• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
पोखरा विमानस्थलको ‘बाधक’ हटाउनै सकस
64x64
रिखिराम जिसी सोमबार, कात्तिक २१, २०७९  २१:१९
1140x725

पोखरा– नेपाल नागरिक उड्ड्यन प्राधिकरण आउँदो अंग्रेजी नयाँ वर्षको छेको पारेर मध्यपुसदेखि पोखरा विमानस्थलबाट उडान सुरु गर्ने घोषणा यसअघि नै गरिसकेको छ। तर उडानको मिति आउन २ महिनाभन्दा कम समय बाँकी रहँदा विमानस्थलका सञ्चालनमा देखिएका समस्या समाधान गर्न अझै सुरु भएको छैन। 

विमानस्थल सञ्चालनका लागि बाधकको रुपमा रहेको पूर्वट्टीको रिठेपानी डाँडा कटानको काम अझै सुरु हुन सकेको छैन। ल्याण्डफिल साइटको पनि अहिलेसम्म टुंगो लागेको छैन। विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक र तेल भर्न आवश्यक आयल डिपो बन्न सकेका छैनन्।

४० मिटर डाँडा कटानका लागि विमानस्थल आयोजनालाई वन मन्त्रालयले केही समयअघि स्वीकृति दिएपनि कटानको काम हालसम्म सुरु हुन सकेको छैन। विमानस्थल आयोजना प्रमुख विनेस मुनकमी केही दिनमा डाँडा कटान सुरु हुने दाबी गर्छन्। ४० मिटर डाँडा कटानका लागि स्वीकृत भएपनि १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिने विमानस्थल प्रमुख मनकमीले बताए। भौतिक निर्माणका हिसाबले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जहाज उडानका लागि तयार छ। धावन मार्ग, टर्मिनल भवन र अरु उपकरणको चाँजोपाँजो सबै मिलिसकेको छ। 

रिठेपानी डाँडा कटानपछि उपकरण परीक्षण उडान अर्थात क्यालिब्रेसन उडान गरिने विमानस्थल आयोजना प्रमुख मुनकमी बताउँछन्। ‘नोभेम्बर, डिसेम्बरभित्रै क्यालिब्रेसन उडान हुन्छ। त्यसपछि नै आउँदो अंग्रेजी नयाँ वर्षको छेको पारेर मध्यपुसदेखि पोखरा विमानस्थलबाट उडान सुरु गर्ने तयारी छ,’ उनले भने। 

विमानस्थल सञ्चालनका लागि नजिककै रहेको ल्यान्डफिल साइट सार्नुपर्ने हुन्छ, तर अहिलेसम्म पोखरा महानगरपालिकाले ल्यान्डफिल साइटका लागि विकल्प तयार पार्न सकेको छैन। ल्यान्डफिल साइटको विकल्पका लागि महानगरको टोली फोहोरबाट बिजुली र मल निकाल्ने प्रविधि बुझ्न हेटौंडाहुँदै धरान र भारतको दिल्लीसम्मको अध्ययन अवलोकन भ्रमण गरिसकेको छ। फोहोर लगेर थुप्रो लगाउने ल्यान्डफिल साइटभन्दा पनि नयाँ विकल्प खोजी भइरहेको पाखरा महानगरपालिकाका मेयर धनराज आचार्य बताउँछन्।

Ncell 2
Ncell 2

विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक निर्माण भएको छैन। तेल भर्न आवश्यक आयल डिपो बनेको छैन। नेपाल आयाल निगमलाई जग्गा छुट्याएर ३ वर्षअघिदेखि तोकेता गरेको आयोजना प्रमुख मुनकमी बताउँछन्। ‘उहाँहरूले २७ हजार लिटरको साधन तयार पारेका छौं भन्नुभएको छ,’ उनले भने। अहिले चलिरहेको पोखरा विमानस्थलकै डिपोको तेल गाडीमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिने निगमको तयारी छ। 

पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको थियो। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय सीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो। कोभिडका कारण विमानस्थल निर्माण ढिला पूरा भएको हो। निर्माण कम्पनीका तर्फबाट चिनियाँ सरकारले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। 

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मादण्डअनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२०  वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। २५ सय मिटर लामो धावनमार्ग भएको विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ। चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा निर्मित पोखरा विमानस्थल घाटामा जाने र यहाँबाट अन्तर्राष्ट्रिय उडान सम्भव नभएको भन्दै आलोचना पनि हुँदैआएको छ। 

आयोजना प्रमुख मुनकमीले क्यालिब्रेसन उडानपछि नै वायुसेवा कम्पनीहरुलाई आह्वान गरिने जानकारी दिए। तर पोखरासम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउन पायक पर्ने भारत गोरखपुरतिरको आकाशे मार्ग भारतले अझै दिएको छैन। त्यसका लागि यो विमानस्थल निर्माण सुरु गर्दादेखि नै कुरा उठेको थियो। नेपाल सरकारले त्यसबारे कुनै कूटनीतिक पहल गर्न सकेको छैन। 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
लगानी बोर्डको ६४औँ बैठकद्वारा मुक्तिनाथ केबलकारको साढे ५७ अर्बको लगानी स्वीकृत प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (व... बिहीबार, जेठ २२, २०८२
सदर चिडियाखानामा एउटा गैंडा थपियो चितवनबाट ल्याइएको गैंडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो। बिहीबार, जेठ २२, २०८२
देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु देवघाट गाउँपालिका–५ बेणीसङ्गमबाट आज बिहान पदयात्रा सुरु गरिएको हो। पदयात्राको पूर्वसन्ध्यामा बुधबार साँझ सोही ठाउँमा आरती र पूजा गरि... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्