• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
देउवाको गृह जिल्लामै कांग्रेसलाई बीपी कांग्रेसको चुनौती
64x64
ललित बोहरा आइतबार, वैशाख २५, २०७९  १८:३९
1140x725

डडेलधुरा–आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा चुनौती थपिएको छ। २०७४ को निर्वाचनमा डडेलधुराका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिकामा विजयी भएको कांग्रेसलाई पुरानो विरासत जोगाउन सकस भइरहेको छ। 

कांग्रेसले डडेलधुराका परशुराम नगरपालिका, भागेश्वर, आलिताल तथा गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र नवदुर्गा गाउँपालिका उपाध्यक्ष जितेको थियो। तर अहिले कांग्रेस यी स्थानीय तह जोगाउन नसक्ने अवस्थामा पुगेको छ। 

जिल्लाको सबैभन्दा बढी मतदाता रहेको परशुराम नगरपालिकाको मेयर पदमा नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ। एमालेलाई बीपी कांग्रेसको साथ छ। 

अघिल्लो निर्वाचनमा कांग्रेसले ५४५ मतले जितेको थियो। झिनो मतले पराजित भएका नेकपा माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड) फेरि चुनावी मैदानमा छन्। नगरमा नेपाली कांग्रेसका युवानेता भरत जोशी र नेकपा एमालेका केशव बोहरा प्रतिस्पर्धामा उत्रिएका छन्। 

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी)को मुख्य प्रतिस्पर्धा छ। गत निर्वाचनमा नगर प्रमुख, उपप्रमुखसहित बहुमत वडा विजयी भएको नेकपा एमालेले यस पटक नेपाली कांग्रेस (बीपी) सँग तालमेल गरेर उपप्रमुखमा चित्त बुझाएको छ। नगरप्रमुखमा बीपी कांग्रेसलाई समर्थन गरेको छ। 

कांग्रेसबाट २०७४ को निर्वाचनमा पराजित उम्मेदवार डिल्लीराज जोशी प्रमुखमा र उपप्रमुखमा पार्वती झुकाल पुनः उमेदवार बनेका छन्। 

एक कार्यकाल उपप्रमुखको जिम्मेवारी सम्हालेकी संगीता भण्डारी पनि नेकपा एकीकृत समाजवादीबाट नगरप्रमुख बन्ने दौडमा छिन्। भण्डारी २०७४ को निर्वाचनमा झुकाललाई पराजित गर्दै एमालेका तर्फबाट उपप्रमुख भएकी थिइन्। 

नवदुर्गा गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेपाली कांग्रेस बीपीबीच त्रिपक्षीय प्रतिस्पर्धा छ। नवदुर्गामा यसअघि प्रमुख एमालेले र उपप्रमुख कांग्रेसले जितेको थियो। 

Ncell 2
Ncell 2

उपाध्यक्ष डम्बरी ओली अहिले नेपाली कांग्रेस बीपीमा लागेकी छन्। आसन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादीका कवीन्द्र बिष्ट, नेपाली कांग्रेसका लक्ष्मी अवस्थी  र कांग्रेस बीपीका गोकुल शाहीबीच प्रतिस्पर्धा हुने स्थानीय बताउँछन्। 

कांग्रेसका अवस्थी तत्कालीन एमालेका उम्मेदवार बिष्टसँग पराजित भएका थिए। अहिले कांग्रेसमा दुई समूहकाे फाइदा समाजवादीका बिष्टलाई हुने देखिन्छ। एमाले र बीपी कांग्रेस तालमेल गरेर चुनावमा होमिएकाले उनीहरुलाई पनि कम ठान्न नसकिने स्थानीय नेता बताउँछन्  

प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता रहेको गन्यापधुरा गाउँपालिकामा बीपी कांग्रेस एमालेसँग तालमेल गर्दै चुनावमा होमिएको छ। प्रधानमन्त्री देउवाको गृह वडामै कांग्रेस कमजोर रहेको कांग्रेस बीपीका नेता कर्ण मल्ल पक्षको दाबी छ।  

गन्यापधुुरामा बीपी कांग्रेसले प्रधानमन्त्री देउवाको वडासहित पालिकामा गठबन्धन विजय हुने दाबी गरेकाे छ। कांग्रेस पूर्वजिल्ला सदस्य सुरेन्द्र माली गन्यापधुरामा अध्यक्षका उम्मेदवार छन्। ‘उम्मेदवार धेरै छन्, धेरै पार्टीले उम्मेदवार उठाएका छन्, तर यो स्थानीय चुनाव हो, नातागोता, आफन्त र छिमेकीको मत जहाँ पनि जान सक्छ,’ शिक्षक हरिश क्षेत्रीले भने, ‘जितबारे केही भन्न सकिन्न।’ कांग्रेसबाट इन्द्रबहादुर कार्की पालिका अध्यक्षका उम्मेदवार छन्। 

प्रधानमन्त्रीको गृह जिल्ला भएकाले कांग्रेसको प्रभाव रहेको बताउँदै दुई वटा नगरपालिकासहित आलिताल, भागेश्वर र गन्यापधुरा गाउँपालिकामा जित सुनिश्चित भएको जिल्ला सभापति भीमबहादुर साउदको दाबी छ। 

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र भागेश्वर गाउँपालिकामा जित हात परेको थियो। नेकपा एमाले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा विजयी भएको थियो भने नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकामा जित हात पारेको थियो ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेस एकल रुपमा निर्वाचनमा हाेमिएको छ भने नेकपा एमाले र नेपाली कांग्रेस (बीपी) ले सातवटै स्थानीय तहमा तालमेल गरेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अजयमेरु गाउँपालिकार गन्यापधुरा गाउँपालिकामा गठबन्धन गरेको छ भने अन्य पालिकामा एकल रुपमा चुनावमा सहभागी भएको छ।

२७ गते देउवा डडेलधुरा आउँदै
देशभर गठबन्धन गरेको कांग्रेसलाई गठबन्धनका मुख्य नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा स्थानीय तह जित्न सकस भइरहेको छ। उनी यही २७ गते डडेलधुरा आउने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराले जनाएको छ।

गतसाता देउवा पत्नी आरजु राणाले अमरगढी नगरपालिका बसपार्कमा भएको एक कार्यक्रममा गरेकाे भाषणले यहाँ कांग्रेसको माहोल थप कमजोर भएको छ। त्यसले पनि देउवा डडेलधुरा आउन तयार भएका हुन्। उनको जोड अमरगढी नगरपालिकामै रहने कांग्रेस निकट एक नेताले बताए।

अमरगढीमा नेपाली कांग्रेस बीपी र एमालेले तालमेल गरेर गरेको छ। त्यहाँ बीपी कांग्रेसका नेता  करुवा चुनाव चिह्न लिएर चुनावी मैदानमा छन्। कांग्रेसले कारबाही गरेका कर्ण मल्ल पक्षले पनि अहिले मेयर जिताउन गाउँ गाउँमा भोट माग्ने अभियान चलाइरहेका छन्। 

सम्बन्धित समाचार

आरजु तर्सिएको 'करुवा' को अवस्था के छ डडेलधुरामा?

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्