काठमाडौं। फिफाको धम्कीपछि विश्वकप खेल्न कतार आइपुगेका युरोपेली देशका खेलाडीहरूले मैदानमा गर्ने भनेको समलैंगिक समूहको समर्थनलाई स्थगन गरेका छन्।
इंग्ल्याण्ड टिमका कप्तान ह्यारी केनलगायत वेल्सका गारेथ वेल, जर्मनीका मेनुअल न्यूएर, नेदरल्याण्डका डिफेन्डर वार्जेल वान दायकले पनि समलैंगिक सम्बन्धको समर्थन गर्ने बताएका थिए।
तर, फिफाले खेलमा कुनै किसिमको धार्मिक तथा सामाजिक मुद्धालाई भित्र्याएको खण्डमा कडा कार्यवाही गर्ने चेतावनी दिएपछि उनीहरू पछाडि हटेका हुन्। समलैंगिक समूहको समर्थनमा युरोपका ८ राष्ट्रले आर्म–ब्याण्ड लगाएर खेल्ने जानकारी दिएका थिए। यसपछि सक्रिय भएको फिफाले कुनै लिंग वा समूदायको समर्थन गरेको भेटिएमा खेलाडीलाई मैदान प्रवेश गर्ने वित्तिकै पहेँलो कार्ड दिने जानकारी दिएको थियो।
फिफाले विश्वकपलाई खेलभन्दा पनि विवादमा ल्याउन खेलाडी वा फुटबल संघ सक्रिय भए प्रतिबन्धसमेत लगाउन सकिने जानकारी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।