• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी मैदानमा पुरानै प्रतिस्पर्धी उदय र नवराज, जो दोस्रो जितको खोजीमा छन्
64x64
नेपाल लाइभ सोमबार, कात्तिक २८, २०७९  २०:२६
1140x725

काठमाडौं- ललितपुर- १ मा नेकपा एमालेका नवराज सिलवाल र नेपाली कांग्रेसका उदयशमशेर जबराबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म यो क्षेत्रबाट एक-एक पटक जित हासिल गरेका यी दुवै उम्मेदवार दोस्रो जितको खोजीमा छन्। 

को हुन् सिलवाल? 
सिलवाल नेपाल प्रहरीका पूर्व डिआइजी हुन्। उनी प्रहरी प्रमुख बन्ने दौडमा अन्तिम समयमा असफल भएपछि राजनीतितिर मोडिएका थिए।

प्रहरी सेवावाट अलग भएपछि उनलाई २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ललितपुर– १ बाट उम्मेदवार बनायो। एमाले र माओवादीको वाम गठबन्धनका साझा उम्मेदवार सिलवालले पहिलो प्रयासमै सफलता हासिल गरे। उनी उदयलाई पराजित गर्दै संसद् भवन प्रवेश गरे। 

आसन्न निर्वाचनमा सिलवाल दोस्रो जित निकाल्ने प्रयासमा छन् भने राणा पाँच वर्षअघिको हारको बदला लिने पक्षमा छन्। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा रहेको राजनीतिक समीकरण र अहिलेको राजनीतिक समीकरण भने फरक छ।

के छन् सिलवालका अजेण्डा?

May be an image of 7 people and people standing
सिलवाल १० वटा संकल्प लिएर मतदातामाझ घरदैलोमा व्यस्त छन्। ललितपुरको विकासलाई नयाँ उचाइबाट अगाडि बढाउन विज्ञहरुसँगको सहकार्यमा ललितपुर इन्जिनियरिङ टास्कको बृहत परियोजनाको विकास गरिएको उनले उल्लेख गरेका छन्। आफ्नो माटोका लागि केही ऐतिहासिक काम गरेर देखाउने तयारीमा भएको समेत उनको घोषणापत्रमा उल्लेख छ।

१० संकल्पमध्ये प्रविधि सहजीकरण अभियान एउटा विशेष संकल्प भएको उनी बताउँछन्। जनताको सेवा प्रवाह र उन्नतिलाई प्रविधिसँग जोड्ने यो अभियानमार्फत आफ्ना मतदाताको सेवामा लाग्ने उनले बताएका छन्। प्रविधिमा सहजीकरण गर्ने अभियान सशक्त रुपमा अगाडि बढाउने सिलवालले उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2

स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएको तर थुप्रै प्राविधिक कारण आम जनताले संविधानले सुनिश्चित गरेको मौलिक अधिकारको उपयोग गर्न नपाएको उनी बताउँछन्। उनले आफ्नो घोषणापत्रमा आधारभूत स्वास्थ्य सुविधा राज्यको तर्फबाट प्रदान गर्न प्राविधिक रुपमा रहेका बाधाहरुलाई हटाएर, ललितपुरलाई स्वाथ्य सेवामा नमुना क्षेत्र बनाउने तयारीमा आफू रहेको उल्लेख गरेका छन्। 

 ‘जनताको सेवाका लागि इमान्दार प्रयत्न गरेर अबका दिनमा अझ बढी योजनाबद्ध, गुणस्तरीय, स्पष्ट र भिजनरी काम गरेर देखाउने तयारी गरेको छु,’ उनी भन्छन्, ‘हाम्रो इमान्दार प्रयासमा हजुरहरुको सहकार्य र हातेमालो देखेर मनदेखिको सेवाभाव र दृढ आत्मविश्वासको उचाइ चुलिएको छ। ललितपुरवासीको जित सुनिश्चित छ।’

को हुन् राणा?

राणा यो क्षेत्रका लागि पुरानै अनुहार हुन्। उनी २०६४ सालदेखि निरन्तर उक्त क्षेत्रमा उम्मेदवार हुँदै आएका छन्। नेपाली कांग्रेसका पुराना नेता सागरशमशेर राणाका छोरा उदय बाबुको विरासत कायम गर्ने भन्दै चुनावी मैदानमा छन्।

के छन् राणाका अजेण्डा?

May be an image of one or more people, people sitting and people standing
ललितपुर- १ बाट सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका नेता राणा चुनावी प्रतिस्पर्धमा छन्। ५२ वर्षीय राणा यस पटक समेत गरेर चौथो पटक ललितपुर–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकाबाट स्नातकोत्तर (एमए) सम्मको अध्ययन गरेका राणाले २०४६ सालमा नेविसंघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। 

नेपाल तरुण दल ललितपुरको अध्यक्ष हुँदै आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउन सफल राणा नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष समेत भइसकेका छन्। उनी अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी राष्ट्रिय योजना आयोगमार्फत जारी नेपालको भिजन २०३० का अभियन्ता पनि हुन्।

२०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए। उनी २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदावर नवराज सिलवालसँग पराजित भएका थिए।

राणाले पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।

उनको प्रतिवद्धतापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि एकतावद्ध अभियान, स्थिर सरकार र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरिएको छ।

राणाले समावेशी विकास, सडक तथा पूर्वाधार विकास, शिक्षा, सञ्चार तथा सूचना, स्वास्थ्य तथा स्वस्थ मानव जीवन, खानेपानी सरसफाइ तथा सिंचाइ, धार्मिक तथा पर्यटकीय विकास, कला संस्कृति र खेलकुद, आवास व्यवस्थापन र कृषि पशुपालनमार्फत जीविकोपार्जनका लागि आफ्ना एजेण्डाहरु मतदाता समक्ष राखेका छन्।

यो पनि पढ्नुहोस

‘अघिल्लो कार्यकालमा विकासको आधार तयार गरेँ, अब बाँकी काम पूरा गर्नेछु’

यो पनि पढ्नुहोस

‘भ्रष्टाचार नगर्ने व्यक्ति भनेर बनेको ‘क्लिन ईमेज’ नै मेरो जितको आधार हो’

यो पनि पढ्नुहोस

ललितपुर- १ मा सिलवाल-राणा : किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा

 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  २०:२६
  • #प्रतिस्पर्धी
  • #नवराज सिलवाल
  • #उदयशमशेर राणा
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण आइतबार, जेठ २५, २०८२
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्