• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
अछाम २ निर्वाचन: अघिल्लो हारको बदला लिने दाउमा शाह, दोहोरिन खोज्दै बोगटी 
64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, कात्तिक २४, २०७९  २०:३०
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका यज्ञबहादुर बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाह चुनावी प्रतिस्पर्धामा छन्। 

यसका साथै यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनबहादुर शाही, नेपाल मनजदुर किसान पार्टीका झंकरबहादुर शाही र स्वतन्त्रबाट चन्द्रप्रसाद ढुंगाना पनि प्रतिस्पर्धामा छन्। 

अछाम क्षेत्र नम्बर २ अन्तर्गत तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका, कमल बजार नगरपालिका, मंगलसैन नगरपालिका र पञ्चदेवल नगरपालिका गरी पाँच वटा स्थानीय तह छन्।

अघिल्लो हारको बदला दिने दाउमा शाह

कांग्रेसका शाह यसपाली अघिल्लो निर्वाचनमा भोगेको पराजयको बदला लिने दाउमा छन्। भरत स्वारलाई पराजित गर्दै जिल्ला सभापति बनेका शाह पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। 

उनी भन्छन्, ‘म जिल्ला नछाड्ने नेता हो। जस्तो सुकै अवस्थामा पनि यहाँका जनतासँगै छु। राजनीतिलाई पेशाका रुपमा नभई सेवाका रुपमा लिएको छु। त्यसैले पनि क्षेत्र नम्बर २ का जनताले मलाई विश्वास गर्नेछन्।’

 दोहोरिने दाउमा बोगटी?

Ncell 2
Ncell 2

यसअघि २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेबाट यज्ञबहादुर बोगटीले जितेका थिए। बोगटी २०४७ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य, २०५० मा अनेरास्ववियु जिल्ला कमिटी सचिव, २०५२ मा जिल्ला संयोजक, २०५४ मा नेकपा माले जिल्ला कमिटी सदस्य भएका थिए। उनी २०६५ मा एमाले जिल्ला कमिटीको सचिवसमेत भए। 

बोगटी २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए। यसपटक पनि क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका बोगटी जित दोहोर्‍याउने प्रयासमा छन्। 

अघिल्लो निर्वाचनमा उनै बोगटीसँग पराजित भएका कांग्रेसका पुष्पबहादुर शाह यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। 

बोगटीले गठबन्धन आफ्नो जितको मार्गमा ठूलो चुनौती नभएको बताएका छन्। उनी भन्छन्, ‘मलाई लाग्छ अछामी जनता गठबन्धनको पक्षमा छैनन्। केन्द्रमा होला, एक दुई नेताहरु होलान। तर, जनता छैनन्। म एउटा हलि गोठालोको छोरा हुँ। यहाँका जनताको हरेक समस्यामा साथ उभिएको छु। त्यसैले पनि जनताले मलाई साथ दिनेछन्।’

स्थानीय तह निर्वाचनको अंकगणित कस्तो छ?
अछाम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने स्थानीय तहमा गत बैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धनमा आवद्ध दलको मत एमालेभन्दा निकै अघि देखिन्छ। 

स्थानीय निर्वाचनमा पाएको मत सबै गठबन्धनका उम्मेदवारलाई जाने हो शाहको जित निश्चित देखिन्छ। यद्यपि प्रतिनिधि सभाको निर्वाचन भएकाले व्यक्तिगत प्रभावले पनि फरक पार्नसक्छ। 

तुर्माखाँद गाउँपालिकामा कांग्रेसले ३ हजार ९९१, एमालेले ३ हजार १०५, माओवादी केन्द्रले ३ हजार १७५ मत पाएका थिए। त्यसैगरी ढकारी गाउँपालिकामा कांग्रेसका वडाध्यक्षले ३ हजार १६०, एमाले २ हजार ५९६, नेकपा एकीकृत समाजवादीले एक हजार ६०५ मत प्राप्त गरेका छन्। 

कमल बजार नगरपालिकामा कांग्रेसका वडाध्यक्षले ३ हजार ६२८, एमाले ४ हजार ४२, माओवादी केन्द्र २ सय ५४, नेकपा एसले १८ मत पाएका छन्।

त्यस्तै पञ्चदेवल नगरपालिकामा कांग्रेसले ३ हजार ८५८, एमाले २ हजार ३३२, माओवादी केन्द्र २ हजार ६५ र नेकपा एसले ५०४ मत प्राप्त गरेका छन्। 

मंगलसैन नगरपालिकामा कांग्रेसले ४ हजार १५३, एमालेले ५ हजार ८७६, माओवादी केन्द्रले ४४६ र समाजवादीले ४८ मत पाएका थिए। कमल बजारमा कांग्रेसले ३ हजार ६२८, एमालेले ४ हजार ४२, माओवादीले २५४ र समाजवादीले १८ मत पाएका थिए। 

जसलाई गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एसको कूल मत हेर्दा ३० हजार २२० रहेको छ भने नेकपा एमालेका वडाध्यक्षले पाएको कूल मत १७ हजार ९४२ देखिन्छ। यो अवस्थालाई हेर्ने हो भने गठबन्धनमा आवद्ध दल १२ हजार २ सय २७८ मतले अगाडि छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २०:३०
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्