काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये ६ स्थानमा अग्रता कायम गरेको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेता दीपक बोहोरा,विक्रम पाण्डे,धुव्रबहादुर प्रधान,ज्ञानबहादुर शाही र धवलशमशेर राणाले अग्रता लिएका छन्।
२०७४ सालमा एक सिटमात्र जितेको राप्रपाले यस पटक केही सिट प्रत्यक्षमा जितेर राष्ट्रिय पार्टी बन्ने लक्ष्य राखेको छ। राप्रपा अग्रतामा पाँचौ स्थानमा रहेको छ। यी क्षेत्रमा जित हात पारेमा राप्रपाले आफ्नो पुरानो छवि फर्काउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।