• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
गण्डकीमा माओवादीका उम्मेदवार: प्रचण्ड बाहेक सबैलाई कांग्रेसको भर
64x64
रिखिराम जिसी बुधबार, कात्तिक १६, २०७९  ०७:१३
1140x725

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्छन्। यसअघि लडेका ३ वटै संसदीय निर्वाचनमा प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। यस पटक पनि सोही नियति दोहोरिएको छ। 

अघिल्लो संसदीय निर्वाचनमा चितवन- ३ बाट विजयी हुँदै संसद् छिरेका उनी यसपालि भने गोरखा- २ पुगेका छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड चितवन- ३ बाट ४८ हजार २ सय ७६ मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याएका थिए। 

पटक-पटक चितवन- ३ बाट उठ्ने भाषण दिएका प्रचण्ड मनोनयन दर्ता गर्ने बेलासम्म आफ्नो अडानमा टिक्न सकेनन्। उनी उठ्ने भएपछि गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बाटो खाली गरिदिए।

यसअघि प्रचण्डले २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा- २ र काठमाडौं- १० बाट जित हासिल गरेका थिए। २०७० को निर्वाचनमा सिरहा- ५ बाट झिनो अन्तरले विजयी हुँदा काठमाडौं- १० बाट भने पराजित हुन पुगे। 

गत वैशाख ३० गते भएको स्थानीय तहको नजिता हेर्ने हो भने चितवन- ३ भन्दा गोरखा- २ प्रचण्डलाई सहज देखिन्छ। यही सहजता देखेर नै प्रचण्ड गोरखा- २ गएको धेरैको अनुमान छ।

केपी शर्मा ओलीको सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड नेपाली राजनीतिमा हलचल ल्याउन माहिर देखिन्छन्। केपी ओली सरकार ढालेर नेपाली कांग्रेसका शेरबहादुर देउवालाई सरकारको चाबी सुम्पिएका प्रचण्ड गठबन्धन गरेर चुनावी मैदानमा छन्। 

प्रचण्ड पूर्वप्रधानमन्त्री भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठकै समर्थनमा उनीहरुको क्षेत्रमा उम्मेदवार बनेका छन्। गठबन्धन बनाएर चुनावमा गएको माओवादी दोस्रो ठूलो पार्टी बन्ने दाउमा देखिन्छ।

माओवादीका प्रतिनिधि सभा प्रत्यक्षतर्फ गण्डकी प्रदेशमा ४ जना उम्मेदवार छन्।  प्रचण्ड गोरखाबाट उम्मेदवार बन्दा महासचिव देव गुरुङ लमजुङबाट उम्मेदवार बनेका छन्।

Ncell 2
Ncell 2

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ कास्की- ३ र नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल बागलुङ- २ बाट उम्मेदवार बनेका छन्।

गत स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने प्रचण्डको निर्वाचन क्षेत्र सुरक्षित देखिन्छ भने अन्य ३ जना उम्मेदवार कांग्रेसको भर पर्नुपर्ने देखिन्छ। 

प्रचण्ड सुरक्षित
स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार गोरखा- २ मा माओवादी केन्द्र पहिलो पार्टी हो। स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत अनुसार उक्त क्षेत्रमा माओवादीले २२ हजार २ सय ५०, नेपाली कांग्रेसले २१ हजार १ सय ३६, एमालेले ७ हजार ९ सय २६, जसपाले ७ हजार ५ सय ४ र राप्रपाले ८ सय ७८ मत प्राप्त गरेका छन्।

Gorkha_21667232887.jpg

माओवादी एक्लै सो क्षेत्रमा पहिलो स्थानमा छ। एमाले गठबन्धनबाट अन्य दलसँग मिल्दा पनि माओवादीभन्दा पछि हुन्छ। त्यस क्षेत्रमा माओवादीलाई कांग्रेस सहितका गठबन्धनका दलहरुको साथ रहेकाले फराकिलो मतान्तरसहित प्रचण्ड विजयी हुने देखिन्छ। 

सो क्षेत्रमा एमालेबाट अब्दुश मियाँले उम्मेदवारी दिएका छन्। उनी केही समयअघि मात्र विवेकशील साझा पार्टीबाट एमाले प्रवेश गरेका थिए। जनतामाझ नभिजेका प्रतिस्पर्धी भएपछि प्रचण्डको जित थप सहज बनेको माओवादी नेताहरूको बुझाइ छ।

‘दुई गुरुङ’को प्रतिस्पर्धा
माओवादी केन्द्रमा महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यका लागि लमजुङबाट चुनावी मैदानमा छन्। गठबन्धनबाट चुनावी मैदानमा होमिएका गुरुङलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एमालेका पृथ्वीसुब्बा गुरूङ चुनौती बनेका छन्।

Lamjung1667232889.jpg

अघिल्लो निर्वाचनमा एउटै गठबन्धनबाट विजयी भएका यी दुई गुरुङको प्रनिस्पर्धा निकै रोचक हुने देखिएको छ। २०७४ सालको निर्वाचनमा प्रदेश सभामा जितेर गण्डकी प्रदेशको मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरूङ अहिले संघमा लड्दै छन्।

यसअघि २०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट प्रतिनिधि सभाका लागि लमजुङबाट देव गुरुङ र सोही गठबन्धनबाट प्रदेश सभामा लमजुङ प्रदेश सभा ‘ख’बाट पृथ्वी निर्वाचित भएका थिए।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले ४० हजार १ सय ९७, कांग्रेसले ३५ हजार २ सय ७६, माओवादीले ६ हजार १ सय २७, राप्रपाले १ हजार १ सय ८४ र जसपाले १ सय ९० मत ल्याएका छन्।

स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको नतिजाअनुसार सिंगल-सिंगलमा एमाले अगाडि छ। तर माओवादी-कांग्रेस गठबन्धनसहित चुनावी मैदानमा छन्। माओवादीबाट उम्मेदवार बनेका गुरुङलाई जित्न भने कांग्रेसको भर पर्नुपर्ने देखिन्छ। 

देवेन्द्रलाई गठबन्धनकै भर
अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट विजयी हुँदै मन्त्री बनेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल पुनः सांसद बन्ने लक्ष्यसहित बागलुङ क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा छन्।

२०७४ सालको चुनावमा उनले कांग्रेस उम्मेदवार नरबहादुर पुनलाई ८ हजार ९ सय २२ मतान्तरले हराएका थिए। पौडेलले २८ हजार ८ सय २७ मत र कांग्रेसका पुनले १९ हजार ९५ मत प्राप्त गरेका थिए। 

Baglung_21667232887.jpg

कांग्रेसलाई हराएर मन्त्री बनेका पौडेल अहिले कांग्रेसकै गठबन्धनमा चुनावी मैदानमा छन्। उनको प्रतिस्पर्धीको रुपमा एमालेकी मञ्जु शर्मा चालिसे छिन्। एमालेकी उम्मेदवार मञ्जुले गत स्थानीय चुनावमा गल्कोट नगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उठेर एक्लै ३ हजार ५ सय मत ल्याएकी थिइन्।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमालेले १९ हजार ३०, कांग्रेसले १७ हजार ७५१, माओवादीले ९ हजार ७५१, राजमोले ६ हजार ६७८, नेकपा एसका उम्मेदवारले ३८८ मत प्राप्त गरेका छन्।

सो निर्वाचनको मतका आधारमा एमाले पहिलो शक्ति हो। माओवादी तेस्रो स्थानमा छ। माओवादीलाई कांग्रेस सहितको गठबन्धनको साथ रहँदा एमाले एक्लै छ। जसले गर्दा चुनाव थप रोचक हुने देखिएको छ। 

रामजीलाई कांग्रेसकै भर 
२०७४ को प्रदेश सभा निर्वाचनबाट कास्की- ३ ‘क’बाट निर्वाचित भएका माओवादी नेता रामजीप्रसाद बराल ‘जीवन’ अहिले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्।

गण्डकी प्रदेशका अर्थमन्त्री भइसकेका बरालले नेपाली कांग्रेसकी शारदा पौडेललाई २ हजारको मतान्तरले पराजित गरेका थिए। बरालले १५ हजार ८ सय २३ कांग्रेसकी पौडेलले १३ हजार ५७ मत प्राप्त गरेकी थिइन्। 

बराल अहिले प्रदेश सभाबाट प्रतिनिधि सभातर्फ आएका छन्। उनले प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट कास्की- ३ मा उम्मेदवारी दिएका छन्। उनीसँग एमालेका दामोदर बैरागी प्रतिस्पर्धी छन्। बराल सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार हुन्।

Kaski_3_Pratinidhi_sava_21667232889.jpg

सो निर्वाचन क्षेत्रमा २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार जगत विश्वकर्माले ३२ हजार ६ सय ९० मत ल्याएर विजयी भएका थिए। कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरेका थिए।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धन र एमालेको अवस्था प्रतिस्पर्धात्मक देखिन्छ। माओवादी पार्टीको तर्फबाट उम्मेदवार भएका बराललाई सो क्षेत्रमा आफ्नै पार्टीको आधार बलियो नहुँदा निर्वाचनमा जित्न चुनौतीपूर्ण हुने देखिन्छ। अर्थात्, बराललाई चुनाव जित्न कांग्रेसको भर पर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०७:१३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्