• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सीके-उपेन्द्र सीके राउतको उदय : यी हुन् तीन चुनौती
64x64
नवीन झा बुधबार, मंसिर ७, २०७९  १७:२०
1140x725

काठमाडौं- सप्तरी- २ मा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध सुरुवातदेखि नै फराकिलो मतान्तरसहित अग्रता लिएदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतको चर्चा चुलिएको थियो। अन्तिम मत परिणाममा उनै राउतले जित निकाले पनि।

यादवलाई पराजित गरेपछि राउतको अगामी राजनीतिक यात्रा र उनको संगठनका बारेमा चासो सुरु भएको छ। उनीबारे बढी सोधखोज हुनुको अर्को कारण उनको विगत पनि हो। ११ बर्ष अगाडि अमेरिकाबाट नेपाल फर्किएपछि उनले 'स्वतन्त्र मधेस' अभियान सुरु गरेका थिए। तर त्यसलाई परित्याग गर्दै २०७५ को फागुनमा उनी मूलधारको राजनीतिमा फर्किएका थिए।

मूलधारको राजनीतिमा आएपछि उनले गठन गरेको दल हो, जनमत पार्टी। उनको दलले २०७६ मा भएको उपनिर्वाचन र २०७९ को स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो । उनी आफैं भने पहिलो पटक संसदीय निर्वाचनमा यसैपटक भिडे र जित निकाले।

अहिले संख्यात्मक रुपमा राउतको उपस्थिति कस्तो होला भन्दा पनि उनको व्यक्तित्व र अन्य मधेसी नेताहरुको पराजयलाई बढी केन्द्रमा राखेर चर्चा भइरहेको देखिन्छ। समानुपातिकतर्फ राउतले प्रदेश र केन्द्रका अन्य मधेसी पार्टीभन्दा बढी मत ल्याउने देखिए पनि प्रत्यक्षतर्फ त्यो सम्भावना देखिएको छैन। जनमत पार्टीले  मधेस प्रदेश सभामा पनि केही सिट जितिसकेको छ, थप केही सिट जित्ने सम्भावना छ।

मधेसका अन्य पार्टीहरुप्रति रहेको वितृष्णाका कारण जनमत पार्टीलाई मधेसको वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रस्तुत गर्न थालिएको छ। तर राउतलाई आफ्नो पार्टीको संगठन बनाउनेदेखि अन्य मधेस केन्दित दलहरुले उनीप्रति लिने धारणा र प्रमुख दलहरुसँगको उनको सम्बन्ध कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ। जानकारहरु भविष्यमा उनका तीन चुनौती रहेको देख्छन्।

Ncell 2
Ncell 2

आफ्नै संगठन
सीके राउतले जनमत पार्टी गठन गर्दैगर्दा उनलाई स्वतन्त्र मधेसको अभियानमा साथ देखिएका केही प्रमुख नेताहरुले साथ छाडे। उनीहरुले राउतमाथि काखापाखा गरेको आरोप लगाउँदै संघर्षको समयमा साथ दिनेहरुभन्दा आफ्ना आसेपासेलाई संगठनमा प्राथमिकतामा राखेको आरोप लगाए। उनको नेतृत्वमा रहेको स्वतन्त्र मधेस अभियानका दोस्रो वरियताका नेता कैलाश महतोसहित केही नेताहरुले पार्टी परित्याग गरे।

यद्यपि राउतले उनीमाथि संगठनभन्दा पनि अन्य काममा बढी केन्द्रित भएको आरोप लगाएका थिए। तर निर्वाचनबाट पार्टी शक्तिशाली बन्दै गर्दा पार्टीमा आकर्षण थपिने लगभग निश्चित छ। यस्तोमा राउतले पार्टीको संगठन बिस्तारदेखि जिम्मेवारी बाँडफाँट र पार्टीले पाउने अवसरहरुको सदुपयोग कसरी गर्छन्, त्यो महत्त्वपूर्ण छ। त्यही भएर सिंहदरबार/बीआईसीसी भवन पस्दै गर्दा राउतका सामु पहिलो चुनौती आफ्नो पार्टी व्यवस्थापन गर्नु हुनेछ।

मधेस केन्द्रित अन्य नेताहरु 
राउतले मधेसका एक जना स्थापित र बलिया नेता उपेन्द्र यादवलाई निर्वाचनमा पराजित गरेर राजनीतिमा स्थापित हुन लागेका छन्। यो निर्वाचनमा राउतले यादवलाई पराजित गर्दैगर्दा जसपा र लोसपा मधेसमा अत्यन्तै कमजोर देखिएका छन्। ती पार्टीहरुका शीर्ष नेताहरु मतगणनामा पछि देखिएका छन्। यस्तोमा राउतलाई मधेस केन्द्रित दलहरु र नेताहरु चुनौती बन्न सक्ने अवस्था छ। राउतको विगत हेर्दा यादवसँग कटुतापूर्ण सम्बन्ध देखिन्छ भन्ने महन्थ ठाकुरबाहेक अन्यसँग पनि राम्रो सम्बन्ध छैन।

राउतको सम्बन्ध ठाकुरसँग राम्रो रहेको चर्चा मधेस वृत्तमा बेलाबेलामा हुने गरेको छ। यद्यपि राउत शक्तिमा आएपछि ठाकुरसहित आफैंले पराजित गरेका नेता यादव र उनको सगठनसँग कसरी मधेसमा प्रतिस्पर्धा वा मित्रवत् व्यवहार गर्छन् भन्ने रोचक प्रतीक्षा छ। किनकि, राउतले जनमत पार्टी बनाएदेखि मधेसमा जसपालाई निशानामा राखेर गतिविधि गरेको देखिन्छ।

प्रमुख दलहरु
मधेसको राजनीतिक वृत्तमा एउटा सदावहार मनोविज्ञान छ, प्रमुख दलहरुले मधेसी नेताहरुलाई सत्तामा फसाएर कमजोर र बदनाम बनाउने खेल खेल्छन् भन्ने। मधेसी नेताहरु भने सत्ताको लोभ र प्रमुख दलका नेताहरुको खेलमा फस्ने गरेको मनोविज्ञान देखिन्छ। र यो निर्वाचनपछि राउतको हकमा यो लागू हुन्छ वा हुँदैन, हेर्न बाँकी छ।

राउतले संसद्‌मा जाँदै गर्दा प्रमुख दलहरुको सत्ता समीकरणको प्रस्तावमा आफूलाई कसरी प्रस्तुत गर्छन्, हेर्न बाँकी छ। उपेन्द्र यादवदेखि महन्थ ठाकुरप्रति मधेसमा लाग्ने गरेको मुख्य आरोप नै यिनीहरु प्रमुख दलहरुको सत्ताको गोटी देखिए भन्ने हो। मधेसी नेताहरुले पटकपटक मन्त्री बन्नकै लागि पार्टी फुटाएका नजिर पनि छन्। त्यो मामिलामा संयमतापूर्वक अगाडि बढ्नु राउतको चुनौती हो। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्