कैलाली- कञ्चनपुर निवार्चन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका रमेश लेखक पराकिलो अन्तरले अगाडि लागेका छन्। उनलाई नेकपा एमालेकी निरुदेवी पालले पछ्याइरहेकी छिन्।
कांग्रेस उम्मेदवार लेखकले ९ हजार ३ सय २४ मत प्राप्त गरेका छन् भने एमालेकी पालले ५ हजार ३ सय ९५ मत ल्याएकी छिन्।
यसैगरी सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले ८ सय ७३, स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले ४ सय ६४ र शारदादेवी चन्दले २ सय ५६ मत प्राप्त गरेका छन्।
विस्तृत समाचारका लागि https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।