काठमाडौं– काठमाडौं– विश्वकप फुटबलअन्तर्गत इरानविरुद्ध समूह ‘बी’ को पहिलो खेलमा इंग्ल्याण्डले पहिलो हाफमै ३–० गोलको अग्रता लिएको छ।
गोलकिपर अर्लिजा बेयरनवन्द खेल सुरु भएको १७ मिनेटमै घाइते भएपछि इरानको दुर्भाग्य सुरु भयो। इङ्ल्याण्डले ३५ मिनेटमा गोलको अग्रता लिएको थियो।
इंग्ल्याण्डका लागि पहिलो गोल जुड विक्टर विलियम बेलिङ्घमले गरेका थिए। उनले लुक शको पासमा गोल गरेका थिए। दोस्रो गोल ४३ मिनेटमा बुकायो साकाले गरे।
उनले ह्यारी म्याग्युएरको पासमा गोल गरेका थिए। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समय (४६ मिनेट) मा रहिम स्टर्लिङले गरे। तेस्रो गोलका लागि ह्यारी केनले क्रस पास दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।