पोखरा- गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेका छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँ तेस्रो स्थानमा छन्।
१२ हजार २ सय १७ मत गणना हुँदा प्रचण्डले ७ हजार ५७ मत ल्याएका छन् भने रास्वपाका बुर्लाकोटीलाई १ हजार ९ सय २९ मत प्राप्त भएको छ। यस्तै एमालेका मियाँले १ हजार ६ सय ७६ मत ल्याएका छन्।
विस्तृत समाचारका लागि https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।