• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
वैदेशिक रोजगारीमा ठगी ‘पैसा फिर्ता पाइनँ भने आमालाई कसरी मुख देखाउने?’
64x64
सुरेन्द्र बजगाईं सोमबार, साउन २३, २०७९  १०:११
1140x725

काठमाडौं– २१ वर्षीय वीरेन्द्र भट्ट पढ्नकै लागि भनेर बैतडीदेखि काठमाडौँ आए। काठमाडौंको एक कलेजबाट प्लस टु सम्मको अध्ययन पुरा गरे। घरबाट आमाले पठाएको पैसाले काठमाडौंमा पढ्न र डेरा भाडा तिर्न धौ–धौ भयो। कामको खोजीमा लागे। कामसँगै स्नातक पढाइलाई पनि अगाडि बढाउँदै थिए। 

पढाइभन्दा घरको ऋणले च्याप्दै थियो। त्यसैले उनी २१ वर्षकै उमेरमै विदेश जाने सुर कसे। आफन्तहरूमार्फत् वैदेशिक रोजगारीमा पठाउने मानिसहरूसँग सम्पर्क गर्न थाले।

‘विदेश जाने तरखर गरेपछि मेरो भेट कृष्णकुमार चौरसियासँग भयो। उनले आफू र अर्को एक जना साथी मिलेर म्यानपावरबाट मानिसहरूलाई वैदेशिक रोजगारमा पठाउने गरेको बताए,’ उनी भन्छन्, ‘चौरसियाले त्यतिबेला दुबईमा राम्रो काम र तलब भएको र आफूले थुप्रै मानिसलाई पठाई काममा लगाइसकेको बताएका थिए।’

चौरसियालाई नेपालमा उनका साथी विकास थापाले सहयोग गर्ने गर्थे। ‘म दुबई बस्छु। नेपालमा विकासले प्रक्रिया गरी दुबई पठाउने काम गर्छ’ भट्ट चौरसियाले भनेको कुरा सम्झन्छन्, ‘हामीले पठाएका सबै जनाले राम्रो कमाइ गरिरहेका छन्। तपाई पनि जाने भए हामी सम्पूर्ण व्यवस्था मिलाइदिन्छौ।’

चौरसियाले मासिक एक लाख २० हजार कमाई हुने सपना देखाए। त्यहाँ पुगेर बाइकमा सामान डेलिभरि गर्नुपर्छ भनियो भट्टलाई। त्यहाँ जानका लागि ४ लाख २० हजार रुपैयाँ लाग्ने भनियो। यहाँ २० हजार पनि मुस्किलले पाउने भट्टले दुबईमा पाउने तलब एक लाख नै बढी थियो। त्यसैले चौरसियामार्फत् दुबई जान तयार भए भट्ट। 

तर उनीसँग पैसा थिएन। त्यसैले उनले आमालाई गाउँको सहकारीबाट ऋण निकालेर भए पनि पैसा पठाउन लगाए। आमाले पठाएको पैसा विकास थापाको खातामा जम्मा गरिदिएको भट्टले नेपाल लाइभलाई बताए। 

पैसा बुझाएपछि भट्टलाई उडाउने जिम्मा विकासले लिए। सुरुमा त विकासले नेपालबाट श्रम स्वीकृति लिएर नै पठाउने बताएका थिए। तर विदेश जाने बेलामा भने भिजिट भिसा दिएर ढाँटे। 

उनी भन्छन्, ‘भिजिट भिसा दिएपछि मैले यसरी त जाँदिन भनेर भनेँ। तर उनले मलाई त्यहाँ पुगेपछि वर्किङ भिसामा परिणत गराउने बाचा गराए। मैले नपत्याउने त कुरै भएन।’

Ncell 2
Ncell 2

उनी काठमाडौँको एयरपोर्ट हुँदै दुबई पुगे। त्यहाँको एयरपोर्टमा चौरसिया लिन आइपुगेका थिए। उनैले भट्टलाई कोठामा लगे। र, केही दिन कोठामा राखेर एउटा कम्पनीमा पनि पुर्‍याए। सुरुमा कोठामा राखेका भट्टलाई पछि भने कम्पनीकै क्याम्पमा राखियो।

‘मलाई क्याम्पमा त राखियो। तर काम भने लगाइएन। चौरसियाले पहिले एक महिनाभित्र काम लगाइदिन्छु यही बस्दै गर भनेको थियो। तर उसले आफूले भने अनुसारको वाचा पूरा गरेन,’ उनी भन्छन्, ‘काम गरेर घरमा आमाले लिएको ऋण तिरौला भनेको त उल्टो घरबाट नै पैसा मागेर खानु पर्‍यो।’

चौरसियाले त्यो एक महिनामा बाइकको लाइसेन्स निकालिदिने वाचा गरेका थिए। तर त्यो समयमा आफूलाई लाइसेन्सको क्लासमा समेत नलगेको उनको गुनासो छ। 

त्यसपछि उनले पटक–पटक चौरसियालाई फोन गरेर लाइसेन्सको प्रक्रिया अघि बढाउन र भिजिट भिसालाई वर्किङ भिसामा बदल्नका लागि दबाब दिन थाले। तर चौरसियाले  उनलाई फोन, म्यासेज सबैतिरबाट ब्लक गरेर सम्पर्कविहीन भए। 

उनले नेपालबाट पठाउने विकास थापालाई पनि भिसा अवधि सकिन लागेको गुनासो गरे। तर थापा अब सबै काम चौरसियाले नै गर्ने भनेर पन्छिए।

चौरसियासँग जसोतसो सम्पर्क भयो। तर यसपटक उसले भन्यो, ‘तैँले मलाई पैसा दिएको छैन, जसलाई पैसा दिएको हो उसैसँग कुरा गर्नुु।’ अनि उल्टै भन्यो–‘तेरो भिसा सकिएको छ, पुलिस लगाएर जेल हालिदिन्छु।’ 

भिसा अवधि सकिएपछि उनलाई क्याम्पबाट निकालियो। उनी भन्छन्, ‘बस्ने ठाउँबाट नै निकालिदिएपछि त हामी कहाँ जाने? कति दिन त मलगायतका ४ जना साथीहरू बाटोमा नै सुत्यौं।’

यस्तै हन्डर खाएर उनी विदेश गएको ५ महिनामै नेपाल फर्किएका छन्। नेपालमा आएर उनले आफूलाई विदेश पठाउनेहरू विरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा पनि हालेका छन्। उनीहरुबाट आफूमात्रै नभई अरु पनि ठगिएको उनले बताए। 

पटक–पटक समाउँदै, छोड्दै
उनलाई दुबईमा रोजगारीमा पठाउनका लागि ४ लाख ४५ हजार रुपैयाँ लिने विकास थापाले अरूलाई पनि ठगी गरेको पाइएको छ। उनीविरुद्ध विभागमा उजुरी परेपछि गत असार ३० गते प्रहरीले पक्राउ गरेको थियो। त्यतिबेला थापाले दुई जनालाई विदेश पठाउने भनेर ११ लाख उठाएर विदेश पुर्‍याई अलपत्र पारेका थिए। तर उनी धरौटीमा छुटे। उनलाई फेरि वैदेशिक रोजगारसम्बन्धी कसुरमा काठमाडौं वसुन्धराबाट पक्राउ गरिएको छ। 

थापाले प्रहरीको फन्दामा पर्दासमेत आफूले लिएको पैसा फिर्ता नगर्ने बताएको भट्ट बताउछन्। ‘प्रहरीले थापालाई  पक्राउ गर्‍यो। तर पहिलेका मानिसलाई पनि पैसा नदिई छुटेको रहेछ’, उनी भन्छन्, ‘अरूलाई जस्तै मेरो पैसा फिर्ता गरेन भने मैले आमालाई कसरी मुख देखाउने?’

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जान... शनिबार, जेठ ३, २०८२
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्