• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
घोषणापत्रमार्फत् एमालेले बाँडेका ‘बासी सपना’
64x64
युवराज भट्टराई बुधबार, वैशाख १४, २०७९  २०:४०
1140x725

काठमाडौं– नेकपा एमालेले यो वर्षको स्थानीय निर्वाचनलाई लक्षित गरेर सार्वजनिक गरेको घोषणापत्रमा पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। २०७४ को स्थानीय तहको चुनावताका बाँडेकै सपनाहरूलाई एमालेले यो पटकको घोषणापत्रमा पनि समेटेको छ। 

अघिल्लो स्थानीय तहको चुनावमा जारी गरेको घोषणापत्रमा एमालेले महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकालगायतका स्थानीय तहका निम्ति विभिन्न कार्यक्रम पूरा गर्ने वाचा गरेको थियो। ठाउँ-ठाउँमा केबलकार निर्माण गर्नेदेखि देशमा आन्तरिक तथा बाह्य जलमार्ग सञ्चालनको काम गर्नेजस्ता आयोजनाहरू एमालेको घोषणापत्रमा थिए। एमाले ‘जनताको सच्चा प्रतिनिधि’ भएको उल्लेख गरिएको घोषणापत्रमा एमालेले ‘नेपाली जनताको सपनाः समृद्धि र समाजवादको स्थापना’को नारासहित संघीय, प्रदेश र स्थानीय सरकारलाई समाजवादउन्मुख कार्यमा सञ्चालन गर्ने उल्लेख गरेको थियो।

यो पटकको घोषणापत्रमा पनि एमालेले यिनै कुराहरूलाई समेटेको छ। रेलदेखि केबलकारजस्ता पुरानै कुराहरूलाई एमालेको घोषणापत्रमा समेटिएको छ। विगतमै गरेका प्रतिबद्धता पूरा नभएको अवस्थामा एमालेले योपटक पनि तिनै अधुरा घोषणालाई निरन्तरता दिएको छ।

दोहोरिए जलमार्गदेखि रेलसम्मका प्रतिबद्धता
स्थानीय तहको पहिलो चुनावका क्रममा एमालेले जारी गरेको घोषणापत्रमा देशमा रेलमार्गदेखि जलमार्गसम्मका यातायातका पूर्वाधार विकासका आयोजना अघि सारिएको थियो। देशमा अत्याधुनिक रेल सञ्चालन गर्ने र पानीजहाज चलाउने योजना अघि सारेर त्यसलाई निकै महत्त्वका साथ एमालेले प्रचारप्रसारका लागि प्रयोग गरेको थियो।

एमालेले अघि सारेको रेलमार्ग र जलमार्गको योजनालाई देशका अन्य स्थानीय तहले पनि प्राथमिकताका साथ राखेका थिए। काठमाडौं, पोखरा, भरतपुरलगायतका महानगरपालिकामा मेयरका निम्ति उम्मेदवारी दिने अन्य पार्टीका नेताहरूले पनि यी आयोजनालाई महत्त्वका साथ राखे।

तर, पाँच वर्ष पूरा हुन लाग्दा न रेलमार्ग सञ्चालनमा आयो, न पानीजहाज नै। विभिन्न ठाउँमा जलयातायात, रेलमार्ग, स्थानीय तहमा बसपार्क, पर्यटन विकास र यातायात नपुगेका ठाउँमा केबलकारजस्ता विषयलाई विगतमा घोषणापत्रमा समेटे पनि कार्यान्वयनको पाटोबाट भने खासै काम हुन सकेन। 

तर, यो वर्ष पनि यी कुराहरूले एमालेको घोषणापत्रमा निरन्तरता पाएका छन्। जनतासामु एमालेले स्थानीय तहको निर्वाचनमा मत पाउनका निम्ति पुरानै प्रतिबद्धता दोहोर्‍याएको छ। यातायात पूर्वाधारको विषयमा एमालेको २०७४ को घोषणापत्र र २०७९ को घोषणापत्रमा अधिकांश कुराहरू दोहोरिएका छन्। 

एमालेको घोषणापत्रमा ठूला शहरमा रेल सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। देशमा ‘सहज आवागमनको आधार दिगो यातायातको पूर्वाधार’ भएको उल्लेख गर्दै एमालेले यो पटकको घोषणापत्रमा पनि यातायातलाई व्यवस्थित गर्न ठूला सहरमा रेल यातायात प्रणालीको विकास गर्ने जनाएको छ।

Ncell 2
Ncell 2

त्यस्तै, एमालेले विगतमै बाँडेको जलमार्गको सपनालाई यो वर्ष पनि निरन्तरता दिएको छ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहँदा पानीजहाज सञ्चालनका लागि ‘पानीजहाज कार्यालय’को स्थापना गरेर ‘देश अब पानीजहाजको युगमा प्रवेश गरेको’सम्म भनेका थिए। तर, कार्यान्वयन र सञ्चालनको पाटोबाट भने १६ जना कर्मचारी रहेको पानीजहाज कार्यालयले खासै प्रगति गर्न सकेको छैन। 

अधुरो र अपुरो जल यातायातको वाचालाई एमालेले यो वर्ष पनि महत्त्वका साथ समेटेको छ। सडक, हवाई, जल, केबलकार र रोपवेजस्ता यातायातका पूर्वाधार विकास गर्नेदेखि सहज र आधुनिक बनाउने प्रतिबद्धता एमालेले जनाएको छ। सँगै, देशभरका विभिन्न स्थानीय तहमा रहेका ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने प्रतिबद्धतालाई पनि यो वर्ष निरन्तरता दिइएको छ।

एमालेले २०७४ मा केबलकारको विकासलाई महत्त्वकासाथ पस्किएको थियो। पर्यटन उद्योगको विस्तारका लागि पाँच वर्षमा सम्पन्न हुने गरी पर्यटक सेवाका लागि विभिन्न महत्त्वका पर्यटकीय स्थानमा केबलकार सञ्चालन गरिने उल्लेख थियो। 

यी कुरालाई यो वर्ष समेटिएकाे छ। देशमा यातायातको विकासका लागि विभिन्न ठाउँमा केबलकारको विकास गरिने एमालेले जनाएको छ। मोटरबाटो पुग्न कठिन भएका वस्तीहरूमा स्तरीय पदमार्गसँगै केबलकारको विकास गर्नेदेखि निजी क्षेत्रसँगको सहकार्यमार्फत् पर्यटनको विकासका लागि केबलकारको विकास गर्ने कुरालाई एमालेले निरन्तरता दिएको छ।

कृषिमा दोहोरिएका अधुरा वाचाहरू
यातायात र भौतिक पूर्वाधारमा मात्रै होइन, एमालेको घोषणापत्रमा कृषिमा पनि पुरानै प्रतिबद्धताहरूको निरन्तरता छ। विगतमा आफूले प्रतिबद्धता जारी गर्दै पूरा गर्न नसकेका कामलाई एमालेले यसपटक पनि निरन्तरता दिएको छ।

एमालेले २०७४ मा पाँच वर्षमा सम्पूर्ण कृषियोग्य भूमिमा आधुनिक सिँचाई प्रणालीबाट सिँचाई सुविधा पुग्ने गरी पूर्वाधार निर्माण गरिने प्रतिबद्धता जनाएको थियो। पाँच वर्षभित्र तराई मधेस र भित्री तराईको कृषिभूमि सिँचाई गर्न नदी डाइभर्सन प्रणाली सञ्चालन गरिने एमालेको प्रतिबद्धता थियो।

योपटक पनि एमालेले देशभरका कृषियोग्य जमिनमा सिँचाई सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यो वर्षको घोषणापत्रमा एमालेले सबै कृषियोग्य जमिनमा सिँचाई सुविधा उपलब्ध गराउने, वर्षातको पानी संकलन गर्ने, सतह सिँचाई, भूमिगत र लिफ्ट सिँचाई आयोजना सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

२०७४ मै नेपाललाई दुई वर्षभित्र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरेको एमालेले यो पटक पनि खाद्यान्नका लागि कृषि उत्पादनमा आत्मनिर्भर बन्ने प्रतिबद्धता जनाएको छ। एमालेले २०७४ को घोषणापत्रमा भएकै खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि कृषि क्षेत्रलाई उच्च महत्त्व दिएर लगानी अभिवृद्धि गर्ने र मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धतालाई यो वर्ष पनि प्रस्तुत गरेको छ।

यो वर्षको घोषणापत्रमा समेटिएका भूउपयोग नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेदेखि जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्नेजस्ता प्रतिबद्धता पनि पुरानै हुन्। २०७४ मै एमालेले उर्वर भूमिलाई अतिक्रमण गर्न नदिइनेदेखि वैज्ञानिक भूमिसुधार तथा भूउपयोग नितिका आधारमा भूमिको वर्गीकरण गर्नेजस्ता प्रतिबद्धताहरू प्रस्तुत गरेकाे थियाे। यो वर्ष पनि एमालेले भूउपयोग नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, कृषि योग्य जमिनको जथाभावी प्रयोग तथा अतिक्रमणलाई निरुत्साहित पार्न जस्ता प्रतिबद्धताहरू प्रस्तुत गरेको छ।

२०७४ मा जस्तै यसपटक पनि कृषियोग्य जमिनलाई सुपरजोन, ब्लक र पकेटस्तरमा वर्गीकरण गरेर आधुनिक कृषिफार्मको रुपमा विकास गर्ने वाचा दोहोरिएका छन्। विगतमै कृषि उत्पादनमा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै आगामी १० वर्षभित्र कृषि भूमिमा जैविक प्रांगारिक मलको प्रयोग हुने अवस्था सिर्जना गर्ने वाचा गरेको एमालेले यो पटक आफ्नै प्रतिबद्धताविपरीत नेपालमा रासायनिक मल कारखानाको स्थापना गर्नका लागि सहकार्य गर्नेसम्मको वाचा गरेको छ।

ऊर्जामा प्रतिबद्धता : अधुरै वाचाको निरन्तरता
अर्थतन्त्रमा तीव्र वृद्धिका लागि विद्युत् ऊर्जाबाट आर्थिक समृद्धिको नारा लिएको एमालेले २०७४ मा घरघरमा बिजुली पुर्‍याउने, हरेक नागरिकसँग सेयर उपलब्ध हुने, गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युतको उपयोगमा सहुलियत लिनेजस्ता प्रतिबद्धता जनाएकाे थियो।

यसपटकको घोषणापत्रमा पनि यी कुराहरूले निरन्तरता पाएका छन्।

विद्युतको उत्पादन र खपत बढाउने प्रतिबद्धतासहित एमालेले यसपटक ऊर्जाको प्रयोगबाट दैनिक जीवनमा सहजता र रोजगारी सिर्जनादेखि आय वृद्धिका वाचाहरू गरेको छ। प्रत्येक नागरिकको घरमा विद्युत् सुविधाको उपलब्धता गराउने पुरानै वाचा यसपटक पनि दोहोरिएको छ। विगतमै विपन्न परिवारलाई विद्युत् उपयोगमा सहुलियत लिने वाचा गरेको एमालेले यसपटक आफ्नो वाचालाई एकचरण माथि लैजाँदै विपन्न परिवारलाई घरायसी प्रयोगका लागि विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता अघि सारेको छ। 

अघिल्लोपटक जैविक ग्यासको क्षेत्रमा तीव्र औद्योगीकरण गर्ने प्रतिबद्धता जनाएको एमालेले यो पक्षलाई पनि निरन्तरता दिएको छ। देशभरका प्रत्येक घरमा विद्युतीय चुल्हो, ग्यास चुल्होदेखि सौर्य ऊर्जाको उपलब्धता गराई धुवाँमुक्त घोषण गर्ने एमालेको प्रबितद्धताले यो पटक पनि निरन्तरता पाएको छ।

शिक्षा र स्वास्थ्यमा पुरानै प्रबितद्धता
एमालेले २०७४ मा शिक्षातर्फ गुणस्तरीय शिक्षा र आधुनिक शैक्षिक पूर्वाधारका विषयमा प्रबितद्धता जनाएको थियो। बालिकामैत्री शौचालयको व्यवस्थादेखि सबै नागरिकलाई साक्षर बनाउने प्रतिबद्धता एमालेले गरेको थियो। 

यसपटक पनि एमालेले यिनै वाचाहरूलाई निरन्तरता दिएको छ। २०७४ मा एमालेले विद्यालयमा सूचना तथा सञ्चार अनिवार्य गर्नेदेखि शिक्षा क्षेत्रको विकासका लागि कक्षा तीनसम्म मातृ भाषा अध्ययन तथा अध्यापन गराउने, सबै नागरिकलाई साक्षर गराउनेजस्ता प्रबितद्धता जनाएको थियो। यसपटक पनि यी वाचा दोहोरिएका छन्। 

२०७९ को घोषणापत्रमा एमालेले २०७४ मा पनि समेटिएको माध्यमिक शिक्षालाई निःशुल्क गर्ने प्रतिबद्धता फेरि प्रस्तुत गरेको छ। विगतमै समेटिएको शिक्षण पेशालाई पेशागत र मर्यादित बनाउन स्थानीय सरकारबाट उत्कृष्ट विद्यार्थीलाई शिक्षण पेशाप्रति आकर्षित गर्ने प्रतिबद्धता यसपटक पनि समेटिएका छन्। एमालेले यसपटक सबैभन्दा योग्य विद्यार्थीलाई शिक्षण पेशामा आकर्षित गर्न आवश्यक नीति र योजना बनाउनेजस्ता प्रतिबद्धता गरेको छ।

स्वास्थ्य क्षेत्रको विषयमा पनि एमालेले पुरानै प्रतिबद्धतालाई निरन्तरता दिएको छ। स्वास्थ्य बिमाको विषयदेखि हरेक स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने कुरालाई पनि दोहोर्‍याइएको छ।

एमालेले २०७४ कै घोषणापत्रमा प्रत्येक गाउँपालिकामा २५ र नगरपालिकामा ५० शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेको थियो। यसपटक पनि यही प्रतिबद्धता दोहोर्‍याएको छ। आफूले विगतकै स्थानीय तहको चुनावमा घोषणा गरेको वाचा पूरा गर्न नसकेको एमालेले यसपटक पनि प्रत्येक पालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्नेदेखि हरेक वडामा स्वास्थ्य चौकी निर्माण गर्ने पुरानै कुरा दोहोर्‍याएको छ।

विगतकै वाचाको निरन्तरतामा एमालेले स्वास्थ्य बिमा गर्नेदेखि गर्भवती महिलालाई पौष्टिक आहार वितरण गर्नेजस्ता कुराहरू समेटेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्