• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
आरजु तर्सिएको 'करुवा' को अवस्था के छ डडेलधुरामा?
64x64
ललित बोहरा शनिबार, वैशाख २४, २०७९  २१:२९
1140x725
नेपाली कांग्रेस (बीपी) का उम्मेदवारहरु (बायाँ) र नेपाली कांग्रेसकी नेतृ आरजु देउवा। तस्बिर : नेपाल लाइभ

डडेलधुरा– ‘करुवाको मान्छेको नेता को हो? कोही पनि छैन। करुवावालाको कहाँ छन् सांसद, वडाध्यक्ष कोही छ? किन भोट हाल्ने यो करुवा, सरुवाजस्ता हरुवाहरुको पार्टीमा? भोट कसैले नहाल्नु होला।’

बिहीबार नेपाली काग्रेस डडेलधुराले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले गरेको सम्बोधनको अंश हो यो। 

जिल्ला सदमुकाम अमरगढी नगरपालिकाको सभालाई सम्बोधन गर्दा उनले ३० मिनेट भाषणमा ८ चोटि 'करुवा पार्टी' भनिन्। खास उनले भनेको करुवा पार्टी नेपाली काँग्रेस (बीपी) हो। कांग्रेसले कारबाही गरेका नेता कर्ण मल्ल पक्षले डडेल्धुरामा एमालेसँग तालमेल गरेर चुनावमा आफ्ना उम्मेदवार उठाएको छ। 

दुई कार्यकाल जिल्ला सभापति र केही वर्ष देउवाको स्वकीय सचिव बनेका मल्ल अहिले नयाँ पार्टीको संगठन विस्तारमा छन्। १३औं जिल्ला अधिवेशनमा भएको सदस्यता विवादपछि उनी कांग्रेस छोड्नुपर्ने अवस्थामा पुगे पनि उपसभापतिलगायतका नेताहरु उनीसँगै छन्। 

सात स्थानीय तह रहेको डडेलधुरामा नेकपा एमालेसँग नेपाली कांग्रेस (बीपी)ले तालमेल गरेको छ। तालमेलअनुसार नै उम्मेदवारी दर्ता पनि गरेको छ।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिकामा एमालेले तलामेल गर्दै नेपाली काँग्रेस (बीपी)लाई नगरप्रमुख दिएको छ भने उपप्रमुखमा आफ्नो उम्मेदवार उठाएको छ।

अमरगढी नगरपालिकामा नेपाली कांग्रेस (बीपी)बाट अधिबक्ता हरिप्रसाद भट्ट, उपप्रमुखमा एमालेबाट यज्ञराज अवस्थी चुनावी मैदानमा छन्। 

नेपाली काँग्रेस (बीपी)ले अर्को अध्यक्ष पदमा उम्मेदवार बनाएको पालिका नवदुर्गा हो। त्यहाँ युवा नेता गोकुल शाहीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। एमालेलाई उपाध्यक्ष दिएको छ। 

Ncell 2
Ncell 2

नेपाली काँग्रेस (बीपी)ले प्रधानमन्त्री देउवाको गाउँपालिका गन्यापधुरामा पनि सुरेन्द्र मालीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। त्यहाँ उपाध्यक्ष उम्मेदवार एमालेका इन्द्र महरा छन्। 

यता अजयमेरुमा अध्यक्षमा एमालेबाट पदम पाल तथा उपाध्यक्ष कांग्रेस (बीपी)बाट रामचन्द्र ऐर उम्मेदवार छन्।

परशुराम नगरपालिका एमालेबाट केशब बोहरा मेयर र एमालेकै गोमती पन्त उपमेयर उम्मेदवार छन्। त्यहाँ नेपाली काँग्रेस (बीपी)बाट उपमेयरको उम्मेदवार तोकिएकी गोमा थापाको नाम काँग्रेसको समानुपातिक बन्दसूचीमा  परेकाले उम्मेदवारी खारेज भएको थियो।

यता भागेश्वर गाउँपालिकामा एमालेबाट राम शाही अध्यक्ष र बीपी काँग्रेसबाट उपाध्यक्षमा नरेन्द्र ठकुराठीले उम्मेवारी दिएका छन्। आलितालमा एमाले उम्मेदवारलाई समर्थन गरे पनि बीपी कांग्रेसले उम्मेदवारी दिएको छैन। मल्ल पक्षले तीन स्थानीय तहका प्रमुख र दुई स्थानीय तहका उपप्रमुखसहित ५२ मध्ये २० वडामा आफ्ना उम्मेदवार उठाएको छ । बाँकी ठाउँमा भने एमालेलाई सघाएको मल्ल पक्षका नेता हरि भट्टले बताए।

बीपी काँग्रेस डडेल्धुरा काँग्रेसलाई चुनौती 
देशभर एमालेविरुद्ध पाँच दलको गठबन्धन गरेका काँग्रेस सभापति देउवालाई आफ्नै गृह जिल्लामा चुनाव जित्न बीपी कांग्रेस चुनौती बनेको छ। सत्तारूढ दलभित्रै गठबन्धन नहुनु, आफ्नै पार्टीका पूर्वसंगठकहरूले असन्तुष्ट भएर एमालेसँगको तालमेलमा उम्मेदवारी दिनु र आफ्नै गुटभित्र समेत टिकट वितरणमा असन्तुष्टि हुनुले देउवालाई डडेलधुरामा कांग्रेसको विरासत जोगाउन हम्मे पर्ने देखिएको छ।

दुई नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह रहेको जिल्लामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राप्रपासमेतले एकल उम्मेदवारी दिएका छन्। 

एमालेले जिल्लैभरि कांग्रेसको असन्तुष्ट मल्ल पक्षसँग तालमेल गरेको छ। जिल्लामा गुट चलाउनसमेत नदिने देउवाविरुद्ध पहिलोपटक खडा भएका मल्लले कांग्रेसकै नेता तिलक हमालको संयोजकत्वमा बीपी कांग्रेसको जिल्ला कार्यसमिति गठन गरेर उम्मेदवारी दिन लगाएका छन्। मल्लले भने आफूले कांग्रेस नछाडेको, बरु देउवाले नै पार्टीको साधारण सदस्यबाट समेत निकालेर आफूमाथि एकपछि अर्को अन्याय गरेको आरोप लगाएका छन्।  

सबैको ध्यान सदरमुकामको अमरगढी नगरपालिकामा 
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका नेपाली काँग्रेसकै बाहुल्यता भएको क्षेत्रको रुपमा चिनिन्छ। तर गत स्थानीय तहको निवार्चनमा मेयर तथा उपमेयर एमालेले जित्यो । तर कार्यपालिकामा बहुमत भने काँग्रेसकै थियो। त्यस समयमा पनि काँग्रेसका आधिकारिक उम्मेदवार एवं अहिलेका समेत उम्मेदवार दिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाललाई मल्ल पक्षले सहयोग नगरेको देउवा समूहको आरोप थियो। २०७४ को चुनावमा मल्ल जिल्ला सभापति थिए। आसन्न निर्वाचनमा एमाले र बीपी काँग्रेसका नगरप्रमुखका उम्मेदवार हरिप्रसाद भट्ट र काँग्रेसका नगरप्रमुखका उम्मेदवार दिल्लीराज जोशीबीच प्रतिस्पर्धा हुने निश्चित छ। 

बीपी कांग्रेसका उम्मेदवार पराजित गर्ने ‘मिसन’ साथ अहिले देउवापत्नी आरजु देउवा तथा काँग्रेस केन्द्रीय स्तरका नेतासमेत यहाँ आइरहेका छन्। जिल्लाको मुख्य केन्द्र अमरगढी जित्नै पर्ने दबाबमा नेपाली कांग्रेस तथा नेपाली कांग्रेस (बीपी) छन्। कर्ण मल्लको राजनीतिक भविष्यसँग जोडिएको विषयसमेत भएकाले उनको जोडबल अहिले देउवाको गृह वडा तथा गाउँपालिकामा बढी देखिन्छ। 

काँग्रेसलाई अमरगढी जित्न समस्या देखिएकाले देउवा २७ गते अमरगढीमा आउन लागेको समेत यहाँका जानकारको आँकलन छ। कांग्रेस डडेलधुराका सातवटै  पालिकामा एक्लै भिड्दैछ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्