काठमाडौं– नेपाल–चीन सीमानाका रसुवाबाट डेड करोड रुपैयाँ बराबरको अवैध मदिरा र चुरोट बरामद भएको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेको टोलीले रसुवा सीमा क्षेत्रको अस्थायी ड्राइपोर्टमा राखिएको अवस्थामा बिहीबार महङ्गो विदेशी मदिरा र चुरोट बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो।
भन्सार छलेर नेपाल भित्र्याइएको अवस्थामा उक्त मदिरा र चुरोट बरामद भएको बीओपी टिमुरेले जानकारी दिएको छ।बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।