• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
तनहुँ १ मत विश्लेषण रामचन्द्र पौडेल हराउने गोविन्दराज जोशीको प्रयास यसरी भयो असफल
64x64
रिखिराम जिसी मंगलबार, मंसिर १३, २०७९  ११:०४
1140x725

पोखरा- तनहुँका दुई नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको सम्बन्ध र टकराव नेपाली राजनीतिमा नौलो होइन। २०४८/०४९ सालदेखि उनीहरुको प्रतिस्पर्धा र बेमेल निरन्तर चलिरहेको छ।

पौडेल र जोशी दुवैको पार्टी र गुट एउटै थियो। एउटै पार्टीको एउटै गुटमा रहँदा पनि एकै जिल्लाका पौडेल र जोशीबीच कहिल्यै पनि सौहार्दपू्र्ण सम्बन्ध रहन सकेन। जिल्लामा बढी सक्रिय जोशी सधैं कार्यकर्तासँग जोडिए। पौडेल केन्द्रमा नै सधैँ बलियो नेताका रूपमा रहन पुगे। 

जोशी शिक्षक भएर काम गर्दा तथा वकिल हुँदा स्थानीय नेता-कार्यकर्तासँग नजिक भए। पौडेलको जन्म तनहुँमा भए पनि पञ्चायती व्यवस्था सुरु भएलगत्तै बिपी कोइरालाको संगतमा पुगे। 

बनारसबाट नेपालमा राजनीतिक गतिविधि चलाइरहँदा पश्चिमी कमान्ड पौडेललाई दिएको मन पराउँदैनथे जोशी। त्यतिबेला उनले ‘भूगोलमा राजनीति गरेको नेता म हुँ’ भन्दै बिपीसँग समेत गुनासो गर्ने गरेका थिए। त्यसयता जोशीले पौडेललाई नेताका रूपमा कहिल्यै स्वीकार्न चाहेनन्। 

२०४८ सालमा भएको निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उठेर जोशीलाई कांग्रेसको प्रभाव नरहेको क्षेत्र नम्बर २ मा पठाए। तनहुँ- १ बाट चुनाव जितेर पौडेल  स्थानीय विकास तथा कृषि मन्त्री भए। जोशीले पनि त्यतिबेला चुनाव भने जितेका थिए। 

२०५१ को मध्यावधि निर्वाचनमा जोशीले जितेको क्षेत्र सुरक्षित देखेर पौडेल त्यतै लागे। क्षेत्र नम्बर १ छोडेर क्षेत्र नम्बर २ बाट चुनाव लडे। र, जोशीलाई क्षेत्र नम्बर १ मा उठाए। त्यसबेला पनि जोशीले चुनाव जिते। 

२०७० को संविधान सभा निर्वाचनमा पनि जोशीमाथि पौडेलको हस्तक्षेप देखियो। आफू तनहुँ- २ बाट उठेका पौडेलले जोशीलाई प्रत्यक्षमा टिकट त दिएनन् नै, समानुपातिक उम्मेदवारका लागि आएको सिफारिस समेत उनकै बलमा काटियो। पौडेलको क्षेत्रबाट ६ जना समानुपातिक सांसद पर्दा १ र ३ बाट एक जना पनि पारेनन्। 

२०७४ को निर्वाचनमा तनहुँ- १ मा आफू सुरक्षित हुने गरी तनहुँ- २ मा शंकर भण्डारीलाई टिकट दिए। जोशीको हात खाली भयो। टिकट नपाएपछि त्यही झोकमा जोशीले रामचन्द्र विरुद्ध तनहुँ- १ बाट स्वतन्त्र उम्मेदवारी दिए। 

Ncell 2
Ncell 2

पौडेल पक्षकै उजुरीका आधारमा निर्वाचन आयोगले भ्रष्टाचार मुद्दा लागेका जोशीको उम्मेदवारी खारेज गरिदियो। रामचन्द्रका कारण आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सहयोग गरे। जुन निर्वाचनमा रामचन्द्र लगायत तनहुँका सबै क्षेत्रमा कांग्रेस पराजित हुन पुग्यो। श्रेष्ठले ६ हजार ८०२ मत अन्तरले पौडेललाई पराजित गरेका थिए। पौडेललाई हार चखाउन जोशी सफल रहे।

निर्वाचनपछि अन्तर्घात गरेको भन्दै १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी ५ वर्षका लागि जोशीलाई कारबाही गर्यो। 

२०७४ सालमा पौडेललाई जितेका नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ यसपालि भने पौडेललाई चुनाव क्षेत्र छोडिदिएर बारा- ४ मा गए। तनहुँ-१ बाटै उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ-२ मा र त्यहाँबाट टिकटको आकांक्षा राखेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं-५ मा पठाएर रामचन्द्र पौडेलले पार्टीभित्र सहज वातावरण बनाए। 

रामचन्द्र पौडेल र गोविन्दराज जोशीको टकराव स्थानीय तहको निर्वाचनमा पनि देखियो। गत वैशाख ३० गते भएको निर्वाचनमा कांग्रेसलाई पराजित गर्न जोशीले एमालेसँग तालमेल गरेका थिए। स्थानीय तहको निर्वाचनमा गोविन्दराज जोशी एमालेसँग तालमेल गरेर चुनावी मैदानमा थिए। 

नेकपा एमालेसँग चुनावी तालमेल गरेर व्यास नगरपालिकाको मेयरमा गोविन्दराज जोशीले छोरा दीपकराज जोशीलाई उम्मेदवार बनाएका थिए। एमालेसँग तालमेलबाट उम्मेदवारी दिएका दीपकराज नेपाली कांग्रेसका उम्मेदवारसँग २ सय ५२ को झिनो मतान्तरले पराजित भएका थिए। दीपकराजले ११ हजार ८ सय २६ र कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत ल्याए। न्यौपाने रामचन्द्र पक्षधर स्थानीय नेता हुन्। 

यस पटक जोशीले रामचन्द्रलाई पराजित गर्न सकेनन्। अघिल्लो पटक जोशीको उम्मेदवारी खारेज हुँदा पराजय व्यहोरेका पौडेलले जोशीको उम्मेदवारीमा पनि विजयी भए।  

पौडेलले एमाले उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार ३ सय ८० मतले पराजित गरे। पौडेललाई हराउँछु भनेर स्वतन्त्र उम्मेदवारी दिएका जोशीले ६ हजार ८ सय ८६ मत पाएका छन्। यहाँ पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका एकबहादुरले १९ हजार ९ सय ८१ मत पाए। तर जोशी र रानाको मत जोड्दा भने पौडेलको भन्दा धेरै हुन्छ।

स्थानीय तह निर्वाचनमा झैं जोशीले कांग्रेस विरुद्ध तालमेल गरेका भए पौडेल हराउने उनको प्रयास सफल हुने मत परिणामले देखाएको छ। राना र जोशीको मत एकै ठाउँमा भएको भए पौडेल १ हजार ५ सय १६ मतले हार्न सक्थे। 

तनहुँ- १ को मत
रामचन्द्र पौडेल-    २५३६१ 
एकबहादुर राना-    १९९९१
गोविन्दराज जोशी- ६८८६
राना र पौडेलको मतान्तर-    ५३८०
राना र जोशीको मत एक ठाउँ हुँदा-    २६८७७
जोशी र रानाको मतसँग पौडेलको मतान्तर-    १५१६

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्