• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सरकार गठनमा दलहरूको आ-आफ्नै दाउ
64x64
नवीन झा बिहीबार, मंसिर २२, २०७९  २१:०९
1140x725

काठमाडौं– मंसिर  ४ मा सम्पन्न प्रतिनिधि सभाको मतगणना सकिएको छ। प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको छ भने समानुपातिकतर्फको सिट संख्या पनि टुंगो लागेको छ। निर्वाचन आयोगले समानुपातिक तर्फको सिट संख्याको जानकारी दलहरुलाई पठाइसकेको छ।

पार्टीहरुको सिट संख्या टुंगो लागेसँगै नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन्। सत्ता गठबन्धनको सोमबार बसेको बैठकले त निर्वाचन परिणामले गठबन्धनको औचित्य पुष्टि गरेको भन्दै भविष्यमा थप समीक्षा गर्दै एकताबद्ध भएर अघि बढ्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धन निरन्तर रहने निर्णय पनि गरिएको छ।

अर्कोतिर, दोस्रो ठूलो दल बनेको एमालेले पनि घोषित रुपमा सरकार गठनको पहल लिएको देखिँदैन। तर दोस्रो तहका नेताहरुले भेटघाट जारी राखेका छन्।

तेस्रो ठूलो दल, माओवादी केन्द्रले केही दिनअघि अन्य दलसँग पनि गठबन्धन गर्न सक्ने सम्भावनालाई खुला राख्ने संकेत गरेको थियो। शनिबार उपाध्यक्ष कृष्णबहादुर महराले सो विषय सार्वजनिक गरेको भए पनि प्रक्रिया अघि बढेको देखिँदैन।

नयाँ सरकार गठन र शक्ति बाडफाँटमा कुन दलको चासो कस्तो छ?

नेपाली कांग्रेस
सत्ता गठबन्धनको नेतृत्वकर्ता र निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको सार्वजनिक दाबी गरिसकेको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले त झन् आफ्ना पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्ने गरेका छन्।

औपचारिक रुपमा नयाँ सरकारका सन्दर्भमा कुनै ठोस निर्णय नगरेको भए पनि वर्तमान सरकारकै निरन्तरता झल्किने गरी प्रधानमन्त्री बन्ने चाहना देउवामा देखिन्छ। तर सत्ता गठबन्धनको प्रष्ट बहुमत नआएकाले उनलाई केही दललाई सत्ता गठबन्धनमा समेट्नुपर्ने छ। देउवाको गठबन्धनमा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा समेट्न चाहेका छ छन्।

तर नेपाली कांग्रेसभित्र नै संसदीय दलको नेतामा देउवालाई पार्टीका महामन्त्री गगन थापाले चुनौती दिने घोषणा गरेका छन्। थापाले संसदीय दलको नेताको रुपमा आफूलाई अघि सार्दै अबको प्रधानमन्त्री बनाउनका लागि मत पनि मागेका थिए। उनको निर्वाचन क्षेत्रले उनको घोषणालाई अनुमोदन पनि गरिसकेको छ।

Ncell 2
Ncell 2

कांग्रेसभित्रैबाट नयाँ प्रधानमन्त्रीको दाबी गर्नेहरुमा थप नेताहरु पनि छन्। रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइरालाले समेत दाबी गरेका छन्। कांग्रेस संसदीय दलको निर्वाचन रोचक हुने अपेक्षा गरिएको भए पनि अन्तिम प्रतिस्पर्धा भने देउवा र थापाबीच नै हुने देखिन्छ।

पार्टी र संसदीय फाँटमा सभापति देउवाको स्पष्ट बहुमत रहेकाले धेरैले सभापति देउवा नै संसदीय दलको नेता बन्ने सम्भावना औंल्याउँछन्। तर परिवर्तनको चाहनाले थापाले बाजी मार्न सक्ने सम्भावनालाई पनि नकार्न सक्दैनन्।

देउवानिकट स्रोतका अनुसार, उनले आफ्नो नेतृत्वमा गठन हुने सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुलाई ल्याउन चाहेका छन्। अर्कोतिर, ती दलहरुले प्याकेजमा सहमति गर्न चाहेका छन्। कांग्रेसले सात प्रदेशमध्ये ४ प्रदेशको मुख्यमन्त्री आफूले लिने र दुई वटा माओवादी केन्द्र र एउटा एकीकृत समाजवादीलाई दिने चाहना राखेको छ। साथै, जनमत पार्टी र लोसपासँग पनि मधेस प्रदेशको मन्त्रिपरिषद्‌मा सम्मानजनक बाँडफाँट चाहेका छन्।

देउवाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, संसदीय समितिको सभापति लगायतका पनि बाँडफाँटको गृहकार्य गरिरहेको उनी निकटका नेताहरु बताउँछन्। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री भने आफैंले लिन चाहेको छ।

shivam cement

shivam cement

माओवादी केन्द्र
सत्ता गठबन्धनको दोस्रो ठूलो दल र संसदीय गणितमा सत्ताको साँचो बोकेको भनिने माओवादी केन्द्रको सक्रियता पनि बढेको छ। शक्ति बाँडफाँटमा प्राप्त हुने पदहरुमा उसको पनि रुची छ।

माओवादी केन्द्रको गत शनिबार र आइताबार बसेको पदाधिकारी बैठकले अनौपचारिक रुपमा अबको गठबन्धन सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने निष्कर्ष निकालेको छ। यद्यपि, उसले सोमबारको गठबन्धन बैठकमा भने सरकारकै नेतृत्वको दाबी नगरे पनि सम्मानजनक शक्ति बाँडफाँट हुनुपर्ने सन्देश दिएको छ। यसघि उपराष्ट्रपति, सभामुख र विभिन्न प्रदेशका मुख्यमन्त्री पाइसकेको उसले थप दाबी गर्ने सम्भावना छ।

माओवादी स्रोतका अनुसार, प्रधानमन्त्री वा राष्ट्रपतिमध्ये एक पद नछाड्ने मनस्थितिमा सो दल छ। कांग्रेसले प्रधामन्त्री आफूले लिए राष्ट्रपति माओवादीलाई दिनुपर्ने र त्यो दाबी स्वभाविक हुने उसको भनाइ छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो अडानलाई रणनीतिक रुपमा अघि बढाउँदै गठबन्धनभित्र दबाब बढाइरहेका छन्।

एकीकृत समाजवादी
निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न नसके पनि एकीकृत समाजवादी सत्ता गठबन्धनको मुख्य हिस्सा हो।  दलीय रुपमा आफ्नो औचित्य साबित गर्न पनि ऊ सत्ता गठबन्धनकै निरन्तरता चाहन्छ।

सत्ता गठबन्धनभित्र माओवादी केन्द्र बलियो रहेमा आफू पनि सुरक्षित हुने एकीकृत समाजवादीको बुझाइ छ। निर्वाचनअगाडि यी दुवै दलले एकीकरणका लागि पहल अघि बढाएका थिए। तर त्यो अघि बढ्न सकेको छैन। शक्ति बाँडफाँटको बेलामा एकताबारे मौन रहने र बढीभन्दा बढी पद आफूहरुको पक्षमा पार्ने उनीहरुको दाउ छ। त्यसरी बढी पद पाउन सकिने र एकता भयो भने बढी उपलब्धि देखिने उनीहरुको बुझाइ छ।

एकीकृत समाजवादीले गठबन्धनमा कांग्रेस, माओवादी केन्द्रपछि आफू तेस्रो शक्ति भएकाले पदहरु बाँडफाँटमा पनि त्यही अनुसार हिस्सेदारी पाउनुपर्ने सन्देश दिइसकेको छ।

जनमत र लोसपा 
लोसपा निर्वाचनअघि सत्ता गठबन्धनमा जोडिएको थियो र गठबन्धनकै साथमा निर्वाचनमा होमिएको थियो। जनमत भने नवप्रवेशी हुनेछ। तर सरकार निर्माणमा जोडिएमा उनीहरुले केही थान मन्त्रीबाहेक अन्य पद पाउने सम्भावना न्युन छ। त्यसैले मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिएमा त्यहाँको सभामुखसहित अन्य प्रमुख पदहरु यी दलले पाउन सक्नेछन्।

यी दुवै दलले संघीय सरकारदेखि प्रदेश सरकारसम्म जसपालाई प्रतिपक्षमा राख्ने रणनीति राखेको देखिन्छ।

एमाले 
एमालेका नेताहरुले औपचारिक रुपमा आफूहरुलाई प्रतिपक्षमा बस्ने जनमत आएको भन्दै नयाँ संसद्‌मा सोही अनुसार भूमिका निभाउने बताउन थालेका छन्। तर उसको मुख्य रणनीति सत्ता गठबन्धन भत्काउने देखिन्छ। त्यसो भएमा सत्ताको नेतृत्व आफ्नो हातमा आउने सम्भावना उसले देखेको छ।

निर्वाचनको परिणाम आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर कुराकानी गरेका थिए। त्यतिबेला आगामी गठबन्धनको सम्भावनाको विषयमा पनि छलफल भएको सार्वजनिक भएको थियो। सोमबार मात्रै एमाले सचिव रघुवीर महासेठले प्रचण्डसँग भेटेका थिए। त्यसलाई पनि अर्थपूर्ण हेरिएको छ।

जसपा 
प्रतिनिधि सभा र मधेस प्रदेशमा जसपाको उपस्थिति महत्त्वपूर्ण देखिन्छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सात सिट जितेको जसपाले समानुपातिकतर्फ ५ सिट पाएको छ। कुनै पनि दलको बहुमत नभएको र सत्ता गठबन्धनले पनि बहुमत पुर्‍याउन संघर्ष गरिरहेकाले जुनसुकै समयमा जसपाको सत्ता प्रवेश हुनसक्छ। 

यद्यपि जसपाले सत्ता गठबन्धनसँगै केन्द्रीय सरकार र मधेस प्रदेश सरकारमा उपस्थिति खोजेको छ। तर निर्वाचनको पूर्वसन्ध्यामा गठबन्धन छाडेर एमालेतिर गएकाले जसपाप्रति कांग्रेस खासै सकारात्मक छैन। आइतबार मात्रै जसपा अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा एमाललेसँग रहेको तालमेल अब सकिएको अर्थपूर्ण उद्घोष गरेका छन्। धेरैले त्यसलाई सत्ता गठबन्धनमा प्रवेशको पूर्वसंकेतको रुपमा लिएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्