमा आफैं पुग्नुपर्छ, टिक्नुपर्छ भन्ने सिद्धान्त छाडेका छैनन्। यो अध्यादेश प्रकरण थप एउटा सन्दर्भ मात्रै हो। कानुन बनाउने संसद् र न्याय निरुपण गर्ने अदालतको कार्यभार कामचलाउ सरकारले मिच्न खोज्नु विधिको शासनका निम्ति दुर्भाग्यपूर्ण परिस्थिति हो।

देउवाले जवाफदेही हुनुपर्ने थप विषय पनि छन्। विगत केही दशकदेखि राजनीति र अपराधको मिसमास हुँदा राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले प्रोत्साहन पाइरहेको थियो। उसै पनि जति अपराध गरे पनि कुनै पार्टीको छहारी पाएपछि सजाय हुँदैन भन्ने मान्यता स्थापित छ। त्यो देखिएकै पनि छ। सत्ता-यात्रालाई सुगम बनाउने कुत्सित उद्देश्य पूर्तिका लागि अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेकाहरुलाई रिहाइ गर्ने अध्यादेश ल्याउने निर्णयले सोही प्रवृत्तिलाई मद्दत त पुर्‍याउँदैन? कानुनी शासनको जग त भत्काउँदैन?

मानौँ, अध्यादेशबाट लाभ पाएर रेशम चौधरी लगायतका नेताहरु छुट्लान्। अनि देउवाकै नेतृत्वमा सरकार पनि बन्ला। तर गठन हुने बेलामै बाटो बिराएको सरकारबाट भविष्यमा कसरी सुशासनको अपेक्षा गर्ने? सुशासनमै ढुक्क हुन नसकिने सरकारबाट बाँकी सुधार र प्रतिफलको अपेक्षा कसरी गर्ने? त्यसैले फेरि पनि प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री देउवाले गरिरहेको मनोमानी खारेजयोग्य छ। अध्यादेश फिर्ता गरेर मात्रै यो मनोमानी सच्याउन सकिन्छ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १६:४०
  • #अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
अवुधावीमा मनाइयो गणतन्त्र दिवस समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचार... शुक्रबार, जेठ १६, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्