• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
‘सुरक्षा थ्रेट’को स्थितिमा कसरी पुगे त्रिवि उपकुलपति?
64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, भदौ १५, २०७९  २०:४१
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिविका पदाधिकारीलाई असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग निजी सुरक्षा अधिकृत (पीएसओ)को माग गरेका छन्। 

गत शुक्रबार आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिविका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरे। 

त्रिवि उपकुलपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीलाई त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गरिरहेकाले सुरक्षा माग्नुपर्ने स्थिति आएको छ।

दैनिक कार्यालय र सार्वजनिक काममा उपस्थित हुँदासमेत भौतिक रूपमा नै आक्रमण हुने सम्भावना रहेकाले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलाई दुई/दुईजना निजी सुरक्षा अधिकृत (पीएसओ)को व्यवस्था गरि शान्तिपूर्ण रूपमा कामकारबाही गर्ने वातावरण मिलाइदिन भनिएको छ।

आइतबार त्रिवि परिसरमा पत्रकार सम्मेलन गर्दै त्रिवि पदाधिकारीहरूले तालाबन्दी र तोडफोड निरन्तर गरिएका कारण आफूहरूलाई काम गर्नै कठिन भएको र अप्रिय निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय, रेक्टर, रजिष्ट्रार, म्यानेजमेन्टको डीन र कृषि डीन गरी ६ वटा कार्यालयमा तालाबन्दी जारी रहेको छ।

त्रिविका उपकुलपति बाँस्कोटाले आवश्यक भएरै सुरक्षा मागिएको दाबी गरे। ‘विश्वविद्यालय विश्वविद्यालय जस्तो छ कि छैन तपाईंहरूले  देखिरहनु भएकै होला’, बाँस्कोटाले नेपाल लाइभसँग भने। 

हुबहु प्रश्नपत्र निकाल्नेलाई छानबिनको माग 
नेपाल विद्यार्थी संघ त्रिविले उपकुलपति बाँस्कोटालाई हुबहु प्रश्नपत्र निकाल्ने काममा संग्लग्नहरूको नाम सार्वजनिक गर्न भन्दै मुख्य माग राखेको थियो।

Ncell 2
Ncell 2

त्रिवि प्रश्नपत्रमा हुने लापरवाही बन्द गर्नुपर्ने, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने, बीबीएको प्रश्नपत्रमाथि छानबिनका लागि पूर्वप्राध्यापकहरूलाई नियुक्त गर्नुपर्ने, विश्वविद्यालयको मर्यादा कायम गर्नुपर्ने जस्ता शैक्षिक माग मात्रै आफूहरूले अघि सारेको नेविसंघ त्रिविका सचिव योगेन्द्र रावल बताउँछन्। ‘हामीले पटकपटक त्रिविका सम्बन्धित निकायसँग वार्ता, सम्वादको लागि पहल गर्‍यौं। तर, हाम्रा मागहरू त्रिविले कुल्चिएको छ’ सचिव रावलले भने। 

‘नेविसंघबाट कुनै असुरक्षा छैन’ 
नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले नेपाल विद्यार्थी संघबाट त्रिविका कुनैपनि पदाधिकारीहरूलाई असुरक्षा नभएको दाबी गरे। आनन्दको जीवनशैली जिउन र  दुनियाँलाई देखाउनका लागि उनीहरूले अनावश्यक बखेडा झिकेको रावलको आरोप छ। 

‘विश्वविद्यालयमा कसले आजसम्म बन्दुक ल्याएर आएको छ र? उहाँलाई सुरक्षा चाहियो?’, रावलले भने, ‘उहाँले सच्चिने हो। सुध्रिने हो। उहाँहरू सुध्रिने हो भने त उहाँहरूको सुरक्षाकर्मी भनेकै हामी विद्यार्थी हौं। शिक्षक विद्यार्थीको सम्बन्ध त सुमधुर हुनुपर्छ।’

केही दिनमात्र पहिले १५ जना डीएसपीको कमाण्डमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरेर विद्यार्थीहरूलाई नियन्त्रण लिएको सचिव रावलले आरोप लगाए। 

रावलले भने, ‘हिजोको राजाजस्तो, नवसम्भ्रान्त बन्न खोज्ने? विश्वविद्यालय राजा बन्ने ठाउँ हैन। यो उच्च शिक्षा हासिल गर्ने ठाउँ हो। विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र भइसके।’

अनेरास्ववियु भन्छ– नेविसंघको क्रियाकलाप खेदजनक
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले भने त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गर्ने क्रियाकलाप खेदजनक भएको बताएको छ। त्रिविमा लगाएका ताला फोड्नुपर्ने, शैक्षिक संस्थालाई बन्धक बनाउन नहुने र उच्छृंखल गतिविधि गर्न नहुने भन्दै अखिल नेविसंघविरुद्ध उत्रिएको थियो। 

अनेरास्ववियु त्रिविका अध्यक्ष शम्भु भट्टले शैक्षिक संस्था र शैक्षिक सुधारका लागि अनेरास्ववियु अग्रस्थानमा रहेको दाबी गरे। नेविसंघले विश्वविद्यालयमा तालाबन्दी गर्नुको भित्री रहस्य अलग्गै रहेको उनको आरोप छ। 

भट्टले भने, ‘तालाबन्दी जुन उद्देश्यका लागि गरिएको हो त्यही उद्देश्यका लागि भए त ठीकै हुन्थ्यो। तालाबन्दीसँग टेबुलमुनिका माग अलग छन्।’

हरेक समस्याको माग तालाबन्दी नभएको उनी बताउँछन्। नेविसंघले त्रिविमा तालबन्दी गरेर विश्वविद्यालयलाई बन्धक बनाएको भट्टले आरोप लगाए। 

‘त्रिविका पदाधिकारीको असक्षमताका कारण विश्वविद्यालय धरापमा’ 
प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल भने विद्यार्थीका जायज मागको पक्षमा उभिएको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय देशको उच्च शिक्षा प्रदान गर्ने सबैभन्दा पुरानो एवं ठूलो प्रतिष्ठित प्राज्ञिक संस्था भएकाले यसलाई राजनीतिक दाउपेचको केन्द्र बनाउन नहुने भनेको छ।

त्रिविका वर्तमान पदाधिकारीहरूले विश्वविद्यालाई राजनीतिक नेतृत्वको संरक्षणमा बन्धक बनाएको संघको आरोप छ। त्रिविका कुनैपनि गतिविधि शैक्षिक गुणस्तरको पक्षमा नरहेको संघको आरोप छ। 

शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने, त्रिवि सभाले गरेका निर्णयहरू कार्यान्वयन गर्नुपर्ने, परीक्षालाई व्यवस्थित गर्नुपर्ने, केही महिनाअघिका परीक्षामा भएको लापरबाहीको स्वतन्त्र छानबिन समिति गठन हुनपर्नेलगायतका समस्या समाधान गर्न त्रिवि असफल प्राध्यापक संघको आरोप छ।

उपकुलपतिको पक्षमा एमाले 
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिविका उपकुलपति बाँस्कोटाको पक्षमा उभिएका छन्। नेविसंघले लगाएकाे ताला फोड्नेदेखि बाँस्कोटाको बचाउमा अनेरास्ववियु लागेकै थियो। तर,  पछिल्लो समय उसको मााउपार्टी एमाले पनि बचाउमा लागेको छ। 

एमाले नेतृत्वको सरकारले प्राडा बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेको थियो। सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविका उपकुलपतिको बचाउ गरे।

ज्ञवालीले त्रिविमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराए। ज्ञवालीले त्रिविमा सत्ताको आडमा गुण्डागर्दी भइरहेको आरोपसमेत लगाए। त्रिविमा देखिएको बेथितिमाथि संसद्‌मा धारणा राखेका ज्ञवालीले त्यहाँ देखिएको समस्या कांग्रेसनिकट विद्यार्थी संगठनका कारण उब्जिएको भन्दै त्यो समस्याको तत्काल समाधान गर्न माग गरे।

‘तीन वर्षमा ३०० दिन तालाबन्दी भएपछि र पढाउन गएका प्राध्यापकमाथि सांघातिक आक्रमण गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी मुद्दा नचलाएपछि विश्वविद्यालय कसरी चल्छ? शिक्षाको गुणस्तर कसरी कायम हुन्छ? यो असाध्यै गम्भीर प्रश्न हो’, ज्ञवालीले भने, ‘यस विषयमा न कुलपति (प्रधानमन्त्री) बाेल्नुहुन्छ, न सहकुलपति (शिक्षामन्त्री) बोल्नहुन्छ, न गृहमन्त्रीले कुनै जवाफ दिनुहुन्छ। विश्वविद्यालयमाथि हमला गर्नु सरकारको नियत के हो? विश्वविद्यालयको कार्यालय बूढानीलकण्ठ नै लान खोजिएको हो?’ ज्ञवालीले प्रश्न गरे। 

एमाले सांसद ज्ञवालीले त्रिविका समस्या समाधानका सन्दर्भमा सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरेका थिए। ज्ञवालीले गराएको ध्यानाकर्षण अनुसार सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका थिए।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास पूर्वयुवराज्ञी हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि जुम्ला पुगेका छन् । उनीहरू शनिबार जुम्ला पुगेका थिए । शिलान्यास कार्यक्रममा बोल्द... आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र इजिप्टबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा... आइतबार, जेठ २५, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्