• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
चुनावी घोषणापत्रमा युवा पुस्तालाई सम्बोधन : वैदेशिक रोजगारीको अन्त्य, 'देश प्रेम'को विकास
64x64
युवराज भट्टराई बुधबार, वैशाख १४, २०७९  ०७:०३
1140x725

काठमाडौं– वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न पार्टीहरुले जारी गरेको घोषणापत्रमा युवा पुस्तालाई पनि सम्बोधन गरिएको छ। देशका प्रमुख दलदेखि साना दलसम्मको घोषणापत्रमा युवा पुस्ता वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गरिनेदेखि युवाहरुमा देश प्रेमको विकास गर्नेसम्मका आश्वासन बाँडिएका छन्। 

नेकपा एमालेले युवाहरुको 'सर्वतोमुखी विकास'का लागि नीतिगत, संरचनात्मक तथा स्रोत व्यवस्थापन गर्दै उनीहरुलाई विकासको साझेदार र मुख्य संवाहकका रुपमा अघि बढाउने विषय घोषणापत्रमा उल्लेख गरेको छ। युवाहरुमा सिर्जनात्मक सोचको विकास गर्नेदेखि देश प्रेम र सामूहिकताको विकास गर्नेसम्मका विषय समेटिएका छन्।

एमालेले युवाहरुमा सिर्जनात्मक सोच, स्वयंसेवी भावना, देश प्रेम, सामूहिकता र गुणवत्ताको विकास गर्नेदेखि हरेक क्षेत्रमा युवाहरुलाई अगाडि बढ्न प्रोत्साहन र आवश्यक वातावरण निर्माण गर्ने उल्लेख गरेको छ। त्यस्तै युवाहरुको सहभागिता र नेतृत्व क्षमता विकास गर्दै सामाजिक, आर्थिक र राजनीतिक माध्यमबाट स्थानीय विकास निर्माणमा सहभागी बनाउने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ।

युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्थालगायत पूर्वाधार निर्माण गर्ने एमालेले प्रतिबद्धता जनाएको छ। त्यस्तै, युवा उद्यमशीलता विकासका लागि तालिम, व्यावसायिक तथा सीपमूलक शिक्षा, इन्टर्नसिप, स्टार्टअप, युवा केन्द्रित बीउ–पुँजीको व्यवस्था, अन्वेषण तथा अनुसन्धानमा टेवा पुर्‍याउनमा पार्टीले भूमिका खेल्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

एमालेले प्रत्येक वडामा युवा केन्द्रित उद्यम व्यवसायको व्यवस्था गर्नेदेखि स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवालाई स्थापित गर्नेसम्मका विषयलाई घोषणापत्रमा उल्लेख गरेको छ। सँगै माध्यमिक शिक्षा पूरा गरेर श्रम बजारमा जान चाहने युवाहरुका लागि सीप विकास तथा व्यावसायिक शिक्षाको व्यवस्था गर्ने र रोजगारीको प्रबन्ध गर्ने पनि एमालेले घोषणापत्रमार्फत् प्रतिबद्धता जनाएको छ। छुवाछुत, छाउपडी, दाइजो, तिलक, जातीय तथा लैंगिक भेदभाव, अन्धविश्वास, कुसंस्कारजस्ता सामाजिक कुरीति हटाउँदै सामाजिक–आर्थिक र सांस्कृतिक रुपान्तरणको अभियानमा युवाहरुको अग्रणी भूमिका स्थापित गर्ने एमालेले दाबी गरेको छ।

अर्को प्रमुख पार्टी नेपाली कांग्रेसले घोषणापत्रमार्फत् वैदेशिक रोजगारीमा संलग्न वा फर्केका युवाहरुको सीप, दक्षता, पुँजी र विप्रेषणलाई उत्पादनमूलक काममा लगानी गर्नेदेखि श्रमका लागि युवाहरु विदेश जानुपर्ने बाध्यतालाई क्रमशः अन्त्य गर्ने नीति लिने घोषणा गरेको छ। स्थानीय तहको विकास तथा समग्र विषयमा छलफल तथा परामर्शका लागि आवधिक रुपमा युवासभा गर्नेदेखि दरबन्दी अभाव भएका विद्यालयहरुमा स्नातक अध्ययन गरेका योग्य युवाहरुलाई उत्प्रेरित गरी स्वयंसेवक शिक्षकको रुपमा परिचालन गर्ने घोषणापत्रमा उल्लेख छ।

त्यस्तै, कांग्रेसले वडास्तरमा युवालाई सम्मिलित गरेर नागरिक समूहलाई परिचालन गरी स्थानीय तहको गुनासो सुनुवाइमा सहजीकरण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। बीचमै पढाइ छाडेका युवालाई लक्षित गर्दै व्यवसायिक तालिममार्फत् सीप विकासका साथै समकक्षता प्रमाणीकरणको व्यवस्था गर्ने पनि कांग्रेसले घोषणापत्रमा जनाएको छ। त्यस्तै, युवाहरुले औपचारिक तथा अनौपचारिक माध्यमबाट सिकेको सीपको परीक्षण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारमा उनीहरुको पेसाको पहिचान र समकक्षी मान्यता प्राप्त हुने व्यवस्थाका लागि संघीय सरकारसँग समन्वय गर्ने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ।

कांग्रेसले युवाहरुलाई उनीहरुको चाहना, आवश्यकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा वर्तमान र भविष्यमा हुनसक्ने मागअनुसारका प्राविधिक तथा व्यवसायिक शिक्षा, तालिम, सीप र सीपको विविधिकरणमा सरिक गराउने जनाएको छ। यसका लागि निजी क्षेत्र, प्रदेश र संघमा रहेका विभिन्न निकायसँग समन्वय गरिने घोषणापत्रमा उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2

कांग्रेसले युवा लक्षित गर्दै स्थानीय तहले आफ्नो स्थानीय अवस्था र आवश्यकता अनुरुप युवाहरुकै सहभागितामा युवा नीति निर्माण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। प्रविधि र युवालाई जोडेर गाउँ नगर निर्माणका कार्यक्रमहरु सञ्चालन गर्नेदेखि युवा सभा बनाएर स्थानीय तहका नीति, कानुन, योजना तर्जुमा तथा कार्यान्वयनमा सहभागी गराउने कांग्रेसको प्रतिबद्धता छ। सबै स्थानीय तहमा युवा–युवतीलाई निःशुल्क प्रजनन् स्वास्थ्य शिक्षा र सबै युवा–युवतीलाई सम्मानित रोजगारसमेत प्रदान गरिने पनि घोषणापत्रमा उल्लेख गरेको छ।

माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको प्रतिबद्धतापत्रमा युवा लक्षित कुनै कार्यक्रम समेटेको छैन। स्थानीय चुनावका लागि केन्द्रबाट कुनै 'घोषणापत्र' जारी नगरेको माओवादीले स्थानीय तहमा उम्मेदवारहरुले नै विभिन्न कार्यक्रम समेटेर प्रतिबद्धतापत्र जारी गर्ने जनाएको छ। 

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले युवालाई लक्षित गर्दै घोषणापत्रमा ‘विदेशीएका युवालाई स्वदेश फर्काउँ: कृषि उत्पादनमा वृद्धि गरौं’ भन्ने कार्यक्रमलाई सुचारु गरिने उल्लेख गरेको छ। युवालाई कृषि उत्पादनतर्फ आकर्षित गरेर आधारभूत आधुनिक कृषि शिक्षा, व्यावसायिक तालिम, सहुलियत सरल कर्जा प्रवाह, शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा तथा सुलभ र सहुलियत कर्जाको व्यवस्था गरेर रोजगारीको सिर्जनामा जोड लिने एकीकृत समाजवादीले घोषणापत्रमा जनाएको छ। पालिकामार्फत् आफ्नो भूगोलभित्र रहेका युवाहरुलाई स्वरोजगार बन्ने वातावरण उपलब्ध गराउन उद्यमशीलताको विकास गर्ने योजना अघि सारिने घोषणापत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, एकीकृत समावजादीले हरेक पालिकामा युवा विभाग गठन गरिने जनाएको छ। युवा विभागले आफ्नो क्षेत्रभित्र रहेका १६ देखि ४० वर्ष सम्मका युवाहरुको तथ्याङ्क लिने र उनीहरुमध्ये बेराजगारलाई रोजगारी उपलब्ध गराउनका लागि स्वरोजगारका विविध योजना बनाएर लागू गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। ‘हाम्रा युवा हामीसँगै’ भन्ने कार्यक्रम सञ्चालन गरेर उर्जाशील, दक्ष र बौद्धिक युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नेमा पनि एकीकृत समाजवादीले जोड दिएको छ। विदेश जानबाट युवाहरुलई रोकेर देश विकासमा लगाइने पनि घोषणापत्रमा जनाइएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले युवामैत्री यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारे सचेतना सञ्चालन गर्नेदेखि युवाहरुलाई कृषि पेसामा आकर्षित गर्नेसम्मका विषयहरु घोषणापत्रमा समेटेको छ।

युवाहरुलाई कृषि पेसामा आकर्षित गर्ने र कृषि क्षेत्रको उत्पादकत्व बढाउन कृषिमा यान्त्रिकरण, आधुनिकीकरण र व्यवसायिकरणमा जोड दिएर युवा लक्षित बनाउने जसपाले जनाएको छ। त्यस्तै, कृषि, पशुपालन, माछापालन, बागवानी र जडिबुटी खेती तथा उद्योगमा पनि युवाहरुलाई आकर्षित गर्न निःशुल्क तालिम दिइने पार्टीले जनाएको छ।

पार्टीले युवा जनशक्तिको विकासमा पनि विशेष जोड दिँदै घोषणापत्रमा उल्लेख गरेको छ। पर्यटक गाइडदेखि होमस्टे सञ्चालनसम्मका तालिम दिने, स्वरोजगार र उद्यमशीलताको तामिलमार्फत् युवालाई रोजगार बनाउने, प्रत्येक वडामा फुटसलसहित खेलकुदको मैदान बनाएर युवा जनशक्तिलाई आकर्षित गर्नेजस्ता कार्यक्रमहरु पार्टीले अघि सारेको छ। सँगै युवा र लैंगिकमैत्री बजेटको व्यवस्थापन गर्नमा पनि विशेष ध्यान दिइने घोषणापत्रमा उल्लेख छ।

राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घोषणापत्रमा बेरोजगार तथा सीपविहीन युवाको लागि सीपमूलक तालिम केन्द्र स्थापना गरिने जनाएको छ। त्यस्तै, सार्वजनिक तथा निजी साझेदारीबाट युवा लक्षित उद्यम व्यवसाय प्रवर्द्धन गर्ने कुरालाई पनि राप्रपाले घोषणापत्रमा जोड दिएको छ।

सामाजिक कुरीति, दुर्व्यशन, अन्धविश्वास, विभेद र असमानताविरुद्ध युवा परिचालन गर्नेदेखि विदेशमा रहेका नेपाली कामदार युवाहरुलाई स्वदेश फर्किन उत्प्रेरित गर्ने र युवाहरुको सीप तथा दक्षताको आधारमा आफ्नै स्थानीय तहमा उद्यम गर्नका लागि सहज वातावरण निर्माण गर्नेजस्ता कार्यक्रमहरु राप्रपाले समेटेको छ। राप्रपाले युवाहरुलाई रोजगारको व्यवस्थापन गर्ने कुरालाई पनि घोषणापत्रमा जोड दिएको छ। सँगै सीप सिकेका युवाहरुलाई बिना धितो ऋण दिइने व्यवस्था गर्ने पनि राप्रपाले प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्