काठमाडौं– कतार विश्वकपको फुटबलको दाबेदार मानिएको अर्जेन्टिनाको ३६ खेल अपराजयको यात्रा टुंगिएको छ।
विश्वकपअन्तर्गत साउदी अरेबियाविरूद्धको पहिलो खेलमै अर्जेन्टिना २–१ गोलले पराजित भयो।
दोस्रो हाफमा ८ मिनेट सम्हालिन नसक्दा अर्जेन्टिनाले तीन अंक गुमाउनु पर्यो।
अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले पेनाल्टीबाट १० औं मिनेटमा गोल गरेका थिए।
अर्जेन्टिनी अग्रपंक्तिका खेलाडीलाई अफ ट्रयापमा पार्न सफल साउदीले उत्कृष्ट डिफेन्सको प्रदर्शन गरेको थियो। पहिलो हाफमा अर्जेन्टिनाको ३ वटा गोल अफसाइड भएको थियो।
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको साउदीका लागि ४९ औं मिनेटमा सलेह अस्रेहीले गोल फर्काए। त्यसको ४ मिनेटमा सली अल द्बास्रीले अर्को गोल थपेपछि अर्जेन्टिना पछाडि परेको थियो।
अन्त्यमा मेसीले हेडिङ गर्दै खेललाई फर्काउने असफल प्रयास गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।