• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
केन्द्रदेखि मधेससम्म उपेन्द्रलाई सत्ता बाहिर राख्ने राणनीतिमा सीके राउत 
64x64
नवीन झा शुक्रबार, मंसिर १६, २०७९  १९:१९
1140x725

काठमाडौं– बिहीबार प्रधानन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले सम्भावित नयाँ सत्ता समीकरणमा सहभागी हुने संकेत गरेका छन्।

प्रधानमन्त्री देउवालाई भेटनुअघि बुधवार राउतले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई भेटेका थिए। निधि बिहीबार प्रधानमन्त्री र राउतबीच भएको भेटमा पनि सहभागी थिए। राउत र प्रधानमन्त्रीबीच भएको भेटलगत्तै निधिले नै समाजिक सञ्जालमार्फत् राउत कांग्रेस नेतृत्वको वर्तमान सता गठबन्धनमा सहभागी हुन ‘सहमत’ भएको जानकारी दिएका थिए।

त्यसलगत्तै राउत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगे। खुमलटारमा प्रचण्डलाई भेटेपछि राउतले मन्त्रीनिवास पुल्चोक पुगेर गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका थिए।

यी सबै भेटको मुख्य ध्येय सत्ता गठबन्धनले सम्भावित बनाउन लागेको नयाँ सरकारमा राउतको सहभागिता नै थियो। राउतको सचिवालयले पनि कांग्रेसको नेतृत्वमा रहेको वर्तमान गठबन्धन प्रजातान्त्रिक गठबन्धन भएको जिकिर गर्दै आफूहरु त्यस कित्तामा उभिन सक्ने जनाएको छ। साथै, राउतले आफूहरुले उठाउँदै आएको किसान आन्दोलनका मुद्दा, नागरिता मुद्दा र शिक्षा, स्वास्थ्य, रोजगारीको सन्दर्भमा काम गर्न पाउनुपर्ने वातावरण बनाई दिन आग्रह गरेका छन्।

राउतकै शब्दमा भन्ने हो भने प्रधानमन्त्री यी मुद्दाहरुमा ‘सकारात्मक’ देखिएका छन्। जसका कारण राउत सत्ता गठबन्धनलाई सरकार बनाउन अपुग केही संख्या पूरा गर्न सरकारमा जाने वाचा गरेका छन्। जनमत पार्टीका महासचिव चन्दन सिंह भन्छन्– ‘बिहीबारको छलफल सकारात्मक रुपमा अघि बढ्यो। यद्यपि, ठोस निष्कर्ष केही समयपछि आउनेछ।’

राउतलाई सत्ता गठबन्धनले सरकारमा ल्याउनुका मुख्यतः दुई कारण छन्। एउटा, केन्द्रमा बहुमतका लागि अपुग भइरहेको ३/४ को संख्या पूरा गर्नु। र, दोस्रो– मधेस प्रदेशमा पनि आफ्नै सरकार बनाउनु।

मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ भने कांग्रेस दोस्रो र जसपा तेस्रो स्थानमा छन्। जनमत पार्टीले मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ सिट जितेको छ भने समानुपातिकमा पनि ७ सिटसम्म ल्याउने देखिन्छ। सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धन दुवैलाई मधेस प्रदेशमा सरकार बनाउन जनमत पार्टी र स्वतन्त्र सांसदकै साथ चाहिन्छ। यही बुझेर सत्ता गठबन्धनले केन्द्रदेखि मधेस प्रदेशसम्म आफ्नो बहुमत सुनिश्चित गर्न राउतसँग संवाद अघि बढाएको छ। 

राउतको रणनीति 
चुनावताका राउत र उनका पार्टीका नेताहरु मधेसमा सबैभन्दा बढी उपेन्द्र यादव नेतृत्वको जसपाप्रति आक्रामक देखिएका थिए। त्यस क्रममा राउत र उनका समर्थकहरुले जसपा र यादवलाई सत्ताको मोहमा फसेर मधेसको मुद्दा बिर्सेको आरोप लगाए। जसपाकै नेतृत्वमा पाँच वर्ष रहेको मधेस सरकारविरुद्ध पनि राउतको पार्टी सुरु देखि अनुदार देखिएको थियो। स्वयं राउतले जसपा अध्यक्ष यादवलाई सप्तरी–२ बाट फराकिलो मतान्तरले पराजित गरे।

Ncell 2
Ncell 2

अहिले राउतले केन्द्रदेखि मधेससम्म सत्ता गठबन्धनमा सहभागी भएर सरकार जान लागेको चर्चा चलेपछि जसपाका नेताहरुले विगतका प्रश्न राउततर्फ तेर्साइरहका छन्। तर, राउत भने उपेन्द्रलाई जसरी हुन्छ केन्द्रदेखि मधेससम्म यसपटक सत्ताबाहिरै राख्ने रणनीतिमा रहेको जनमत पार्टी स्रोतको भनाइ छ।

स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्रले दुई दिनअघि मात्रै सत्ता गठबन्धनका घटक माओवादी केन्द्रका अध्यक्ष दहाललाई भेटेर मधेसमा गठबन्धनकासाथ जसपा सरकारमा जान सकिने जनाउ दिएका थिए। वर्तमान सत्ता गठबन्धनमै रहेको जसपा ४ मंसिरको निर्वाचनको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा गठबन्धन परित्याग गर्दै एमालेसँग चुनावी तालमेल गर्न पुगेका थिए। 

मतपरिणाम अनुसार वर्तमान सत्ता गठबन्धनलाई भावी सरकार बनाउन बहुमत नपुग्ने देखिएपछि जसपालाई समेत ल्याउन सकिन्छ कि भन्ने चर्चा चलेको थियो। तर, त्यसप्रति कांग्रेसले रुचि राखेन। अरु, सीके राउतलाई सहयात्री बनाउने कसरतमा लाग्यो।

राउत जसपालाई केन्द्रदेखि मधेससम्म सत्ता बाहिर राखेर आफ्नो पार्टीलाई मधेसको मूल शक्तिका रुपमा उभ्याउने रणनीतिमा छन् भने अर्कोतिर उपेन्द्रलाई फराकिलो मतले पराजित गरेको मनोविज्ञानलाई भजाएर मधेसमा संगठन विस्तार गर्ने योजनामा छन्।

shivam cement

shivam cement

‘मधेसमा सत्ताको शक्ति प्रभाव जहिले पनि बढी देखिन्छ’, राउतनिकट एक नेता भन्छन्, ‘जसपाको संगठन छिन्नभिन्न बनाएर जनमत पार्टीलाई मधेसमा कसरी बलियो बनाउन सकिन्छ भन्ने गृहकार्यमा जुटिरहेका छौं।’

सत्ता सहभागिताको विषयलाई लिएर मधेसका नेताहरू पटक–पटक आलोचित हुँदै आएका छन्। देउवा नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन ‘कसरत’ गरिरहेका राउतले त्यसलाई कसरी व्यवस्थापन गर्छन्, त्यो रोचक पर्खाइको विषय बनेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्