पोखरा- बागलुङको क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन्। उनले नेकपा एमालेकाक सूर्य पाठकलाई पछि पारेका हुन्।
१० हजार २८२ मत गणना हुँदा केसीले ३ हजार ८ सय ३४ मत ल्याएका छन् भने एमालेका पाठक ३ हजार ५ सय २८ मत ल्याउँदै दोस्रो स्थानमा छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल २ हजार २ सय ६२ मत ल्याई तेस्रो स्थानमा रहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
यसैगरी बागलुङ- १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका डिल्लीराम सुवेदीले ६ हजार ३ सय ९२ मत ल्याउँदा एमालेका नवराज पौडेलले ३ हजार ९ सय ९४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।