• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
होला त मंसिर १४ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान?
64x64
रिखिराम जिसी बुधबार, कात्तिक २३, २०७९  १६:१०
1140x725

पोखरा– नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मंसिर १४ गते परीक्षण उडान गर्ने तयारी गरेको छ। प्राधिकरणले परीक्षण उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको मंगलबार नै जनाएको हो। तर, विमानस्थल सञ्चालनमा देखिएका समस्याहरू नपन्छाउँदै प्राधिकरणले भनेअनुसार मंसिर १४ गते विमानस्थलबाट परीक्षण उडान गर्ला त? यो प्रश्न उठिरहेको छ।

विमानस्थल सञ्चालनका लागि बाधक पूर्वपट्टीको रिठ्ठेपानी डाँडा कटानको काम सोमबारमात्रै सुरु भएको छ। ल्यान्डफिल साइटको पनि अहिलेसम्म टुंगो लागेको छैन। विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक र तेल भर्न आवश्यक आयल डिपो बन्न सकेका छैनन्। रिठेपानी डाँडा १४ मिटर कटान गरेपछि परीक्षण उडान गर्न मिल्ने पोखरा विमानस्थलका इन्जिनियर कृष्ण पौडेलले बताए। ‘डाँडा कटानको समस्या हो, जुन कटानका लागि सुरु भइसकेको छ, १४ मिटर कटान भएपछि परीक्षण उडान गर्न मिल्छ’, उनले भने। 

इन्धनको व्यवस्था पुरानो विमानस्थलको आयल डिपोबाट व्यवस्था गर्ने पौडेलेले बताए। डिपोको कुरा छ, नयाँ डिपो नबनुन्जेलसम्म पुरानो विमानस्थलको डिपोबाट व्यवस्था गरिदिन्छु भनेका छन्’, उनले भने । विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक निर्माण भएको छैन। ब्यारेक अस्थायी भवनबाट व्यवस्थापन गर्ने इन्जिनियर पौडेलले बताए। ल्यान्डफिल साइटले परीक्षण उडानमा अवरोध नगर्ने उनको आश्वासन छ। ‘महानगरपालिकाले तपाईं डाँडा काट्नुस्, तपाईंहरूलाई हाम्रो कारण रोकिनु पर्दैन भन्नुभएको छ’, उनले भने। 

यद्यपि, ल्यान्डफिल साइटको अझै टुंगो लागेका छैन। पोखरा महानगरपालिका मेयर धनराज आचार्य ल्यान्डफिल साइट टुंगो लगाउन आन्तरिक तयारीमा रहेको बताउँछन्। प्राधिकरणले मंसिर १४ गते परीक्षण उडानका लागि तयारी गरेको छ, त्यो बेलासम्म ल्यान्डफिल साइट टुंगो लाग्छ? भन्ने प्रश्नमा मेयर आचार्यले भने, ‘पर्दैन भन्नुभएको छ उहाँहरूले हामीलाई दिएको समय पुस १६ को हो। त्योभन्दा अगाडि नै हामी विकल्प खोज्छौंं।’ 

यता, मेयर आचार्यले भने ल्यान्डफिल साइट नचाहिने गरी तयारी सुरु गरिएको बताए। त्यसका लागि टेन्डर प्रक्रियाको जाने अवस्थामा पुगेको उनकोे भनाइ छ। ‘अहिले हामी जे तयारी गरेका छौं। एउटा निष्कर्षमा पुग्न ल्यान्डफिल साइट नचाहिने गरी हाम्रो तयारी छ।  रिसाइकल गर्ने, रियुज गर्ने, रिडियुस गर्ने भन्ने तयारीबाट गएका छौं तर त्यो नतिजा निकाल्न केही दिन लाग्छ’, उनले भने, ‘अहिले टेन्डरको प्रक्रियामा जाने अवस्थामा पुगेका छौँ।’ 

ल्यान्डफिल साइटको अल्पकालीन समाधानका लागि तयारी गरेको मेयर आचार्यले जिकिर गरे। ‘ल्यान्डफिल साइट नचाहिने गरी तयारी छ, त्यसका लागि केही समय लाग्छ, सो समयको अल्पकालीन समाधान खोज्नुपर्ने हुन्छ। त्यसका लागि पनि तयारी गरेका छौं’, उनले भने । 

परीक्षण उडानका लागि मंसिर ९ गते एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी छ। उक्त जहाजले परीक्षण उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेका विषयमा जाँच गर्नेछ। उड्डयन प्राधिकरणका अनुसार एरो थाईको जहाजले एकसाता पोखरा विमानस्थलमा परीक्षण उडान गर्नेछ। 

सोही कम्पनीले गत वर्ष फागुन ६ मा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो। एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो। 

Ncell 2
Ncell 2

पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले ०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको थियो। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय सीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो। कोभिडका कारण विमानस्थल निर्माण ढिला पूरा भएको हो। निर्माण कम्पनीका तर्फबाट चिनियाँ सरकारले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। 

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मादण्डअनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। करिब ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलमा २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टी मिटर छ। एटीसी टावर, सातवटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ। चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा पोखरा विमानस्थल निर्माण भएको हो। 

रिठ्ठेपानी डाँडा कटान सुरु 

रिठ्ठेपानी डाँडा कटानको काम सुरु भएको छ। आगामी पुस ५ गते सक्नेगरी सोमबारबाट कटान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। उनका अनुसार ४० मिटर डाँडा कटानका लागि स्वीकृत भएपनि १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिने भएकाले १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै विमानस्थलमा परीक्षण उडान गर्नेछ। 

प्राधिकरणले डाँडा कटानका लागि अर्थवर्क इन रिठ्ठेपानी डाँडा एन्ड स्ट्याबिलाइजेसन एन्ड अदर एसोसिटसँग २८ करोड ५८ लाखमा सम्झौता गरेको छ। ‘विमानस्थलको उडान तथा अवतरण जोखिम हुने देखिएको रिठ्ठेपानी डाँडा अधिकतम ४० मिटरसम्म कटान गर्नुपर्छ। १४ मिटर डाँडा कटान गरिसकेपछि जतिसक्दो चाँडो परीक्षण उडान गर्ने तयारी छ,’ भुलले भने। 

यो पनि पढ्नुहोस

पोखरा विमानस्थलको ‘बाधक’ हटाउनै सकस


 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १६:१०
  • #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
लगानी बोर्डको ६४औँ बैठकद्वारा मुक्तिनाथ केबलकारको साढे ५७ अर्बको लगानी स्वीकृत प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (व... बिहीबार, जेठ २२, २०८२
सदर चिडियाखानामा एउटा गैंडा थपियो चितवनबाट ल्याइएको गैंडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो। बिहीबार, जेठ २२, २०८२
देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु देवघाट गाउँपालिका–५ बेणीसङ्गमबाट आज बिहान पदयात्रा सुरु गरिएको हो। पदयात्राको पूर्वसन्ध्यामा बुधबार साँझ सोही ठाउँमा आरती र पूजा गरि... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्