• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२ Fri, Jun 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
सुरु हुँदै २२औं संस्करणको कतार विश्वकपः यस्ता छन् विशेषता
64x64
नेपाल लाइभ आइतबार, मंसिर ४, २०७९  १०:५२
1140x725

काठमाडौं– २२ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता आज (आइतबार) बाट सुरु हुँदैछ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खाडी राष्ट्र कतारमा धुमधामका साथ हुँदैछ।

नेपाली समयअनुसार आइतबार राति ८:४५ बजेबाट उद्घाटन समारोह हुँदैछ। यसपटकको कतार विश्वकपको आधिकारिक गीत ‘हाया हाया’ हो। यसको अर्थ ‘साथ हुँदा झन् राम्रो’ हुन्छ। उद्घाटन समारोह सकिएपछि ९:४५ बजेबाट उद्घाटन खेल हुँदैछ। आयोजक राष्ट्र कतार र इक्वेडरबीच पहिलो खेल हुनेछ।

मानव अधिकार उल्लंघन, कामदारको मृत्यु जस्ता विषयले पनि कतार विश्वकपले ठूलो आलोचना पनि खेप्यो। रंगशाला निर्माणका बेला आप्रवासी कामदारहरुको मृत्यु, सेवा सुविधा कम जस्ता विषय निकै विवादित बने। एम्नेष्टी इन्टरनेशनलले कामदारहरुलाई ४४० मिलियन अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने माग नै राखेकाे थियो। हरेक ४ वर्षमा आउने विश्वकपभन्दा यो पटकको विश्वकपका केही विशेषता भने फरक छन्। 

पहिलो हिउँदे विश्वकप
जुन–जुलाई महिनामा हुँदै आएको विश्वकप यो पटक भने नोभेम्बर, डिसेम्बरमा हुँदैछ। कतारमा गर्मी ज्यादा हुने भएकाले विश्वकप फुटबलको इतिहासमै पहिलोपटक हिउँदमा विश्वकप सुरु हुन लागेको हो। जुन–जुलाईमा ४४ डिग्रीसम्म तापक्रम पुग्ने कतारमा नोभेम्बर डिसेम्बरमा भने २८ डिग्रीसम्म हुनेछ।

यस पटकको विश्वकप एसियाली मुलुकमा हुन लागेको दोस्रो विश्वकप हो भने मध्यपूर्वी एसियाले आयोजना गरेको पहिलो हो। यसअघि एसियाली राष्ट्र जापान र दक्षिण कोरियामा सन् २००२ को विश्वकप भएको थियो।

Ncell 2
Ncell 2

मदिरामा खुकुलो नीति
कतारमा सार्वजनिक स्थलहरुमा मदिरापान गर्न प्रतिबन्ध छ। तर विश्वकपलाई मध्यनजर गरेर कतारले केही खुकुलो नीति लिएको छ। विश्वकपलाई लक्षित गरेर निश्चित स्थानहरुमा मदिरा खुला बनाइएको छ। विभिन्न स्थानहरुमा 'फ्यान जोन' बनाइएको छ जहाँ मदिरा किन्न र पिउन पाइने छ। तोकिएको स्थानभन्दा बाहिर मदिरा पिएमा ६ महिनासम्म कैद वा ८५० अमेरिकी डलरसम्म जरिवाना हुने प्रावधान छ।

पहिलोपटक तीन महिला रेफ्री
कतार विश्वकपको अर्को विशेषता भनेको महिला रेफ्री। पहिलोपटक विश्वकपमा तीन महिला रेफ्रीले खेलाउँदैछन्। महिला रेफ्रीहरुमा जापानकी रेफ्रीद्वय योसिमी यामासिता र रवान्डाकी सालिमा कुमान्सागा र फ्रान्सकी स्टेफानी फ्रापार्ट छन्। पुरुष विश्वकप फुटबलमा महिला रेफ्री अहिलेसम्म भएका थिएनन्।

तोकिएकोभन्दा एक दिन पहिल्यै सुरु
फुटबलको सर्वोच्च निकाय फिफाले नोभेम्बर २१ बाट विश्वकप सुरु हुने आधिकारिक निर्णय गरेको थियो। फिफाको उक्त निर्णय अनुसार उद्घाटन खेल युरोपियन मुलुक द नेदरल्याण्डस र अफ्रिकी मुलुक सेनेगलबीच हुने तय भएको थियो।

तर, उद्घाटनमा खेल आयोजक राष्ट्रले खेल्दै आएकाले पहिलो खेल कतारको हुनुपर्ने माग कतारले गरेपछि विश्वकप एक दिन पहिल्यैबाट सुरु हुने भएको हो। कतारको अनुरोधलाई फिफाले स्वीकार गरेपछि आइतबार कतार र इक्वेडरबाट खेल सुरु हुनेछ।

रंगशालामा एसी
कतारमा अत्यधिक गर्मी हुने भएकैले हिउँदमा विश्वकप आयोजना गरिएको हो। नोभेम्बर डिसेम्बरमा पनि गर्मी नै हुने भएकाले गर्मीबाट जोगिनका लागि कतारले रंगशालामा एसी जडान गरेको छ।

एसी र एअर कन्डिसन जडान गरेर दर्शकलाईलाई गर्मीबाट जोगाउने आयोजक राष्ट्र कतारले जनाएको छ। विश्वकपमा रंगशालामा एअर कन्डिसन र एसी जडान भएको पनि यो पहिलोपटक हो । 

रुसमाथि प्रतिबन्ध
२१ औं संस्करणको आयोजक राष्ट्र रुसले भने विश्वकप खेल्न नपाउने भएको छ। युक्रेनमाथि आक्रमण गरेपछि फुटबलको सर्वोच्च निकाय फिफाले रुसमाथि प्रतिबन्ध लगाएको हो। युरोपेली फुटबल संघ युईएफएले पनि फुटबल गतिविधिमा रुसलाई प्रतिबन्ध गरेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:५२
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजिप्टमा सडक दुर्घटनामा १८ जनाको मृत्यु
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन्
एसईईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई
सम्बन्धित सामग्री
साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सोमबार, असार ९, २०८२
क्लब विश्वकपमा मियामीको पहिलो जित, मेसीको गोल खेलको आठौँ मिनेटमा सामु आघेहावाको गोलमा पोर्टोले अग्रता लिएको थियो । सुरुवाती अग्रतालाई दोस्रो हाफमा तोड्दै मियामी विजयी भएको हो । शुक्रबार, असार ६, २०८२
नेपाली फुटबलर रेखा आबद्ध आबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि आबुधाबी कन्ट्री क्लबले लिगका सबै सात खेलमा जित दर्ता गर्दै २१ अंकसहित उपाधि उचालेको हो । कुल ८ टोली सहभागी लिगमा आबुधाबीले एकपक्षीय... आइतबार, असार १, २०८२
ताजा समाचारसबै
इजिप्टमा सडक दुर्घटनामा १८ जनाको मृत्यु शुक्रबार, असार १३, २०८२
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् शुक्रबार, असार १३, २०८२
एसईईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई शुक्रबार, असार १३, २०८२
एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द शुक्रबार, असार १३, २०८२
कुन प्रदेशबाट कति विद्यार्थी भए उत्तीर्ण ? शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्