• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
‘स्वतन्त्र कार्ड’ले आस र त्रासमा रुमलिएको उदयपुर–२
64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  ०९:४२
1140x725

उदयपुर– सिट बाँडफाँटका सन्दर्भमा सत्ता गठबन्धनमा लामो रस्साकस्सीका बीच उदयपुर- २ आफ्नो भागमा पारेपछि एकीकृत समाजवादी उत्साहित बनेको थियो। गत स्थानीय चुनावमा देखिएको उत्साहजनक मत र त्यसमाथि गठबन्धनको समर्थन हुने भएपछि यो क्षेत्र समाजवादीका लागि ‘ग्रीन जोन’ देखियो।

२०७४ को चुनावमा जित हासिल गरेको उक्त क्षेत्र यसपटक पनि आफ्नै भागमा पार्न माओवादी केन्द्रले पनि लामै जोडबल गरेको थियो। यस क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्य सुरेशकुमार राई (हिमाल) ले अन्तिमसम्म पनि आफ्नो दावी नछाडेपछि केन्द्रबाटै हस्तक्षेप गरेर समाजवादीलाई टिकट दिइएको थियो।

समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा आफ्नो निर्वाचन क्षेत्र पुग्दा निकै उत्साहित देखिए। उत्साहित हुनु पनि स्वभाविक थियो। गत वैशाखमा भएको स्थानीय चुनावको परिणामलाई केलाउँदा उनी सहज जितको नजिक देखिएका थिए।

तर, अहिले स्थिति बदलियो। ग्रिन जोनमा देखिएका खतिवडा अहिले ढुक्क हुने अवस्थामा छैनन्। गठबन्धनबाट खतिवडाले टिकट पाएपछि असन्तुष्ट बनेका क्षेत्र नम्बर २ का कांग्रेस नेता रामकुमार राईले स्वतन्त्र उम्मेदवारी दिए।

उम्मेदवारीपछि दसैंको मुखमा आफ्नो निर्वाचन क्षेत्र पुगेका खतिवडाले कटारी बजारमा रहेको गठबन्धनको सम्पर्क कार्यालय अगाडि स्थानीय शुभचिन्तकसँग सल्लाह माग्दै भने- उम्मेदवारी त दिइयो अब के चाहिँ गर्नु पर्ला?

सायद खतिवडाले ती शुभचिन्तकबाट कुनै विकासे अजेण्डाहरु आउने अपेक्षा गरेका थिए। तर शुभचिन्तकको सल्लाह भने अनपेक्षित आयो। ‘पहिलो कुरा त रामकुमारलाई उम्मेदवारी फिर्ता गराउन लगाउनूस्। बाँकी कुरा त्यसपछि गरौंला,’ शुभचिन्तकले खतिवडालाई सुझाए। 

‘त्यो त छँदैछ’ भनेका खतिवडालाई उनै शुभचिन्तकले दिएको सुझाव पूरा गर्न नसक्दा आससँगै त्रास पनि देखिएको छ। ‘रामकुमार फ्याक्टर’ ले खतिवडाको संसद् छिर्ने सम्भावना के हुन्छ भन्ने अन्योल पारिदिएको छ।

सुरुवाती क्रममा एक पक्षीय देखिएको उदयपुरको क्षेत्र नम्बर २ रामकुमार राईको स्वतन्त्र उम्मेदवारीले अहिले निकै रोचक प्रतिस्पर्धा हुने संघारमा पुगेको छ।

Ncell 2
Ncell 2

एमालेबाट छुटिट्एपछि पहिलो पटक केन्द्रीय चुनावमा आफ्नो स्थानको मूल्यांकन गर्न निर्वाचनमा होमिएको एकीकृत समाजवादीलाई दावी गरेजस्तो सजिलो छैन। प्रदेश १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा २ स्थान पाएको समाजवादीलाई उदयपुर- २ मा दावी गरेजस्तो जित हात पार्न सहज  छैन।

१० जना दलका र २ स्वतन्त्र गरी १२ जना उम्मेदवार रहेको यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार राईको अवस्था पनि राम्रो रहेकाले त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। 

पार्टीको उपमहासचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका खतिवडालाई यस क्षेत्रमा सत्ता गठबन्धका कांग्रेस र माओवादी केन्द्रले सघाउने सहमति छ। 

भर्खरै जन्मिएको पार्टीको संगठन कमजोर भए पनि कांग्रेस र माओवादीको समर्थनमा आफू सहजै चुनाव जित्ने दावी खतिवडाले गरेका छन्। सत्ता गठबन्धन कायम रहने र समाजवादीका माथिल्लो तहका नेता भएकाले खतिवडाले मन्त्री भएर यस क्षेत्रमा विकास गर्ने आश्वासनका साथ गठबन्धन निर्वाचनको प्रचारमा दौडिएको छ। तर खतिवडालाई त्यति सजिलो भने छैन। 

सत्ता गठबन्धन र पार्टीमै पटकपटक विद्रोह गरेका कांग्रेसका पुराना नेता रामकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएपछि यस क्षेत्रमा कसले बाजी मार्ने हो भन्ने आकलन गर्न गाह्रो छ।

कांग्रेसको क्षेत्रीय सभापति भइसकेको, २०५४ सालमा कटारी गाविसको चुनाव जितेर लगातार जनताको काममा लामो समय काम गरेकाले आफ्नो जित सुनिश्चत रहेको राईको दावी छ। जनताको मनोभावनालाई पार्टीहरुले घात गरेपछि आफू मैदानमा आएको र इमान्दार कांग्रेस कार्यकर्ताको सहयोग भएकाले चुनाव जित्ने उनको दावी छ। गठबन्धन दल कांग्रेसको समेत केही भोट राईले काट्ने देखिएपछि यस क्षेत्रको चुनावी परिणाम अनपेक्षित आउन सक्ने आकलन गरिएको छ। 

२०५६ सालमा चुनाव जितेर गए पनि त्यसपछि यस क्षेत्रमा नफर्किएको र विकासमा चासो नदिएको आरोप खतिवडामाथि छ। लामो समय राजनीतिमा क्रियाशील खतिवडा जनतामाझ आइनपुगेको दावी गर्दै नेकपा एमालेले यस पटक खतिवडालाई हराउन सहज भएको दावी गरेको छ।

एमालेबाट यस क्षेत्रमा प्रदेश सचिवालय सदस्य अम्बरबहादुर रायमाझीले उम्मेदवारी दिएका छन्। बागी उम्मेदवारी दिएका राईले गठबन्धनको मत काट्ने र खतिवडाको मत यस क्षेत्रमा नभएकाले आफ्नो जित सुनिश्चित रहेको रायमाझीको दावी छ। 

उदयपुर- २ मा माओवादीका पालिका प्रमुखका उम्मेदवारले ल्याएको कुल मत ८ हजार १४३ छ। त्यस्तै एकीकृत समाजवादीका उम्मेदवारले ल्याएको कुल मत ४ हजार ९६४ छ भने कटारी नगरपालिकामा उपमेयरमा मात्र उम्मेदवारी दिएको समाजवादीले ३ हजार ७२३ मत ल्याएको थियो। 

एउटा पालिकामा उम्मेदवारी दिएको कांग्रेसले ६ हजार ४१७ मत ल्याएको थियो। एमालेले कुल १६ हजार ५१४ मत ल्याएको थियो भने गठबन्धनले ल्याएको मतको अंकगणित गर्दा एमालेभन्दा गठबन्धन ६ हजार ७११ मतले अगाडि छ।

५ स्थानीय तहमध्ये यस क्षेत्रमा ४ गाउँपालिका र एक नगरपालिका छन्। जसमा जम्मा ९३ हजार ४ सय २१ मतदाता छन्। यी मतदाताको मन जित्दै प्रतिनिधि सभामा जाने तयारीका लागि निर्वाचनमा होमिएका यी तीन उम्मेदवारमध्ये कसले बाजी मार्छ भन्ने आकलन गर्न सकिने अवस्था छैन।

आ-आफ्नै दावी रहे पनि तीनै उम्मेदवारले मतदातासमक्ष नयाँ र फरक चुनावी नारा र प्रतिवद्धता ल्याउन सकेका छैनन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०९:४२
  • #चुनाव_२०७९
  • #उदयपुर २
  • #स्वतन्त्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर बदली, पश्चिम नेपालका केहि क्षेत्रमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता
आज धान दिवस, दही चिउरा खाएर मनाइँदै
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
देशभर बदली, पश्चिम नेपालका केहि क्षेत्रमा भारी वर्षाको सम्भावना आइतबार, असार १५, २०८२
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता आइतबार, असार १५, २०८२
आज धान दिवस, दही चिउरा खाएर मनाइँदै आइतबार, असार १५, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, असार १५, २०८२
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी शनिबार, असार १४, २०८२
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा (पूर्णपाठ) शनिबार, असार १४, २०८२
आजको मौसमः देशभर बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
गाउँपालिकाको लगानीले एसइई नतिजामा सुधार शनिबार, असार १४, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्