काठमाडौं। अर्जेन्टिनाका लियोनल मेसी ४ भिन्न विश्वकपमा गोल गर्ने पाँचौ खेलाडी बन्न पुगेका छन्। साउदी अरेबियाविरूद्ध समूह चरणको पहिलो खेलमा मेसीले १० औं मिनेटमा गोल गरेका थिए।
यसअघि ब्राजिलका पेले, जर्मनीका उव जिला र मिरोस्लाभ क्लोस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ४ भिन्न विश्वकपमा गोल गरेका थिए।
मेसीले सन् २००६, २०१४, २०१८ र २०२२ मा गरी ४ भिन्न विश्वकपमा गोल गरेका हुन्। विश्वकपमा मेसीको गोल संख्या ७ पुगेको छ। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि विश्वकपमा ७ गोल गरेका छन्। मेसीको यो पाँचौ विश्वकप सहभागिता हो। उनी ४ भिन्न विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी पनि बन्न पुगेका छन्। उनी अर्जेन्टिनाबाट सबैभन्दा बढी विश्वकप खेल्ने खेलाडी पनि बनेका छन्। यसअघि डिएगो म्याराडोना र हाभियर मास्चेरानोले ४–४ वटा विश्वकप खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।