• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएपछि सत्ता गठबन्धनलाई धक्का!
64x64
नवीन झा बुधबार, मंसिर २१, २०७९  १८:४२
1140x725

काठमाडौं– वर्तमान सत्ता गठबन्धनले २०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाए। तर त्यसको प्रकिया लामो समयसम्म सुरु नै भएन। सता गठबन्धनमाथि प्रश्नहरू तेर्सिएपछि संसद्ले छानबिन समिति बनायो। तर उक्त समितिले पनि त्योे प्रक्रिया टुंग्याउनुभन्दा लम्ब्याउने नीति अख्तियार गरेपछि निलम्बनमा परेका राणासँग संसदीय छानबिन समितिले लामो बयानको प्रक्रिया सुरु गर्यो। र, त्यसपछि संसद् अधिवेशन नै सकिन लाग्यो। मुलुक नयाँ निर्वाचनमा जान लाग्दा सभामुख अग्निप्रसाद सापकोटाले छानबिन समितिको प्रतिवेदनमा तोक लगाउँदै नयाँ निर्वाचित संसद्ले यो महाभियोग टुग्याउने भन्दै संसद् सचिवालयमा त्यसलाई तामेलीमा राखी दिए।

सता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल, माओवादी केन्द्रका देव गुरुङ र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले  संयुक्त रुपमा राणामाथि महाअभियोग लगाएका थिए। जसमा गठबन्धनका ९८ जना सांसदको हस्ताक्षर थियो। सत्ता गठबन्धनले राणामाथि २१ वटा आरोप लगाउँदै महाभियोग लगाए पनि गणितीय हिसाबले संसद्मा दुई–तिहाई नपुग्ने देखेपछि त्यसलाई अल्मल्याउन खोजेको देखिन्थ्यो। र अन्ततः गठबन्धनले अघि सारेको महाभियोगको छिनोफानो नहुँदै तत्कालीन संसद्ले आफनो कार्यकाल पूरा गर्यो र मुलुक निर्वाचनमा गयो। प्रतिपक्षी एमालेले उक्त महाअभियोग संसद्बाट पारित गरेर देखाउन सत्ता गठबन्धनलाई पटक–पटक चुनौती दिइरहे। तत्कालीन संसद्मा एमालेबिना दुई–तिहाई पुर्याउन मुस्किल थियो। त्यही भएर सरकार र सत्ता गठबन्धन महाअभियोगलाई सक्दो लम्बाउने नीतिमा थिए। 

तर, बुधवार अचानक महाभियोगका कारण निलम्बनमा परेका राणालाई संसद् सचिवालयले महाभियोग निस्क्रिय भएको पत्र दिए। संसद् सचिवालयको पत्र पाएपछि बुधबार नै राणाले सर्वोच्च फर्कने उद्घोष गरेपछि दिनभर उनी चर्चाको केन्द्रमा रहे। नेपाल बारसहित सर्वोच्चकै फुल कोर्ट उनको विरुद्धमा उत्रिएपछि उनी बुधबार सर्वोच्च त जान सकेनन् तर उनलाई महाभियोग लगाउने सत्ता गठबन्धनलाई ‘ब्याकफायर’ भएको देखिन्छ। आगामी मंसिर २७ मा राणा स्वेच्छिक अवकाशमा गएपछि सत्ता गठबन्धन र सरकार यो मुद्दालाई थामथुम पार्न सजिलो हुने आकलनसहित मौन थिए। तर संसद् सचिवालयले महाभियोग निष्क्रिय भएको पत्र दिएपछि गठबन्धन र सरकारले अब के गर्छन् भन्नेबारे चासो देखिएको छ। 

सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सचिवालयको निष्क्रिय पत्रप्रति आपत्ति जनाएका छन्। उनले राणामाथिको महाभियोग नयाँ संसद्ले छलफल गरेर टुंग्याउने दाबी गरे। सिंहदरबारमा बुधवार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले  राणामाथि महाभियोग जीवितै रहेको र अबको नयाँ संसद्ले त्यसबारेमा छलफल गरेर टुंग्याउने दाबी गरे। कार्कीले यसवारेमा धेरै बोल्न चाहेनन्। 

सत्ता गठबन्धनको अर्का घटक माओवादी केन्द्रका महासचिव देव गुरुङले संसद् सचिवालयले दिएको निष्क्रियसम्बन्धी पत्र गलत भएको दाबी गरेका छन्। राणामाथि महाभियोगको प्रस्तावकसमेत रहेका गुरुङले संसद् सचिवालयका कर्मचारीहरूले गलत काम गरेको पनि आरोप लगाएका छन्। नेपाल लाइभसँग कुरा गर्दै उनले कर्मचारीले संविधानमाथि ‘कू’ नै गरेको आरोप  लगाए। ‘यसबारेमा हामी बुझ्दैछौं’, गुरुङले भने, ‘गठबन्धनमा सर–सल्लाह र छलफल गरेर अघि बढछौं।’ 

Ncell 2
Ncell 2

कांग्रेस नेता तथा सञ्चारमन्त्री कार्की र माओवादी महासचिव गुरुङको भनाइले प्रष्ट हुन्छ कि बुधबार संसद् सचिवालयले दिएको पत्रले उनीहरूलाई अप्ठयारो महसुस भइरहेको छ। हुन त सर्वोच्च अदालत आफैँले संसद् सचिवालयले निष्क्रियसम्बन्धी पत्रका बारेमा जवाफ माग गरेको छ। साथै, उक्त पत्र खारेजीको माग दाबीसहित सर्वोच्चमा मुद्दा पनि दायर भएको छ। 

अबको प्रक्रिया जे–जसरी अघि बढे पनि बुधबार दिनभरको घटनाले सत्ता गठबन्धनलाई राजनीतिक रूपमा धक्का लागेको देखिन्छ। संयोग कस्तो भने कांग्रेस–माओवादी गठबन्धनले नै ०७४ बैशाखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउँदा यी पार्टीहरूलाई ‘ब्याक फायर’ भएको थियो। हाल महाभियोग खेपिरहेका प्रधानन्यायाधीश राणाले नै  कार्कीमाथिकाे महाभियोग बदर गरिदिएका थिए। अहिले फेरि आएर कांग्रेस– माओवादीकै गठबन्धन पुनः प्रधानन्यायाधीशमाथिको महाभियोगको चक्करमा फसेको देखिन्छ। 

०७४ को निर्वाचनमा कांग्रेसले सोचेजस्तो नतिजा नल्याएपछि उक्त पार्टीभित्र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने कदम ठीक नभएको भन्दै ‘रडाको’ नै मच्चिएको थियो र अन्ततः काग्रेस केन्द्रिय  समितिले उक्त कदम गलत भएको स्वीकार गरेको थियो।

shivam cement
shivam cement

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम बुधबारको घटनाले कांग्रेस र माओवादीलाई तत्कालै केही असर नपरे पनि दीर्घकालीन रूपमा क्षति हुने निश्चित रहेको बताउँछन् । ‘निर्वाचनअघि यो घटना भएको भए तत्काल त्यसको असर पर्थ्यो,' उनले नेपाल लाइभसँग भने, ‘तर निर्वाचन भइसकेकाले र हाम्रा नेताहरूको नैतिक धरातल एकदमै कमजोर भएकाले यसले उनीहरूले केही फरक महसुस गर्लान् जस्तो लाग्दैन।’ तर यस्ता घटनाहरूले नै आम नागरिकले प्रमुख दलहरूको सट्टा वैकल्पिक नयाँ शक्तिहरूको खोजी गर्न थालेको गौतमको भनाइ छ। तत्कालीन प्रधानन्यायाधीश कार्कीको महाभियोगलगत्तै ०७४ को निर्वाचन पनि भएकाले ठूला दलहरूलाई त्यसको असर परेको गौतमको भनाइ छ।  

‘दलहरूको नैतिक धरातल कमजोर भइरहेको उदाहरणको रूपमा बुधबार दिनभर जे भयो त्यो पर्याप्त उदाहरण छ’, उनी भन्छन्, ‘तर दलहरूले जसरी बेवास्ता गर्दै अघि बढिरहेका छन्, त्यो ठीक छैन।’ गौतमले प्रमुख दलहरूभित्र यो विषय जसरी उठनु पर्थ्यो, त्यसरी नउठेको भन्दै गुनासोसमेत गरे। 


 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १८:४२
  • #चोलेन्द्रशमशेर राणा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्