काठमाडौं- समानुपातिकतर्फको मतगणना अनुसार नेकपा एमाले पहिलो पार्टी बनेको छ। काठमाडौंमा भने सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको छ।
एमालेले अहिलेसम्म १ लाख २२ हजार १३० मत ल्याएको छ। नेपाली कांग्रेसले १ लाख ४ हजार ६१३ मतसहित पछ्याइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा छ। उक्त पार्टीले ५२ हजार ७ सय ८४ मत ल्याएको छ। माओवादी केन्द्र चौथो नम्बरमा छ। ४७ हजार १४१ मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २९१६७ मत ल्याएको छ।
काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार २२३ ल्याउँदा कांग्रेसले ४ हजार ८२४ र नेकपा एमालेले ३ हजार ९८१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३१७९ मत ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।