दोहा– अर्जेन्टिनाले विश्वकपअन्तर्गत साउदी अरेबियाविरूद्धको खेल अप्रत्यासित रूपमा २–१ गोलले गुमाउन पुग्दा अर्जेन्टिनी पत्रकारले आफ्नो सामान गुमाएकी छिन्।
विश्वकप प्रतियोगिताको पहिलो दिन लाइभ सो गरिरहेकी डोमिनिकी मेट्जगरको हाते झोला चोरी भएको हो। उनले आफ्नो झोलामा आधुनिक क्यामेरा भएको जानकारी दिएकी छिन्।
पत्रकार मेट्जगरले चोरीको विषयमा कतारी प्रहरीलाई उजुरी गरिसकेको बताइन्। तर, प्रहरीको व्यवहारले आफू चकित परेको उनको भनाई छ। उनले भनिन्, ‘मैले प्रहरी कहाँ चोरीको रिपोर्ट गर्न जाँदा उनीहरूले चोरलाई पक्रेर के सजाय दिने भन्दै मलाई नै सोधे।’ प्रहरीले आफूलाई चोरलाई पाँच वर्षको जेल सजाय दिने कि देश निकाला गर्ने भनेर प्रश्न गरेको भन्दै उनले भनिन्, ‘मलाई अचम्म लागिरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।