• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
‘जीवन जीवनकै खोजी हो, जीवनकै उत्खनन् हो’
64x64
रिखिराम जिसी शनिबार, कात्तिक १९, २०७९  २१:२९
1140x725

पोखरा- समाज र राजनीतिको बारेमा लेखिरहने लेखक खगेन्द्र संग्रौलाले आफ्नै बारेमा पनि लेखेका छन्। उनी आफैंलाई आफ्ना बारेमा लेख्न त्यति मजा भने लाग्दैनथ्यो। झन् जीवनी लेख्ने प्रस्ताव आउँदा सुरुमा त ठाडै अस्वीकार नै गरेका थिए। 

संग्रौलाकै शब्दमा साथीभाइको जिद्दीका अघि उनको जोर चलेन। प्रस्ताव स्वीकारे। र, लेखक उज्ज्वल प्रसाईंले खगेन्द्रको जीवनी पुस्तक लेखे- एक बागी, खगेन्द्र संग्रौलाको साधना र संघर्ष।

आफ्नै पुस्तकको विमर्शमा शनिबार संग्रौला पोखराको हिमालय रिडर्स कर्नरमा उपस्थित थिए। उनले आफू लेखेर बाँच्ने लेखक नभई श्रीमतीको कमाइमा बाँचेको उनले सुनाए। भने, ‘यो पुस्तक पढेपछि मेरी श्रीमती र छोरी खुसी भए किनभने यहाँ उनीहरुको पनि नाम रहेछ।’

उनले कोही व्यक्ति एक्लै केही नबन्ने वरिपरिका मान्छे र उसको वैचारिकीले ऊ बन्ने बताउँदै आफ्नो लेखकीय व्यक्तित्व निर्माणको जस श्रीमतीलाई सुम्पिए। 

जीवन जीवनकै खोजी भएको संग्रौलाले बताए। ‘जीवन जीवनकै खोजी हो, जीवन जीवनकै उत्खनन् हो, जीवन जीवनको उद्घाटन हो,’ उनले भने, ‘अनेक ठेस र ठक्करहरुको विभिन्न संयोग हो।’ उनले जीवन के हो भन्ने थाहा भए यसको अस्तित्व नै नहुने सुनाए। 

जिन्दगीमा लेख्न र पढ्नबाहेक केही नजानेको सुनाउँदै उनले आफू जीवन लेख्न लायक नरहेको दोहोर्याए। उनले पुस्तकलाई जोगाउने भनेको विवेकलाई जोगाउनु भएको उल्लेख गरे। 

लेखक उज्ज्वल प्रसाईंले नेपालमा जीवनी खासै नलेखिएको भन्दै दुईचार पुस्तकको नाम लिए। ‘कुनै पनि व्यक्तिको महत्वलाई समातेर समाज बुझाउन जीवनी लेखिन्छ, मलाई यो जीवनी लेख्न साढे ६ वर्ष लाग्यो, राइटिङलाई रिभिजिट गरे, ६ वर्ष नेपाली समाजकै अन्वेषण गरे। प्रसाईंले भने, ‘अरु ३/४ सय पेज लेख्न सकिन्थ्यो, छुट्यो।’ 

कवि कल्पना चिलुवाल, लेखक गनेस पौडेल र अनुसन्धाता शेखर पराजुलीले बागीमाथि विचार राखेका थिए। बागीमा तत्कालीन सामाजिक राजनीतिक परिवेश आएको चिलुवालले बताइन्। ‘किताबले त्यो बेलाको समय बुझ्न सहयोग गरेको छ,’ चिलुवालले भनिन्, ‘पुस्तकमा खगेन्द्र संग्रौलालाई मात्र पढ्दैनौं, तत्कालीन सामाजिक संस्कार, राजनीतिक परिवेश पढ्दै जान्छौं।’ 

Ncell 2
Ncell 2

संग्रौला पञ्चायतकालदेखि नै बागी लेखकका रुपमा परिचित रहेको उनको भनाइ थियो। पुस्तकमा संग्रौलाको प्रशंसासँगै आलोचना पनि गरिएको कवि चिलुवालले जानकारी दिइन्। ‘पुस्तकमा संग्रौलाको प्रशंसा मात्रै गरिएको छैन, कटु आलोचनाहरुलाई हुबहु राखिएको छ। किताब प्रशंसाको पुलिन्दा मात्रै बनेको छैन,’ उनले भनिन्। 

यो पुस्तक अनुसन्धानको उपज भएको अनुसन्धाता पराजुलीले बताए। ‘राजनीतिक र सामाजिक परिवेशको विशद व्याख्या छ, यो किताब अनुसन्धानको उपज हो भन्न कुनै दकस मान्नु पर्दैन,’ उनले भने। 

ठूलो क्यानभासमा चित्र कोरेजस्तो गरी लेखकले संग्रौलाको जीवनी लेखेको अनुसन्धाता पराजुलीले सुनाए। पुस्तकमा संग्रौलाको कमजोरीहरु पनि समेटिएकाले प्रशंसाको पुलिन्दा नभएको उनको भनाइ थियो। 

अनुसन्धाता पराजुलीले खगेन्द्र संग्रौला निडर लेखक रहेको बताए। ‘उहाँको जरो र किलो विचारमा छ, निश्चित जीवन दर्शन छ, देखेको कुरा लेखिहाल्ने उहाँ ब्रह्मले देखेको लेखिहाल्ने निडर लेखक हुनुहुन्छ,’ उनले भने, ‘लोकतन्त्र सबैका लागि बराबरी हुनुपर्छ भन्ने विचार उहाँमा छ।’ 

संग्रौलाको लेखनमा नेपाली रैथाने बोलीको बेग्लै किसिमको कौशल रहेकाले लेखन मिठो हुने पराजुलीले सुनाए। ‘उहाँको लेख पढेर गाली गर्न सकिन्छ, प्रशंसा गर्न सकिन्छ तर बेवास्ता गर्न सकिन्न,’ उनले भने। लेखक गनेस पौडेलले अरुलाई आलोचना गर्ने संग्रौलामा आफ्नो आलोचना सुन्ने खुबी रहेको सुनाए।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्