• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद्का खेलाडी, जसले यसपल्ट छुट्टी पाए!
64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, मंसिर २०, २०७९  ०६:२०
1140x725

काठमाडौं– संसदीय राजनीतिमा शक्तिको परख गर्न सक्ने नेतामध्ये पर्छन् हृदेयश त्रिपाठी। पाँचपटक सांसद जितेर पटक-पटक मन्त्री भइसकेका उनले यसपल्ट भने छुट्टी पाएका छन्। माहोल हेरर आफूलाई प्रस्तुत गर्न जान्ने उनले ‘चुनाव जित्नका लागि’ चिह्न र पार्टी पनि निरन्तर फेरिरहे।

अघिल्लोपटक एमालेको सूर्य चिह्नबाट आफूसहित केही नेता जिताएका उनी यसपल्ट जनता प्रगतिशील पार्टी, नेपाल नामक पार्टी गठन गरेर चुनाव लडे। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस उम्मेदवार विनोद चौधरीको ‘साम-दाम.का अघि उनको चतुर्‍याइँको दम चलेन। 

२०४८ पछि २०७० बाहेक सबै चुनाव जितेका उनी यसपल्ट संसद्‌मा देखिने छैनन्। उनी सुरुका ३ वटा चुनाव नेपाल सद्भावना पार्टीबाट विजयी भएका थिए। २०६४ मा तमलोपाबाट सांसद बनेका थिए। २०७० मा सोही पार्टीबाट उम्मेदवार बने पनि जित्न नसकेपछि २०७४ एमालेको सूर्य चिह्नबाट चुनाव लडे।

1611726846_hridesh-tripathi11609073998.jpg
हृदेयश त्रिपाठी

एमालेकै सहयोगमा उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत बन्न सफल भए। त्यसअघि पनि उनी पटक-पटक मन्त्री भइसकेका छन्। संसदीय समितिहरुको नेतृत्व समेत उनले नेतृत्व गरिसकेका छन्। 

झलनाथ खनाल- चुनाव हार्ने एक्ला पूर्व प्रधानमन्त्री  
नेकपा एकीकृत समाजवादी पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनाल यसपल्ट चुनाव हार्ने एक्ला पूर्वप्रधानमन्त्री बनेका छन्। संसद्‌मा यसपल्ट नदेखिने दुई पूर्वप्रधानमन्त्रीमध्ये एक बनेका छन् खनाल। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई उम्मेदवार नै बनेनन्। 

1645955647_Jhalanath_Khanal_Parliament.png
झलनाथ खनाल

खनालले इलाम १ बाट आफ्नै पूर्व कार्यकर्ता नेकपा एमालेका महेश बस्नेतसँग पराजित हुनुपरेको हो। २०४८ सालदेखि निरन्तर उम्मेदवार रहेका उनी दोस्रोपल्ट पराजित भएका हुन्। यसअघि २०५६ सालमा उनले पराजय बेहोर्नुपरेको थियो।

२०६६ सालमा बुटवलमा सम्पन्न ८औं महाधिवेशनबाट उनी नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका थिए। २०६७ सालमा ६ महिनाका लागि उनी प्रधानमन्त्री समेत बनेका थिए। खनाल त्यसअघि कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरणमन्त्री, २०५३ सालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। 

गच्छदारको अपराजित यात्रामा ब्रेक
विजय कुमार गच्छ्दारले पार्टी फेरिरहे, तर २०४८ सालदेखि सुनसरी- ३ का जनताले नेता फेरेनन्। २०४८ देखि २०७४ सम्म निरन्तर निर्वाचन जितेर रेकर्ड बनाउने मध्येका एक गच्छदार हुन्। यसपल्ट रेकर्ड तोडिएको छ।  

Ncell 2
Ncell 2
1615346807_Bijaya-Kumar-Gachhadar.jpg
विजय कुमार गच्छ्दार

यसअघि दुईपल्ट उनीसँगै पराजित पराजित नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले तेस्रो प्रयासमा गच्छदारको संसदीय यात्रामा ब्रेक लगाइ दिएकी हुन्। गच्छदार ६ पटक सांसद बनेका छन् भने १३ पटक मन्त्री बनेका छन्।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएपछि उनको राजनीतिक रापतापमा ग्रहण लाग्न सुरु भएको थियो। नेपाली कांग्रेसको उपसभापतिमा पराजित उनी सांसद पनि बन्न पाएनन्। 

चुनाव हार्ने दुई अध्यक्षहरु  
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राजनीतिका ‘चतुर खेलाडी’मध्ये एक हुन्। राजाको पालामा गृहमन्त्री भएर जनआन्दोलन दबाउन भूमिका खेलेका उनी जनआन्दोलनकै बलमा आएको गणतन्त्रमा उपप्रधानमन्त्री समेत बने।

सत्ता र शक्तिका खेलाडी उनलाई राप्रपा र राप्रपा नेपाल एकीकृत भइ बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्न राजेन्द्र लिङ्देनले रोकिदिए। अध्यक्षमा हार व्यहोर्ने बित्तिकै राप्रपा नेपाल नामको पार्टीलाई ब्युँताएका उनलाई संसदीय यात्रामा समेत त्यही पार्टीका नेता दीपक सिंहले रोके। 

1638445098_Kamal-Thapa.jpg
कमल थापा

एमालेको सूर्य चिह्न लिएर मकवानपुर १ बाट चुनावी प्रतिस्पर्धामा रहेका थापा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना भन्दा पनि पछि परे।

थापा शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०५२ देखि ०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री, लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा ०५३ देखि ०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री बनेका छन्।

सूर्यबहादुर थापा नेतृत्वको सरकारमा ०५४ देखि परराष्ट्र र कृषिमन्त्री, सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा ०५४ देखि०५५ सम्म परराष्ट्रमन्त्री, सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा ०६० देखि०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री समेत भएका थिए।

उनी राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा ०६२ देखि १९ माघ ०६३ सम्म गृहमन्त्री, केपी ओली नेतृत्वको सरकारमा ०७२ देखि ०७३ उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ०७३ देखि उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री र शेरबहादुर देउवा नेतृत्वको सरकारमा ०७४ मा उपप्रधानमन्त्री भएका थिए। 

पार्टीको सर्वोच्च पदमा रहेर चुनाव हार्ने अर्का नेता हुन् उपेन्द्र यादव। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव २०४८ सालदेखि राजनीतिमा सक्रिय छन्। सुरुमा उनी नेककपा एमालेबाट चुनाव लडेका थिए। २०५६ सालमा एमाले सुनसरी र मोरङ जिल्ला कमिटीको नेतृत्वमा रहे। २०५६ सालमा एमाले परित्याग गर्दै २०६३ सालमा मधेस जनअधिकार फोरम नेपाल नामक पार्टी गठन गरे। त्यपछि एमालेबाट बाहिरिएका अशोक राई समूहलाई समेटेर संघीय समाजवादी फोरम गठन गरे। 

Upendra_Yadav1669435745.jpg
उपेन्द्र यादव

संसदीय यात्रा भने संविधान सभा निर्वाचन २०६४ सालमा सुनसरी ५ बाट निर्वाचित भएसँगै सुरु भयो। संविधान सभा निर्वाचन २०७० मा सुनसरी ५ बाट निर्वाचित हुँदै प्रतिनिधि सभा निर्वाचन २०७४ मा सप्तरी २ बाट निर्वाचित भएका थिए। यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री, कानुन तथा संसदीय मामिला मन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री र परराष्ट्रमन्त्री समेत भइसकेका छन्। 

उनी यसपटक जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भए। 

पार्टीमा प्रभावशाली, संसद्‌मा रोकिए
ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेल उपप्रधानमन्त्री समेत भइसकेका छन्। पोखरेल २०६१ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, २०६९ मा १३ दिनका लागि उपप्रधानमन्त्री, २०७४ मा उपप्रधानमन्त्रीसहित रक्षामन्त्री (पछि जिम्मेवारी परिवर्तन भएर प्रधानमन्त्री कार्यालय) बनेका थिए।

1656321419_ishor pokhrel.jpg
ईश्वर पोखरेल

२०५४ मा राष्ट्रिय सभा सदस्य बनेका उनी २०५६ मा काठमाडौं- ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। २०६४ र २०७० को निर्वाचनमा उनी काठमाडौं- ५ बाट पराजित भएका थिए।

पोखरेल एमालेको दुई कार्यकाल महासचिव बनेका छन्‍। २०२४ देखि राजनीतिक जीवन सुरु गरेका उनी २०३५ सालमा गठित नेकपा मालेको संस्थापक सदस्य पनि हुन्।

गिरिराजमणि पोखरेल
नेकपा माओवादी केन्द्रको उपमहासचिव गिरिराजमणि पोखरेलले २०६४ पछि लगातार तीनपल्ट चुनाव जितेका थिए। तर यसपल्ट उनको संसद्‌ यात्रामा एमालेका लक्ष्मी महतोले पूर्णविराम लगाइदिए।

1592539701.jpg
गिरिराजमणि पोखरेल​​​​

उनले २०३२ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका थिए। उनी २०४६ मा वाममोर्चाको पनि केन्द्रीय सदस्य भएका थिए। त्यस्तै, २०५९ मा जनमोर्चाको सचिवालय सदस्य भएका उनी २०६३ मा उक्त पार्टीका उपाध्यक्ष भएका थिए। 

माओवादी र जनमोर्चाबीच एकता भइ एकीकृत नेकपा माओवादी गठन भएपछि सोही पार्टीको विभिन्न भूमिकामा रहे। उनी २०६४, २०७० र २०७४ को निर्वाचनमा महोत्तरी- १ बाट निर्वाचित भएका थिए। उनी २०६४, २०६५ र २०७४ मा स्वास्थ्यमन्त्री भएका छन्। त्यस्तै, २०७४ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका छन्।

मातृका यादव
नेकपा माओवादी केन्द्रका नेता मातृका यादव अन्तरिम व्यवस्थापिका संसद हुँदै संविधान सभा सदस्य निर्वाचन २०६४मा माओवादीका तर्फबाट समानुपातिक सभासद भएका थिए। उनी प्रतिनिधि सभा सदस्यमा २०७४ मा धनुषा १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। 

1640165112_matrika-yadav-maobadi1.jpg
मातृका यादव

१० वर्षसम्म भूमिगत भई राजनीतिक आन्दोलनमा होमिएका यादव २०६३ सालमा अन्तरिम सरकारको मन्त्री र २०७४ देखि ०७६ सम्म उद्योगमन्त्री बनेका थिए। 

माओवादी केन्द्रमा प्रभावशाली नेताका रुपमा रहेका यादव यसपटकको आम निर्वाचनमा भने जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भएका छन्।  

राजेन्द्र महत्तो 
मधेस प्रदेशका प्रभावशाली नेताका रुपमा चिनिएका राजेन्द्र महतो यसपटक प्रतिनिधि सभा सदस्यमा पराजित हुन पुगे। महतो रौतहट २ मा माओवादी केन्द्रका महेन्द्र राय यादवसँग पराजित भएका हुन्। महतो २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गर्दै धनुषा ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। 

1616765653_Rajendra-Mahato (3).jpg
राजेन्द्र महतो

२०५६ सालमा प्रतिनिधि सभा सदस्य सर्लाही २ तथा अन्तरिम व्यवस्थापिका सदस्यमा निर्वाचित भएका थिए। उनी २०६४ सालमा सर्लाही १ बाट निर्वाचित भएका थिए। महतो उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री, स्वास्थ्यमन्त्री  समेत बनेका थिए। 

राजेन्द्र महतो २०५१ सालमा उच्च स्तरिय नागरिकता आयोगको सदस्य समेत बनेका थिए। संसदमा रजगज गर्दै आएका उनको यस पटक संसदीय यात्रामा ब्रेक लागेको छ।

विरोध खतिवडा 
एकिकृत समाजवादी सचिव समेत हुन् विरोध खतिवडा। गठबन्धनबाट उम्मेदवार रहेका खतिवडा मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार महेश बर्तौलासँग पराजित भए। 

1633700321_Birodh-Khatiwada.jpg
विरोध खतिवडा

२०४८, २०५१, २०५६ र २०७४ गरी चारपटक सांसद भएका खतिवडा तत्कालिन नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत बनेका थिए। 

प्रदीप ज्ञवाली 
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संसद्‌यात्रा २०५६ सालबाट सुरु भएको हो। गुल्मी- २ बाट जितेका उनिले २०६४ सालमा पनि त्यहीँबाट जिते। त्यसपछि २०७० सालमा संविधान सभा सदस्यमा पराजित भए। २०७४ सालमा गुल्मी १ बाट प्रतिनिधि सभा निर्वाचित भएका ज्ञवाली यसपटक नेपाली कांग्रेस उम्मेदवार चन्द्र भण्डारीसँग पराजित हुन पुगे। 

1629705797_Pradeep_Gyawali.jpg
प्रदीप ज्ञवाली

नेकपा माओवादीसँग भएको सरकारी वार्ता टोलीको सदस्यका साथै शान्ति प्रक्रियामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका ज्ञवाली परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत बनिसकेका छन्। एमाले भित्र राम्रो प्रभाव रहेका ज्ञवाली कांग्रेसका भण्डारीसँग पराजित भएसँगै उनको संसदीय यात्रामा ब्रेक लागेको छ। 

बालकृष्ण खाण
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका बालकृष्ण खाण २०४८ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। संविधान सभा सदस्य २०६४ र ०७० मा रुपन्देही ३ बाट निर्वाचित भएका खाण संविधान निर्माणका क्रममा विभिन्न समितिमा बसेर काम गरेका थिए। २०७४ सालमा कांग्रेसबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका खाणले यस पटक हार ब्यहोर्नुपर्‍यो। 

Balkrishna-Khand1669900481.jpg
बालकृष्ण खाण

गृहमन्त्री समेत रहेका खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग पराजित भएका हुन्। उनले यसअघि शिक्षा तथा खेलकुद राज्यमन्त्री, सिँचाइमन्त्री, रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्