• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
काठमाडौंमा स्मार्ट पार्किङ : करोडौंको हिसाब गोलमाल
64x64
सुरेन्द्र बजगाईं सोमबार, भदौ १३, २०७९  २१:४१
1140x725

काठमाडौं– पछिल्लो केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भवन निर्माण गर्दा पार्किङको लागि भनेर स्वीकृति  लिएर अन्य प्रयोजनमा प्रयोग भै रहेका स्थानहरु खाली गराउन सक्रिय छन्। 

बालेन डोजर नै लिएर पार्किङको स्वीकृति लिएको तर अन्य प्रयोजन लगाएका स्थानहरु खाली गराउन निकै सक्रिय देखिएका छन्। उनको यो कार्यको धेरैले प्रशंसा गरेका छन्। 

व्यापारिक प्रयोजनको लागि बनेका कम्प्लेक्सहरूको बेसमेन्ट खाली गराइरहँदा महानगर आफैंले ठेक्कामा दिएको ‘स्मार्ट पार्किङ’ मा भने मेयर बालेनको ध्यान पुगेको देखिँदैन। महानगरले २०७५ सालमै न्यूरोडस्थित खिचापोखरी र दरबार मार्गको व्यस्त सडक नै ओगटेर स्मार्ट पार्किङको लागि स्वीकृति दिएको थियो। 

बाह्रै महिना खचाखच हुने न्यूरोड र दरबार मार्ग क्षेत्रमा सवारी साधनलाई भने पार्किङका लागि ठाउँ पाउन मुश्किल हुन्छ। सवारीसाधन लिएर किनमेल गर्न त्यहाँ पुग्ने सेवाग्राही पार्किङ गर्न अर्को सवारीसाधन नहिँडुञ्जेल कुरेर बस्न बाध्य छन्। 

खिचापोखरीमा मात्रै होइन ताम्राकार कम्प्लेक्स भएको स्थान, प्युखा मार्ग, विशाल बजारबाट इन्द्रचोक जाने सडक र धर्मपथलगायतका ठाउँमा पनि यसैगरी पार्किङमा खचाखच सवारीसाधन राखिएको देख्न सकिन्छ। यहाँ पनि सेवाग्राहीहरुको समस्या पार्किङ गर्न पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको छ।

अझ दरवार मार्गमा समेत 'स्मार्ट पार्किङ' को व्यवस्था छ। यहाँ ‘स्माट पार्किङ’ का लागि ‘ह्विल्स ट्रुली योर्स' (Wheels Truly Yours) नामक कम्पनीलाई ठेक्का दिइएको छ। दरवार मार्ग क्षेत्र दिनमा मात्रै हैन रातमा पनि भिडभाड हुने स्थान हो। उक्त क्षेत्रमा बिहानदेखि बेलुका अबेरसम्म आफ्नो यातायातको साधन लिएर जाने मानिसले पार्किङको लागि स्थान पाउन  पनि मुश्किल पर्छ। 

काठमाडौं महानगरपालिकाले माथि उल्लेखित स्थानहरुमा ‘स्मार्ट पार्किङ’ भन्दै निजी कम्पनीलाई दिएको हो। उक्त स्थानहरुमा महानगरभित्र सवारीसाधनको अव्यवस्थित चाप कम गर्ने उद्देश्यले चार वर्षअघि स्मार्ट पार्किङ सुरु गरेको थियो। महानगरपालिकाले ‘ह्विल्स ट्रुली योर्स’ सँग सहकार्य गरेर काठमाडौंमा स्मार्ट पार्किङको अवधारणा ल्याएको थियो।

यसरी सार्वजनिक बाटोहरुमा पार्किङको लागि तोकेको स्थानमा सवारी पार्क गरेको निश्चित शुल्क लाग्छ। उक्त स्थानमा दुई पांग्रे सवारीले एक घण्टाको २५ रुपैयाँ शुल्क तिर्नुपर्छ। 

Ncell 2
Ncell 2

यस्तै चारपांग्रे सवारीका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क तोकिएको छ। यसमा पनि समय बढ्दा शुल्क बढ्दै जाने ‘ह्विल्स ट्रुली योर्स’ का संस्थापक मध्येका एक शैलेजराज कुँवर बताउँछन्। यसरी स्मार्ट पार्किङको लागि भनेर निजी कम्पनीलाई दिएको स्थानमा त्यहाँका स्थानीय र व्यापारीले समेत पैसा तिर्नु परेको छ। 

KTM smart parking 51661788507.jpg

गैरकानुनी तरिकाले ठेकेदारलाई खरिखाने ठाँउमात्रै 
महानगरले पाइलट प्रोजेक्टका रूपमा २०७५ साल माघ ८ गते सुरु गरेको थियो। सम्झौता अनुसार सम्झौता भएको दुई वर्षसम्म प्रत्येक सवारीको २० प्रतिशत र देस्रो वर्षबाट ३० प्रतिशत शुल्क महानगरलाई बुझाउनु पर्ने उल्लेख छ। सम्झौतामा चार/चार महिनामा महानगरलाई पैसा बुझाउनु पर्ने भनिएकाे छ।  तर उक्त कम्पनीले ४ महिनामा ३० देखि ३५ लाख बुझाउने गरेको महानगरको राजश्व विभागका शिवराज अधिकारीले बताए । 

‘पहिलो २ वर्ष २० प्रतिशत र तेस्रो वर्षदेखि ३० प्रतिशत शुल्क महानगरलाई बुझाउनुपर्छ’ उनी भन्छन्, ‘यो स्मार्ट पार्किङको लागि पाइलट प्रोजेक्ट हो। तर खासै प्रभावकारी भएको छैन।’

राजश्व विभागका एक कर्मचारी स्मार्ट पार्किङ ‘ह्विल्स ट्रुली योर्स’ काे कमाइ खाने भाँडो बनेको आरोप लगाउँछन्। ‘त्यो कुनै ठेकेदारलाई गरिखाने ठाउँ मात्रै बनेको छ। पाइलट प्राेजेक्ट भनेपछि त त्यहाँ भएजस्तै अन्य स्थानमा पनि सुरु गर्नुपर्ने हो। तर अन्य स्थानमा सुरु नै गरिएको छैन,’ उनले भने ‘कहिं गाडी गुडाउनको लागि गरिएको पिच बाटोमा पार्किङ गर्छन् र? तर तत्कालीन नेतृत्वले त्यही ठिक भन्यो। आफ्नै कार्यालयले गरेको कुरा कसलाई भन्ने, के भन्ने?’

 काठमाडौं महानगरपालिका एक कर्मचारी भन्छन् - 'पार्किङ शुल्कमा नै मनोमानी भएको छ।

स्मार्ट पार्किङको यतिसम्म अव्यवस्था छ कि महानगरलाई दैनिक कति सवारी पार्किङ भए भनेर समेत थाहा हुँदैन। त्यहाँ पार्क गरिएको सवारीको शुल्क महानगरले ३० प्रतिशत पाउने भएपछि त थाहा हुनुपर्ने हो कि दैनिक कति सवारी साधन पार्क भए भनेर । 

पार्किङको ठेक्का पाएको ‘ह्विल्स ट्रुली योर्स’ ले कति रकम उठाउँछ भन्नेबारे महानगर बेखर छ। कूल आम्दानी नै कति हुन्छ भन्ने महानगरलाई थाहा छैन। नभएपछि उक्त कम्पनीले जति पैसा दियो त्यतिमा नै चित्त बुझाउनु परेको महानगरपालिका स्रोतले बतायो।

‘पार्किङबाट कति पैसा उठ्छ जानकारी छैन'

‘पार्किङबाट कति पैसा उठ्छ भन्नेबारे हामीलाई जानकारी हुँदैन’, महानगरका एक अधिकारी भन्छन्, ‘ह्विल्स ट्रुली योर्स’ ले जति उठाएर ल्याउँछ, त्यति नै होला।’ सम्झौतामा भने पार्किङ क्षेत्रमा भइरहेको गतिविधि महानगरले जानकारी पाउनेगरी प्रविधि लिंक गर्नुपर्ने उल्लेख छ।

सम्झौताको बुँदा नम्बर १६ मा भनिएको छ, ‘पार्किङ क्षेत्रमा भइरहेको गतिविधि महानगरले जानकारी पाउनेगरी प्रविधिमार्फत लिंक गर्नुपर्नेछ।’ सवारी पार्किङ भएको, खाली भएको वा बुकिङ भएकोबारे तत्काल जानकारी हुनेगरी डिजिटल प्रणालीमार्फत् (सर्भर मोबाइल एप्लिकेसन) गराउने व्यवस्थासमेत  गरिने सम्झौतामा छ। कुनै सवारी पार्किङ भएको, खाली भएको वा बुकिङ भएकोबारे तत्काल जानकारी हुनेगरी डिजिटल प्रणालीमार्फत् (सर्भर मोबाइल एप्लीकेसन) गराउने व्यवस्था गर्नुपर्ने भनिएकाे छ। 

तर, अवस्था भने ठीक उल्टो छ।  सम्झाैता भन्दा उल्टाे काम भएकाे महानगरका कर्मचारी स्वीकार गर्छन ।  पार्किङ क्षेत्रमा राखिएका डिजिटल बोर्डहरू कुनै टुटे-फुटेका छन्। कुनै बन्द छन्। चल्ने एक/दुईटा बोर्डमा पनि महानगरको सूचना आउँछ पार्किङबारे जानकारी आउँदैन। 

पार्किङस्थलमा कम्पनीका ७० भन्दा धेरै कर्मचारीले पार्किङ व्यवस्थापन गरिरहेका छन्। उनीहरूले नै शुल्क उठाउँछन्। तर, त्यसको रेकर्ड महानगरसँग हुँदैन। 

महानगरभित्र यसरी अव्यवस्थित रुपमा भएका पार्किङको बारे महालेखाले  समेत आफ्नाे प्रतिवेदनमा प्रश्न   उठाएको थियो। तर पाइलट प्रोजेक्ट भनेर तोकिएको समयसम्म चल्न दिने निर्णय भएको महानगरका एक कर्मचारी बताउँछन्।

‘खरिद ऐनले नै प्रतिस्पर्धा गराएर ठेक्कामा दिनुपर्ने उल्लेख छ। त्यसो भएको भए सम्झौता एक पक्षीय हुँदैनथ्यो। विभिन्न कम्पनीहरु आएर प्रतिस्पर्धा गर्न पाउँथे,’ उनले भने ‘जसले धेरै पारदर्शी बनाउँछ र जसले महानगरलाई पनि धेरै शुल्क बुझाउँछ, त्यसैले ठेक्का पाउँथ्यो। तर एउटा मानिसलाई कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको छ।’

KTM smart parking (2)1661788329.jpg

KTM smart parking (3)1661788329.jpg

KTM smart parking (4)1661788330.jpg

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २१:४१
  • #काठमाडौं-महानगर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्