• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
गोठाटारमा मारिएका मोहम्मद: नक्कली भारुको कारोबार, काठमाडौंमा बलरामको हत्या र पाकिस्तानी एजेन्टलाई फोन
64x64
नारायण अधिकारी बुधबार, असोज ५, २०७९  १२:४८
1140x725

काठमाडौं– सर्लाहीका थापाजी भनिने लाल मोहम्मद दर्जी हत्याको कारण खोज्न १५ वर्षअघि (२०६४ असार २० गते) भएको बलराम पटुवाको हत्यासम्मको घटनासम्म पुग्नुपर्ने देखिएको छ। 

मोहम्मद हत्याको अनुसन्धानमा जुटेको प्रहरी टोलीले उनको विगतको पृष्ठभूमिदेखि बलराम हत्यासम्मको फाइल पल्टाएर अनुसन्धानलाई अघि बढाएको छ। अनुसन्धानका क्रममा नयाँ–नयाँ तथ्यहरु फेला पर्दै गएका छन्।

बलराम हत्या घटनामा पक्राउ परेका तथा हाल मारिएका मोहम्मदको त्यतिबेलाको बयान, प्रहरी अनुसन्धान रिपोर्ट, हत्यामा संलग्न अन्य व्यक्तिहरुको बयान, सबूद प्रमाणलगायतका आधारमा त्यतिबेलाको बलराम हत्यामा पनि अन्तरदेशीय अपराध जोडिएको देखिएको छ। 

हाल मारिएका मोहम्मद, मोहम्मदकै समूहबाट मारिएका बलराम थापा, उपेन्द्र चौधरी, मुन्ना खान, वाहिद, असरफ अली समेतका व्यक्ति मिलेर नक्कली भारुको कारोबार गर्दै आएका थिए।

यी व्यक्तिहरुका लागि नक्कली भारु नोट नेपालमै छपाइ नभएर बंगलादेश र पाकिस्तानबाट आउने गरेको थियो। नक्काली भारु नोट नेपाल आइसकेपछि त्यसको वितरण गर्ने मुख्य जिम्मा मोहम्मदको थियो।

मुन्ना खानको गुटमा बलराम पटुवा र उपेन्द्र चौधरी देखिन थाले। बलराम र उपेन्द्र मुन्नाप्रति झनै बफदार बने। यो कुरा मोहम्मदलाई मन परेको थिएन। अर्कै गुटबाट धन्दा चलाउन सुरु गरेको र आफूहरुविरुद्ध गतिविधि गर्न थालेपछि बलरामबाट मोहम्मद समूहले असुरक्षित महसुस गरेको थियो। अनि मोहम्मद समूहको टार्गेटमा परेका थिए बलराम। 

बलरामलाई मार्ने योजना बनाएर ५ लाख नक्कली भारु चाहिएको छ भन्दै २०६४ असार २० गते बानेश्वरस्थित रामप्रसाद शाहको पसलमा ल्याइदिन भनेर बोलाउने र बलरामलाई आजै मार्ने भन्दै मोहम्मदले फोनमार्फत् मुन्नालाई समेत जानकारी गराएका थिए। 

त्यसपछि मोहम्मद आफैं रामप्रसादको पसलमा गएर बलरामलाई भेटी मेलम्ची खानेपानीको अफिस अगाडि लगे। उक्त ठाउँमा पहिला नै वाहिद, मुन्ना र असरफ अली बसिसकेका थिए। ‘भारु आउन ढिलो भयो’ भन्दै मोटरसाइकलमा बलरामलाई धोविखोला किनारमा पुर्‍याएर ४ राउण्ड गोली हानी मोहम्मदको समूहले हत्या गरेको थियो। 

Ncell 2
Ncell 2

पाकिस्तानमा रहेको ‘बोस’ लाई जानकारी

हत्यापछि कुरो यत्तिमै सकिएन। बलराम हत्याको जानकारी पाकिस्तानमा रहेको ‘बोस’ लाई समेत गराएको बयान त्यतिबेला मोहम्मदले प्रहरीसमक्ष नै दिएका थिए। 

‘बलरामको हत्या गरेपश्चात् मैले पाकिस्तानमा बोसलाई फोन गरी हामीले बलरामलाई मार्‍यौं भनि जानकारी गराएको हुँ’, मोहम्मदले बयानमा भनेका थिए। 

मोहम्मदको बयानलाई मात्रै आधार मानेर पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) सँग जोडेर मोहम्मदलाई हेर्दा पुष्टि हुने आधार कम हुन्थ्यो। तर, प्रहरी यतिमै रोकिएन। मोहम्मदको बयानबाट चकित भएको प्रहरीले थप अनुसन्धान गर्दा उक्त कुरा पुष्टि हुने आधार भेटायो। 

बलरामको हत्यापछि उनकै मोबाइल ९८०३४५४०७७ बाट मोहम्मदले राति ९ बजेर १८ मिनेटमा कान्तिपुर टेलिभिजनको ०१–४४६६३०० मा फोन समेत गरेको अनुसन्धानबाट पुष्टि भएको थियो। 

मोहम्मदले चलाउने गरेको ९८०३४५७६२७ को मोबाइलबाट पाकिस्तानको फोन नम्बर ००९२–३०६२८५९०५४ मा बलरामको हत्या गरिएपछि २०६३ असार २० गते राति ८ बजेर ३८ मिनेटदेखि ८ बजेर ४२ मिनेटसम्म गरी ४ मिनेट कुराकानी भएको कल स्टेटमेन्टबाट प्रहरीले पुष्टि गरेको थियो। 

पाकिस्तानी बोसलाई फोन गरेर बलरामको हत्याको जानकारी दिएको भन्ने मोहम्मदले बयानलाई कल स्टेटमेन्टले पुष्टि गरेपछि अनुसन्धानमा खटिएको प्रहरी टोली नै चकित भएको थियो। त्यतिबेला अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पाकिस्तानी बोस भन्दै उनले आईएसआईका एजेन्टलाई फोन गरेर बलराम हत्याको जानकारी गराएका थिए। 

बलरामको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतले मोहम्मदलाई जन्म कैदको सजाय सुनाएको थियो। त्यसपछि उनी उच्च हुँदै सर्वोच्च पुगे पनि जिल्लाकै फैसला सदर भएको थियो। वरिष्ठ अधिवक्ता शम्भु थापादेखि देव मैनाली सम्मले मोहम्मद निर्दोष रहेको भन्दै बहस समेत गरेका थिए। 

जन्म कैदको सजाय तोकिएका उनै मोहम्मद २०७४ सालमा कैद माफी मिनाहा पाएर छुटेका थिए। जेलबाट छुटेको ५ वर्षपछि सोमबार साँझ काठमाडौंको गोठाटारमा उनको गोली हानी हत्या गरिएको छ। 

मोहम्मदको हत्याको कारण बलराम हत्याको अनुसन्धान गर्दा खुलेका तथ्यहरुसँग जोडेर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। नक्कली भारुको कारोबार गर्नु, पाकिस्तानी खुफिया एजेन्सी आईएसआई तथा पाकिस्तानकै संरक्षणमा रहेका अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट भएर काम गर्नु र बलरामको हत्यापछि पाकिस्तानमा रहेका आईएसआईका एजेन्टलाई फोन गरेर हत्याको जानकारी गराउनुसम्मका गतिविधिले मोहम्मद भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस विंङ (रअ) को टार्गेटमा परेको हुनसक्ने प्रहरीको विश्लेषण छ।

अर्कोतर्फ प्रहरीले भारतीय 'रअ' को हात रहेका भनिएका घटनासँग यो घटनाको प्रकृति पनि मिलेकाले 'रअ' सम्मको संलग्नता हुनसक्ने आकलन गरेको छ। पूर्वडीआईजी हेमन्त मल्ल पनि मुस्लिम अगुवा मारिएका यसअघिका हत्या र अहिलेको हत्या एकै प्रकृतिको देखिएकाले जोडेर हेर्नुपर्ने बताउँछन्। 

बा ६ च ५१५२ नम्बरको कारमार्फत् सोमबार साँझ पौन ७ बजेतिर गोठाटारमा रहेको आफ्नो गार्मेन्टको पसलमा आइपुगेका बेला रातो रङको सर्ट लगाएका व्यक्तिले मोहम्मदमाथि गोली प्रहार गर्न सुरु गरेको सीसीटीभी फुटेजमा देखिन्छ। सुटर उनलाई लडाएर छाती, कन्चट, टाउकोमा गरी ४ राउण्ड गोली प्रहार गरी फरार भएका थिए।

घटनामा संलग्नको पहिचान प्रहरीले अहिलेसम्म गर्न सकेको छैन। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिति गठन गरेर अनुसन्धान सुरु गरिएको छ। 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्