काठमाडौं- कतारमा जारी विश्वकप फुटबलको पहिलो गोल पेनाल्टीबाट भएको छ। उद्घाटन खेलमा घरेलु टोली कतारलाई इक्वेडरले गोल हानेको हो।
१८ औं मिनेटमा इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले पेनाल्टीमार्फत् गोल गरेका हुन्।
कतारका गोररक्षक साद अल-शिवले डि बक्सभित्र फल गरेपछि पेनाल्टी दिइएको थियो। यसअघि खेलको तेस्रो मिनेटमा पनि उनले गोल गरेका थिए। तर त्यो गोल अफसाइड हुन पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।