• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
गोठाटार गोलीकाण्ड सेट्टीको कनेक्सन देखिएपछि रसुवा कारागार पुगेर सोधपुछको तयारी,  हुण्डी धन्दा चलाउनेको पहिचान खुल्यो 
64x64
नारायण अधिकारी बिहीबार, असोज ६, २०७९  १२:२२
1140x725

काठमाडौं– सर्लाहीका थापाजी भनिने लाल मोहम्मद दर्जी हत्यामा जेलमा रहेका भारतीय नागरिक उदय सेट्टीसम्मको कनेक्सन देखिएपछि उनीमाथि अनुसन्धानको तयारी सुरु गरिएको छ। 

नख्खु कारागारबाट केही समय पहिला रसुवा कारागार पुर्‍याइएका सेट्टी र मोहम्मद हत्याका योजनाकार भारतीय नागरिक नितिन मदनको निरन्तर सम्बन्ध रहेको देखिएपछि सेट्टीमाथि अनुसन्धान प्रक्रिया सुरु गरिएको हो। रसुवा कारागार पुगेर प्रहरीको एक टोलीले सेट्टीमाथि अनुसन्धानका लागि प्रक्रिया सुरुको तयारी थालिसकेको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘मोहम्मदको हत्याका मुख्य योजनाकार नितिनको निरन्तर सम्पर्क सेट्टीसँग रहेको देखिएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको हो। सेट्टीमाथि अनुसन्धान गरेपछि केही नयाँ तथ्य खुल्न सक्छ भन्ने आशा हाम्रो छ’, प्रहरी स्रोतले भन्यो। 

भारतीय नागरिक नितिन भने लामो समयदेखि काठमाडौंमै बस्दै आएको र उनको मोबाइल नम्बरमा रसुवा कारागारबाट निरन्तर फोन सम्पर्क भएको देखिएपछि सेट्टी–नितिन कनेसक्न देखिएको थियो।

अनुसन्धानको क्रममा नितिन सेट्टीकै विश्वास पात्र भएको र उनकै निर्देशनमा काम गर्ने गरेको खुलेपछि प्रहरीले जेलमा रहेका सेट्टीमाथि अनुसन्धान अघि बढाएको हो। सेट्टीकै निर्देशनमा यो समूहले काठमाडौंमा हुण्डीको धन्दा चलाउने र ठूलो कमिसन लिने गरेको अनुसन्धानबाट खुलेको छ। 

रसुवा कारागारमा रहेका भारतीय नागरिक सेट्टी अपहरण घटनामा पक्राउ परेर जेल बसेका व्यक्ति हुन्। अपहरणका मुख्य नाइके अमर टण्डन पक्राउ परेपछि त्यसको बिडो सेट्टीले धान्दै नेपालमा अपहरण श्रृंखला नै चलाएका थिए। २०६६ सालमा तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले सेट्टीसहितका व्यक्तिलाई पक्राउ गरेको थियो। त्यसयता उनी जेलमै छन्। 

Gothataar_Murder_Case_2nd_story1663755862.jpg

नितिन लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए। उनका दाई र आमा अहिले पनि काठमाडौंमै बस्छन्। मोहम्मद हत्यापछि उनी भने फरार छन्। वसन्तपुरमा बस्दै आएका नितिन मोहम्मद हत्याको केही समय पहिलामात्रै भोटेबहालमा डेरा सरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी उच्च स्रोतका अनुसार नितिनका दाजुमाथि प्रहरीले यो घटनाका बारेमा सोधपुछ समेत गरिरहेको छ।

Ncell 2
Ncell 2

हत्याका योजनाकार नितिन र उनीसँगै सुटर रहेको फुटेज पनि प्रहरीले हात पारेको छ। सेतो सर्ट, खैरो क्याप टोपी, कालो झोला बसेर होटलको लबीमा नितिनसँगै उभिएको अवस्थामा फुटेज प्रहरी फेला पारेको छ। उक्त फुटेजलाई पनि केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।  

सोमबार साँझ ६ बजेर ४५ मिनेटतिर बा ६ च ५१५२ नम्बरको कारमार्फत् गोठाटारमा रहेको आफ्नो गार्मेन्ट पसलमा आइपुगेका बेला रातो रङको सर्ट लगाएका व्यक्तिले मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेका थिए। सुटरले उनलाई लडाएर छाती, कन्चट, टाउकोमा गरी चार राउण्ड गोली प्रहार गरेका थिए।

हुण्डी धन्दा चलाउनेको पहिचान खुल्यो 
मोहम्मद हत्याका मुख्य योजनाकार नितिन काठमाडौंमा बसेर हुण्डी धन्दा चलाउने गरेका थिए। तर, यसका मुख्य नाइके भने भारतमै बसेर काठमाडौंमा हुण्डीको गिरोह चलाउने गरेको खुलेको छ।  

ती व्यक्ति हुन् गुलाम जिलानी खान। भारत दिल्लीमा बसेर उनी नेपालमा हुण्डीको धन्दा सञ्चालन गर्नेको मुख्य नाइके रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिलानी खानकै निर्देशनमा काठमाडौंमा बसेर नितिन र मोहम्मदले काम गर्ने गरेको प्रहरीको दाबी छ। 

उनै जिलानी खानको हुण्डीको रकम ७० लाख नेपाली र ३० लाख भारु करिब एक वर्ष अघि काठमाडौंबाट लुटिएको थियो। लुटिएको उक्त रकम हुण्डीको भएकाले पीडितले समेत प्रहरीलाई खबर गर्न सकेका थिएनन्।

हुण्डीको उक्त रकम मोहम्मदले नै लुटेर लगेकोे नितिन र जिलानी खानको बझुाइ रहेको थियो। रकम नै लुटेर लगेपछि भएको खटपटबाट सुरु भएको द्वन्द्वको कारण मोहम्मदको हत्या भएको हुनसक्ने प्रहरी प्रारम्भिक निष्कर्ष छ।   

मोहम्मदको हत्या गर्न नितिनले नै गोठाटारको मोहम्मदको डेरा नजिकै कोशिपारी गेष्टहाउसमा भाडामा सुटर राखेको खुलेको छ। जितन खानको नाममा कोठा बुक गरेर गेष्टहाउसमा बसेर रेकी गरिसकेपछि मोहम्मदको हत्या भएको प्रहरी निष्कर्ष छ। 

हुण्डीको धन्दा सञ्चालन गर्ने मुख्य नाइके जिलानी खानले नेपालबाटै विवाह गरेकाले उनी पनि पटक–पटक नेपाल आउने र क्यासिनोमा गएर जुवा खेल्ने गरेकोसम्मको रिपोर्ट प्रहरीले प्राप्त गरेको छ। 

थप सामग्री :
गोठाटार गोलीकाण्ड: जुवा खालबाट पक्राउ परेका नितिन मदनले बनाएका थिए मोहम्मद हत्याको योजना?
गोठाटारमा मारिएका मोहम्मद: नक्कली भारुको कारोबार, काठमाडौंमा बलरामको हत्या र पाकिस्तानी एजेन्टलाई फोन
गोठाटार गोलीकाण्ड अनुसन्धान गर्न विशेष समिति गठन
गोठाटार गोली काण्ड : विवादास्पद पृष्ठभूमिका मोहम्मदको हत्या गर्ने को हुन्?
गोठाटारमा गोली प्रहारबाट घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु
पल्सर मोटरसाइकलमा आएका २ जनाले चलाएका थिए गोठाटारमा गोली
काठमाडौंको गोठाटारमा गोली चल्यो

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्