काठमाडौं- अपहरणपछि हत्या गरिएका ११ वर्षिय बालक निशान खड्काको मंगलबार पोष्टमार्टम भएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भएको हो। रिपोर्ट आउन भने केही दिन लाग्ने प्रहरीले जनाएको छ। उनको बिहीबार दाहसंस्कार गर्न लागिएको परिवारले जनाएको छ।
अपहरण गरेको केही घन्टापछि नै बालकको हत्या भएको थियो। मुखमा कपडा कोचिएको र हातखुट्टा बाधिएको अवस्थामा उनको शव ठिमीस्थित निर्माणाधिन घरको पछाडी गाडिएको अवस्थामा सोमबार भेटिएको थियो।
उता खडकालाई अपहरण गरी हत्या गर्ने अजय तामाङ र गोपाल तामाङको शव भने आफन्तले बुझ्न मानेका छैनन्। सूर्यविनायकको जंगलमा उनीहरु प्रहरीको गोलीबाट मारिएका थिए। प्रहरीले मुठभेडमा उनीहरु मारिएको बताएको छ। कतिपयले पक्राउ गरेर गोली हानेको आशंका गरेका छन्।
दुवै जनाको शव शिक्षण अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।